×

राजनीतिका चर्चित अनुहार जसले यसपटक टिकट पाएनन् !

कात्तिक २०, २०७४

काठमाडौं १६ कात्तिक– राजनीतिमा युवाको सहभागिता र नेतृत्व पुस्तान्तरणको बहस उठ्ने गरेपनि यसपटक मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा केही हस्ती र युवा छुटेका छन् । केहि नेताहरु जिल्लाबाट सिफारिश भएन भने केहीको नाम अन्तिम समयमा आएर काटिएको छ ।

टिकट नपाउने हाइ प्रोफाइल नेतामा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेपाली कांग्रेसका मनमोहन भट्टराई, नेपाली कांग्रेसका प्रभावशाली युवा नेता धनराज गुरुङ लगायत रहेका छन् । त्यस्तै पूर्व वनमन्त्री समेत रहेका एमाले नेता भानुभक्त जाशीले उम्मेदवारी पाएनन् । उनी वझाङबाट सिफारिसमा परेका थिए ।

रञ्जित कर्ण, प्रतिमा गौतम र बद्री पाण्डे जस्ता चर्चित युवा नेताहरु उम्मेदवार बन्नबाट बञ्चित बनेका छन् ।

स्याङ्जाबाट चुनाव उठ्न खोजेका संविधानसभामा दुईपटक सांसद बनेका धनराज गुरुङलाई कांग्रेसले प्रदेश सभामा प्रस्ताव गरेपछि उनले अपमानितक भएको भन्दै अस्वीकार गरे । स्याङ्जाबाट गोपालमान श्रेष्ठले उम्मेदवारी पाए । दोस्रो संविधानसभा चुनावमा काठमाडौं २ बाट माधव नेपालसंग चुनाव लडेकी गौतमले यसपटक टिकट पाइनन् ।

एमाले अखिलका पूर्वअध्यक्षहरु ठाकुर गैरे, खिमलाल भट्टराई, माधव ढुंगेल, किशोर विक्रम मल्ल लगायतका चर्चित युवा नेताहरु उम्मेदवार बन्नबाट बञ्चित भए । एमाले बैकल्पिक सदस्य रहेका गैरे पाल्पाबाट उम्मेदवार बन्ने चर्चा थियो भने, भट्टराई रुपन्देहीबाट सिफारिशमा परेका थिए ।

गत संविधानसभा चुनावमा प्रत्यक्षतर्फ विजयी भएका पूर्व पर्यटन मन्त्री दोलखाका आनन्द पोखरेल, अर्घाखाँचीका डा दुमन थापाले पनि टिकट पाएनन् ।

माओवादी केन्द्रका तर्फवाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, हिमाल शर्मा, युवा नेता गणेशमान पुन लगायतका नेताहरुले टिकट पाएनन् । काठमाडौं ६ बाट टिकट पाउने भन्दै राजनीतिक अभियान शुरु गरेका शर्माको अन्तिम समयमा नाम काटिएपछि उनले सामाजिक सञ्जाल फेसवुकमा आक्रोश पोखेका छन् । काठमाडौं ६ बाट अन्तिममा झक्कु सुवेदीले टिकट पाएका छन् ।

टिकट पाएपनि आफूले रोजेको स्थान नपाउदा पूर्व महासचिव रामबहादुर थापा उम्मेदवार बन्न पाएनन् । उनी चितवन २ बाटै चुनाव लड्न खोजेपनि एमालेले सो क्षेत्र छोड्न नमान्दा उनले चुनाव लड्न पाएनन् ।


Advertisment

Advertisment
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x