×
Bajaj Top
Khukuri
FONEPAY

किन कमजोर भए प्रदेश नं २ मा ठूला दल ?

काठमाडाैं | मंसिर २८, २०७४

NTC
TVS INSIDE

रमेश लम्साल/सिबी अधिकारी 
 

Sanima Bank
morang Auto yamaha

काठमाडौँ, २८ मंसिर- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो नजिता निकाल्न सकेन । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

वाम गठबन्धन जस्तै नेपाली काँग्रेसको अवस्था पनि उक्त प्रदेशमा राम्रो रहेन । तर मधेश केन्द्रित दलले गतिलै पुनरागमन गरे । 

कूल ३२ प्रतिनिधिसभा र ६४ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा उक्त प्रदेशमा प्र्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमले नौ र राष्ट्रिय जनता पार्टीले १० स्थानमा विजयी भए । वाम गठबन्धनमा आबद्ध नेकपा एमाले दुई र नेकपा माओवादी केन्द्र पाँच तथा काँग्रेसलाई छ स्थानमा मात्रै चित्त बुझाउनुप¥यो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

समग्र मुलुकको मत परिणामलाई हेर्दा प्रदेश नं २ मा मधेश केन्द्रित दलले प्राप्त गरेको नजिता र काँग्रेसले देशभर नै प्राप्त गरेको सिट करिब करिब समान हैसियतमा देखिएको छ । काँग्रेसले देशव्यापीरुपमा २३ स्थानमा चित्त बुझाउँदा मधेश केन्द्रित दुई दलले यो प्रदेशमा मात्र १९ स्थानमा जित निकाले । देशव्यापीरुपमा यी दुई दलले २१ स्थानमा विजयी हासिल गरेको छ । 

यसैगरी कूल ६४ प्रदेशसभा सदस्यमध्ये वाम गठबन्धनले २० स्थानमा जित हासिल गरेको छ । एमालेले १४ र माओवादी केन्द्रले छ स्थानमा मात्रै विजयी हुन सक्यो । 

त्यस्तै काँग्रेस आठ, संघीय समाजवादी फोरम नेपाल २०, राजपा नेपाल १५ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । समानुपातिकको मत परिणाम आउन बाँकी नै छ । 

संघीय फोरम र राजपाले पाएको मतअनुसार कम्तीमा १०÷१० वटा सिट समानुपातिकमा पनि पाउने सम्भावना छ । त्यसलाई जोड्दा फोरम नेपालले ३० सिट र राजपा नेपालको २५ सिट हुनेछ । वाम गठबन्धनका दुईवटै दलको जोडेर पनि फोरम नेपाल जतिको हुँदैन । वाम गठबन्धन र काँग्रेस मिले पनि दुई नं प्रदेशमा सरकार बन्ने सम्भावना रहेको छैन । 

प्रदेश नं २ मा मधेश केन्द्रित दलले प्राप्त गरेको मत परिणामलाई लिएर राजनीतिकरुपमा विभिन्न खालका टीकाटिप्पणी भइरहेको छ । राजनीतिक विश्लेषक तुलानारायण साह अहिले मुलुकभर आएको मत परिणाम संविधान संशोधन र अनुमोदन गर्नेबीचको स्वभाविक परिणाम भएको बताउछन् । 

“संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा मधेशी एक मत भएकै कारण पूर्व–पश्चिम, काठमाडौँ पनि मधेशीलाई मत प्राप्त भएको हो”– उनले भने, “ प्रदेश नं २ मा विशेषगरी एमालेले लिएको चर्को अडानले कम मत पाएको देखिन्छ ।” 

तुलनात्मकरुपमा माओवादी केन्द्रलाई केही विश्वास गरेको उल्लेख गर्दै विश्लेषक साहले काँग्रेस यता न उता भएकाले हालको परिणाम व्यहोरेको टिप्पणी गरे । 

काँग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाए पनि मधेशीले नपत्याएको अर्थमा परिणाम देखिएको छ । काँग्रेस सांगठनिकरुपमा कमजोर, मधेशी र वामपन्थी गठबन्धनको मारमा परेकाले मधेशमा ऊ कमजोर देखिएको उनको भनाइ छ । 

