×

NMB BANK
NIC ASIA

सरकारका कारण औषधिमा ठगिँदै बिरामी, नियामक निकायमा कर्मचारी नै छैनन्

माघ २, २०७४

NTC
Premier Steels

काठमाडौं, २ माघ– सरकारसँग औषधिको गुणस्तर चेकजाँच गर्ने प्रविधियुक्त प्रयोगशाला र पर्याप्त जनशक्ति नहुँदा औषधि उपभोक्ता (बिरामी) ठगिनु परेको छ । आम जनताको स्वास्थ्यसँग सरोकार राख्ने औषधि जस्तो महत्वपूर्ण र अत्यावश्यकीय बस्तुको गुणस्तर जाँच्न सरकारी निकायसँग आवश्यकताअनुसार जनशक्ति तथा उपकरण नहुँदा बजारमा मापदण्ड नपुगेका औषधिको किनबेच भएको पाइएको छ । 

Muktinath Bank

औषधि व्यवस्था विभागलाई आवश्यक जनशक्ति अभाव भएकै अवस्थामा पनि सरकारले रहेका पद रमेत रिक्त राखेको छ । विभागका अनुसार आवश्यक प्रभावशाली प्रयोगशाला समेत नहुँदा औषधिको गुणस्तरबारे सरकार नै अन्योलमा रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली औषधि बजारको गुणस्तरमा प्रश्न चिह्न खडा भएको बेला भएकै पद समेत रिक्त रहनुले नकारात्मक सन्देश जाने विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताउँछन् । उनले विभागले केही नयाँ काम गर्न लागेकै बेला हुने सरुवाले समेत काममा ठूलो प्रभाव पर्ने गरेको लोकान्तरलाई बताए । 


Advertisment
Nabil box
Kumari

उपभोक्ताको प्राथमिकता सरकारको वेवास्ता

Vianet communication

स्वदेशमै उत्पादित औषधि उपभोक्ताले खोजेपनि सरकारको वेवास्ताका कारण नेपाल आत्मनिर्भरको दिशामा अगाडी बढ्न नसकेको सरोकारवालाको गुनासो छ । 

नेपाली औषधि उद्योग व्यवस्थापनका लागि सरकारले प्रभावकारी नीति निर्माण गर्न नसक्दा संकटमा परेको सरोकारवाला बताउँछन् ।  

नेपाली औषधि बजारको करिव आधा हिस्सा ओगटेको नेपाली औषधि उद्योगले आयातित औषधिमा हुने ठगीको आरोप व्यहोर्नुपरेको औषधि उद्योगी शंकर घिमिरे बताउँछन् । ‘नेपाली औषधि उद्योग फस्टाउँदैछ, यसलाई यहाँका चिकित्सक र अस्पतालहरुले समेत प्राथमिकता दिने गरेकै कारण अहिले ४५ प्रतिशत बजार हिस्सा हामीले ओगटेका छौं, तर सरकारले व्यवस्थापनका लागि आधारभूत नीति नियम समेत बनाउन सकेको छैन,’ औषधि उत्पादक संघका पूर्व अध्यक्ष समेत रहेको घिमिरेले लोकान्तरसँगको कुराकानीमा भने, ‘जसका कारण आयातित औषधिमा हुने बेमानीको आरोप नेपाली उद्योगले पनि लिनुपर्ने बाध्यता छ ।’

नेपाल स्वदेशमै उत्पादित औषधिबाट कहिलेसम्म आत्मनिर्भर हुन सक्ला ? लोकान्तरको प्रश्नमा घिमिरे भन्छन्,  ‘आत्मनिर्भर हुनको लागि नेपाली औषधि उद्योगले चाहेर मात्र हुँदैन । यो नीतिगत तहको कुरा हो । जबसम्म राजनीतिक नेतृत्व तथा सरकारले चाहँदैन तबसम्म उद्यागले मात्रै चाहेर सम्भव हुँदैन । तसर्थ सरकारले कस्तो नीति ल्याउँछ भन्ने कुराले नेपाली औषधि उद्योग आत्मनिर्भरताको  कुरा स्पष्ट हुन्छ ।’

आयातित औषधिमा हुने ठगी

अहिले नेपाली बजारमा करिब ४५ प्रतिशत स्वदेशमा उत्पादित औषधिको र बाँकी विदेशबाट आयात हुने औषधि बिक्रिबितरण हुने गरेको पाइन्छ ।  बजारमा आयात हुने औषधिमध्ये भारतबाट आयात हुने औषधिले ९० प्रतिशत हिस्सा आगटेको छ भने बाँकी बंगलादेश, अष्टे«लिया, चीनलगायतका देशबाट आयात हुने गरेको पाइन्छ ।  

नेपालमा सरकारले तोकेका औषधिहरु आयातकर्ताले सरकारकै अनुमतिमा आयात गर्ने गर्छन् । औषधिमा शून्यभन्सार नीति भएकाले ढुवानी खर्चपछि अधिकतम खुद्रा मूल्य निर्धारण गरिन्छ ।  सरकारले मूल्य निर्धारणमा प्रभावकारी अनुगमन गर्न नसक्दा आयातकर्ताले मनपरी ढंगले काम गर्ने गरेको पाइएको छ । 

औषधि आयातकर्ताले नेपाल भित्र्याएको औषधि उपभोक्तासम्म पुग्दा तीन चार चोटी मूल्य थपिने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x