×

NIC ASIA

काठमाडौं, १६ पुस– घातक विषादी मुक्त संसार, स्वास्थ जीवन र पर्यावरणको आधार भन्ने नाराका साथ सोमबारबाट  विषादी प्रयोग मुक्त सप्ताह हुने भएको छ । कृषि मन्त्रालय अन्तरगत वाली संरक्षण निर्देशनालयले विभिन्न कार्यक्रमको आयोजना गरी साताव्यापी विषादी मुक्त सप्ताह मनाउन लागेको हो । 

Muktinath Bank

नेपालमा बढ्दै गएको विषादीको प्रयोगलाई नियन्त्रण गर्न नेपालले सन् २०१३ देखि विषादी मुक्त सप्ताह मनाउँदै आएको निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले बताए । निर्देशनालयले कृषि विभागबाट जावलाखेलसम्म प्रभातफेरी, विभिन्न सञ्चार माध्यममा विषादीसँग सम्बन्धित कार्यक्रम प्रसारण, काठमाडौं उपत्यकाका नाका तथा बजारहरुमा तरकारीको नमुना लिई परिक्षणको कार्यक्रम गर्ने जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै निर्देशनालयले केन्द्र तथा जिल्लाहरुमा सडक नाटक प्रदर्शन, अन्तरक्रिया, काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरुमा सार्वजनिक स्थलमा पर्चा तथा पोष्टर वितरणदेखि नेपाल टेलिकमबाट एसएमएस प्रसारण गर्ने जनाएको छ । 


Advertisment
Nabil box
Kumari

सन् १९५२ मा मलेरिया रोग नियन्त्रणको लागि भित्र्याइएको विषादी हाल कृषि उत्पादनको क्षेत्रमा व्यापक प्रयोग हुदै आएको छ ।  कृषि विकास मन्त्रालयको तत्थ्याङ्क अनुसार गत वर्ष नेपालमा विदेशबाट ५ सय ७४ टन विषादी आयत भएको छ ।

Vianet communication

विदेशी मुलुकबाट गत वर्ष कीटनासक १ सय ८१ टन रोगनाशक २ सय ४७ टन, झारनाशक १ सय ३४ टन र अन्य ११ टन विषादी नेपाल भित्रिएको छ । नेपालले गत वर्ष मात्रै ६९ करोड रुपैयाँको विषादी विदेशी मुलकबाट खरिद गरेको छ  । नेपालमा आयत हुने ८५ प्रतिशत विषादी तरकारी वालीमा प्रयोग हुने गरेको सरकारी तत्थ्याङ्क छ । 

विषादीको प्रयोगले मानव शरीरमा प्रत्यक्ष र अप्रत्क्ष रुपमा असर पारीरहेको कृषि विज्ञहरु बताउँछन् ।  संसारमा हरेक वर्ष ४ करोड मानिसलाई विषादीले असर गर्ने गरेको र करिव ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको तत्थ्याङ्कहरु सार्वजनिक भएको छ । 

सरकारले साताहाव्यापी कार्यक्रम सञ्चालन गर्ने वाहेक अन्य समयमा विषादी प्रयोगलाई रोक्ने अभियान नचलाउँदा विषादी प्रयोग र आयातका कुनै कमी नआएको सरोकारवालाहरुको आरोप छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x