प्रदेश नं २ मा मधेश केन्द्रित दलले पाएको मत केन्द्रीय सरकारसँग सहकार्य गरेर अघि बढ, संविधान संशोधनका लागि वाम गठबन्धनसँग लचिलो भएर प्रस्तुत हुनुपर्छ भन्ने सन्देश परिणामले दिएको टिप्पणी गर्नेहरु पनि छन् । 

पूर्वसांसद तथा प्राध्यापक लालबाबु यादवका अनुसार राष्ट्रिय पार्टी मधेशी विरोधी छन् भन्ने भ्रमलाई ठूला दल काँग्रेस र एमालेले स्पष्टसँग राख्न नसक्दा कमजोर भएको हो  । 

खासगरी एमाले र माओवादी केन्द्रले प्रदेश नं २ का जनतासँग आफ्ना कुरा प्रष्टसँग राख्न नसक्दा पनि मत परिणाम अपेक्षित नआएको उनको  भनाइ छ । 

उनले भने , “प्रदेश नं २ का जनतामा भावनात्मकरुपमा आफूहरुलाई राज्य र ठूला दलले पेल्यो भन्योे अनुभूति भयो, यो भावनाले ठूलो काम गरेको छ, ठूला दललाई कमजोर बनाउनमा ।” तर उनले राष्ट्रिय पार्टीलाई मधेशीले दिएको मत सन्तोषजनक नै रहेको बताए । 

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको परिणामपछि वाम गठबन्धनसँग सहकार्य गर्ने भन्ने चर्चा सकारात्मक भएको उल्लेख गरे । एमाले मधेश विरोधी हैन र छैन मधेशमा राष्ट्रिय पार्टीसँग मिलेर जानुपर्छ भन्ने नतिजाले देखाएको प्राध्यापक यादव बताए  । 

विश्लेषक एवं पत्रकार डा राजेश अहिराजले राजनीतिक स्थायित्व र विकासका लागि जनताले आफ्नो मत दिएको टिप्पणी गरे  । उनले भने, “मेलमिलाप र एकताको सन्देश प्राप्त भएको छ, यो गरिमालाई सबै दल मिलेर कायम राख्न सक्नुपर्छ ।” 

उनले आगामी राजनीतिक नेतृत्वले आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने र मधेशको समृद्धि पनि त्यसैमा पर्ने उल्लेख गरे । सबै दललाई भेदभाव नगरी जनताले मत दिएकाले त्यसको कदर गर्नुपर्ने उनको  जोड छ । मधेश केन्द्रित दलले देशलाई केन्द्रमा राखेर मधेशका विषय उठाउनुपर्ने धेरैको विश्लेषण छ । 

माओवादी केन्द्रका नेता मातृका यादवले  प्रदेश नं २ मा वाम गठबन्धन कमजोर हुनुका कारणबारे खोजी गरिने बताए  । उनले त्यसका लागि माओवादी केन्द्रले आन्तरिक छलफल गरिरहेको र संयुक्तरुपमा पनि गठबन्धनमा छलफल हुने बताए । 

प्रदेश नं २ मा माओवादी केन्द्रका रामचन्द्र झा, उमेश यादव र अजयशंकर नायकजस्ता स्थापित हस्तीसमेत पराजित हुनुपरेको छ । एमालेका डा वंशीधर मिश्र, काँग्रेस नेता रामकृष्ण यादव, नेत्री किरण यादवसमेत पराजित हुनुप¥यो । सबै तथ्यका आधारमा विश्लेषण गरेर कमजोरी सच्याउनुपर्ने वाम गठबन्धनको भनाइ छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
मंसिर २९, २०७४

लमजुङ, २९ मंसिर– लमजुङबाट छवटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन् ।  मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ ...

चैत १५, २०७४

काठमाडौँ १५ चैत - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ ।  बुधबार बसेको...

मंसिर २८, २०७४

कपिलवस्तु, २८ मंसिर- समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत प्रतिनिधिसभा सदस्यतर्फ जिल्लामा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।  प्रतिनिधिसभा क्षेत्र नं १, २ र ३ मा खसेका कुल मतमध्ये कांग्रेसले नेकपा (एमाले) ...

मंसिर २९, २०७४

  काठमाडौं, २९ मंसिर—गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना जारी रहँदा 'पूर्वपञ्च र मण्डले’ हरुको पार्टी  भनिने राप्रपा कमजोर ...

माघ २१, २०७४

काठमाडौँ, २१ माघ - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू  निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउ...

असोज २७, २०७६

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् ।   भ्रमणका अव...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...