×

NMB BANK
NIC ASIA

यी हुन् आफैलाई मतदान गर्न नपाउने उम्मेदवार

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौँ, १९ कात्तिक - संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन । यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् ।2-election (2)
गोरखापत्र लेख्छ-  कतिपय नेता आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन क्षेत्रबाट बाहिर गएर स्पर्धा गर्ने उम्मेदवारले भने आफ्ना लागि आफ्नो मत प्रयोग गर्न पाउंदैनन ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गएको स्थानीय निर्वाचनअघि सधैँ झापामा मतदाता थिए । स्थानीय निर्वाचनअघि उनले मतदाता नामावली भक्तपुरमा सरे । ओलीले सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सारेका हुन् । तर, ओली झापा ५ बाट चुनावी मैदानमा छन् । । उनले यस पटक आफैले आफैलाई मत दिन पाउँदैनन् ।
एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता भएपनि । उनी पनि काठमाडौँ २ बाट उम्मेदवार छन् ।

काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ । तर, शर्मा काठमाडौँको चुनावी मैदानमा छन् ।

काठमाडौँ २ का मतदाता रहेका पूर्वसभामुख दमननाथ ढुङ्गाना यस पटक नेपाली काँग्रेसको तर्फबाट भक्तपुर २ मा चुनावी मैदानमा छन् । ढुङ्गानाले पनि आफैलाई मत दिन पाउँदैनन् ।

रोल्पा नगरपालिकामा मतदाता रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङबाट चुनाव लड्दै छन् । महराले पनि आफैलाई मतदान गर्न पाउँदैनन् ।
काठमाडौँ ६ का मतदाता रहेका माओवादी केन्द्रका नेता हितमान शाक्य पनि अहिले काठमाडौँ १० को चुनावी मैदानमा छन् ।
दोलखा बैत्यश्वर गाउँपालिकामा मतदाता रहेका एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईँ पनि यस पटक आफ्नो क्षेत्रमा उम्मेदवार छैनन्। चौलागाईँ यस पटक प्रदेशसभाको ‘ख’बाट चुनावी मैदानमा छन् ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय चुनावमा मतदान गरेनन् । तर, उनको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा छ । ठाकुर यस पटक महोत्तरी ३ बाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहेका राजपा नेता राजेन्द्र महतो धनुषाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । महतो धनुषा २ मा काँग्रेसका विमलेन्द्र निधिसँग चुनावी मैदानमा छन् ।

एमाले सविच समेत रहेका योगेश भट्टराई यस पटक काठमाडौँबाट ताप्लेजुङमा उम्मेदवार बनेका छन् । काठमाडौँ ६ का मतदाता रहेका भट्टराईले स्थानीय निर्वाचनमा डिल्लीबजार कन्या क्याम्पसबाट मतदान गरेका थिए । अहिलेसम्म उनको नामावली काठमाडौँमै छ ।
माओवादी केन्द्रका नेता देव गुरुङले पनि लमजुङबाट मतदान गर्न पाउँदैनन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x