×

उच्च लयमा रहेको अस्ट्रियाको नजर क्वार्टरफाइनलमा, रोक्ने दाउमा टर्किए

काठमाडाैं | असार १८, २०८१

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलअन्तर्गत मंगलवार मध्यराति अस्ट्रिया र टर्किए भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे लाइपजिगमा शुरू हुनेछ ।


Advertisment

अस्ट्रिया सरप्राइज नतिजा निकाल्दै समूह ‘डी’को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । उच्च लयमा रहेको उसले फ्रान्स र नेदरल्यान्ड्सजस्ता टोलीलाई पछि पारेको छ । 


Advertisment

अर्कोतिर टर्किए समूह ‘एफ’को उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हाे । 

समूह विजेता बनेकाले अस्ट्रियाको मनोबल उच्च छ । टर्किएलाई हराउँदै उ क्वार्टरफाइनलमा पुग्ने अधिकांश फूटबल पण्डितको अनुमान छ । छिमेकी देशमा भएको प्रतियोगिताकाे फाइदा लिने दाउमा अस्ट्रिया देखिन्छ । अस्ट्रियाका अधिकांश खेलाडी जर्मन लिगमा खेल्छन् । यसर्थ उनीहरू त्यहाँको मैदानप्रति परिचित छन् । 

यद्यपि, विगतमा भने टर्किए थोरै अगाडि देखिएको छ । यी दुईबीच ६ पटक भेट हुँदा टर्किएले ३ पटक जीत हात पारेको छ । अस्ट्रियाको नाममा भने २ जीत दर्ता भएका छन् । एक खेल भने बराबरीमा सकिएको छ । यसर्थ, टर्किए विगतको इतिहास दोहोर्याउँदै आज राति अस्ट्रियामाथि जीत निकाल्न चाहन्छ ।    

यसअघि हुने खेलमा रोमानिया र नेदरल्यान्ड्सबीच भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे म्युनिखस्थित एलिनाज एरिनामा हुनेछ ।

null 

समूहमा तेस्रो हुँदै अन्तिम १६ मा पुगेको भएपनि नेदरल्यान्ड्स फिफा वरीयतामा रोमानियाभन्दा ४० स्थान माथि छ । 

विगतमा पनि नेदरल्यान्ड्स रोमानियामाथि हाबी हुँदै आएको छ । यसअघि भएका १४ वटा भेटमा रोमानियाले एउटा मात्र जीत निकालेको छ । १० खेलमा पराजित हुँदा ३ खेल भने बराबरीमा सकिएका छन् । 

अन्तिमपटक २०१७ मा मैत्रीपूर्ण खेलमा भेट हुँदा नेदरल्यान्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।  

यसर्थ आज राति पनि रोमानियामाथि नेदरल्यान्ड्स हाबी हुने फूटबल पण्डितहरूको विश्लेषण छ । नेदरल्यान्ड्स सोही योजनासहित मैदानमा उत्रने छ ।

यद्यपि, बेल्जियमजस्तो टोली रहेको समूहमा विजेता बन्दै अन्तिम १६ मा पुगेकाले रोमानियाको मनोबल उच्च छ । उ आज राति अर्को ‘सरप्राइज’ नतिजा निकाल्ने ध्याउन्नमा हुनेछ ।
 

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

असार २०, २०८१

सामान्यतया दिमागी अवस्थाका बारेमा मेडिकल साइन्सका केही स्थापित तथ्य र तमाम रिसर्चहरू छन् । तर, संसारमा उथलपुथल ल्याउने केही लाइक माइन्डेड राजनीतिज्ञका दिमागहरू अलि फरक खालका हुन्छन्, जहाँ मेडिकल साइन्स र पोलिटि...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

x