×

NMB BANK
NIC ASIA

झण्डै साढे २ लाखले खान्छन् पेन्सन, मासिक सवा ३ अर्ब खर्च

स्वास्थ्य क्षेत्रबाट पेन्सन पाउने कर्मचारी ६ हजार बढी

माघ १७, २०७४

NTC
Premier Steels

काठमाडौं, १७ माघ-निजामतिसहित विभिन्न सरकारी सेवा रही अवकाश पाएका कर्मचारीहरुका लागि हाल सरकारले मासिक करिब *सवा ३ अर्ब बराबरको रकम खर्च गरिरहेको देखिएको छ ।

Muktinath Bank

निजामति कर्मचारी, संवैधानिक निकायका पदाधिकारी, स्वास्थ्य सेवा, राजप्रसाद सेवा, नेपाल प्रहरी, सामुदायिक विद्यालयका शिक्षक, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान र अन्य गरी कुल २ लाख ४१ हजार ८५० जनाले पेन्सन लिइरहेका छन् । यो यही माघ १४ गतेसम्मको तथ्याङ्क हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी सबैलाई पेन्सन दिँदा चालु आर्थिक वर्षमा करिब ४० अर्ब खर्च हुने देखिएको निवृत्तिभरण व्यवस्था कार्यालयका प्रमुख हेमन्त राज निरौलाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

निजामतिका साढे ७० हजारले बुझ्छन् पेन्सन

Vianet communication

नेपालमा वि.सं. २०१३ देखि शुरु भएको निजामति सेवामा कार्यरतहरुमध्ये हालसम्म ७० हजार ६ सय ६८ जनाले अवकाश पाएर निवृत्तिभरण पाइरहेका छन् ।

कार्यालय सहयोगी प्रथम, द्वित्तीय, तृतीय, चतुर्थ, पाचौं, बहिदार, मुखिया, खरिदार, नायव सुब्बा, नायव सुब्बा अतिरिक्त, शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव, विशिष्ट श्रेणीको सचिव, मुख्यसचिव लगायतका विभिन्न निजामति सेवाका पदमा रही सेवा गरेका कर्मचारीका लागि मात्र वार्षिक करिब १६ अर्ब खर्च गरिरहेको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ ।

अहिले अवकाश प्राप्त गरी निवृत्तिभरण (पेन्सन) लिइरहेका निजामति कर्मचारीको संख्या ७० हजार ६ सय ६८ जना रहेको तथ्याङ्क छ ।

जसमध्ये कर्मचारीतन्त्रको सबैभन्दा ठूलो पद मुख्यसचिव पदबाट अवकाश लिएका कर्मचारीहरुले सबैभन्दा बढी ५५ हजार २ सय रुपैयाँ निवृत्तिभरण पाइरहेका छन् ।

कुनै पनि निजामति कर्मचारीले गरेको सेवा अवधिका आधारमा अवकाशपछिको निवृत्तिभरण फरक–फरक तोकिएको छ । जसअनुसार प्रथम श्रेणीको कार्यालय सहयोगीले हाल पाउने निवृत्तिभरण १६ हजार १ सय ३० रुपैयाँ रहेको छ । द्वित्तीय, तृतीय, चतुर्थ र पाचौं तहको कार्यलय सहयोगीले क्रमशः १७ हजार २ सय ३०, १८ हजार ३ सय ४०, १९ हजार ८ सय ७० र २२ हजार १ सय ४० रुपैयाँ निवृत्तिभरणबापत पाउँछन् । 

यसैगरी बहिदार पदबाट अवकाश पाएको कर्मचारीले हाल १७ हजार २ सय ३०, मुखियाले १८ हजार ३ सय ४०, खरिदारले २२ हजार १ सय ७०, नासुले २३ हजार ५ सय, नासु अतिरिक्तले २५ हजार ६ सय ८० रुपैयाँ निवृत्तिभरण रकम पाउँछन् । यस्तै, शाखा अधिकृतबाट अवकाश पाएका कर्मचारीको हालको निवृत्तिभरण रकम मासिक ३० हजार ५ सय रहेको छ भने उपसचिव द्वित्तीय श्रेणीबाट अवकाश पाएको कर्मचारीले ३४ हजार २ सय २०, सहसचिव प्रथम श्रेणीबाट अवकाश पाएकाले ४० हजार १ सय ५० रकम मासिक निवृत्तिभरणबापत पाउँछन् ।

सचिव राजपत्राङ्कित प्रथम श्रेणी पदबाट अवकाश पाएका कर्मचारीले ४२ हजार ८ सय ८० रुपैयाँ मासिक निवृत्तिभरण पाउँछन् । यसैगरी विशिष्ट श्रेणीको सचिव पदबाट अवकाश पाएका कर्मचारीले ५१ हजार ४ सय २० रुपैयाँ निवृत्तिभरण पाउँछन् । 

नेपाली कर्मचारी इतिहासमा हालसम्म २३ जना कर्मचारीले मूख्य सचिव पदसम्म पुगेर अवकाश लिएका छन् । तीमध्ये कतिपयको मृत्यु भइसकेको छ । मृत्यु भएकाहरुकाे जीवनसाथी जीवित रहेसम्म उनीहरुले पेन्सन लिन्छन् । दुवैको मृत्यु भइसकेपछि मात्र उनीहरुले पाउँदै आएको पेन्सन सुविधा रोकिन्छ ।

यस्तै पूर्व मुख्यसचिव लिलामणि पौड्याल हाल चीनका लागि राजदूत रहेकाले उनले पनि स्वैच्छाले निवृत्तिभरण नलिएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख हेमन्तराज निरौलाले जानकारी दिए ।

सरकारले विभिन्न समयमा अवकाश पाएका कर्मचारीको निवृत्तिभरण रकममा वृद्धि गरेको छ । जसमध्ये पछिल्लोपटक २०७३ सालमा निवृत्तिभरणमा वृद्धि गरेको छ । 

स्वास्थ्य क्षेत्रबाट पेन्सन पाउने कर्मचारी ६ हजार बढी

स्वास्थ्य सेवातर्फ काम गरी अवकाश पाएका कर्मचारीहरुले  १६ हजार २ सय ३० देखि ५१ हजार ४ सय २० रुपैयाँ मासिक निवृत्तिभरणमार्फत पाउँछन् । जसमध्ये स्वास्थ्य सेवामा काम गरी सहायक पहिलो तहबाट अवकाश पाएको कर्मचारीले सबैभन्दा कम १६ हजार २ सय ३० रुपैयाँ मासिक पाउँछ ।

यसैगरी सहायक दोस्रो तहबाट अवकाश पाएका कर्मचारीले १७ हजार  २ सय ३०, तेस्रो १८ हजार ३ सय ४०, चौँथो २२ हजार १ सय ७० र पाचौं तहबाट अवकाश पाएकाले २३ हजार ५ सय रुपैयाँ निवृत्तिभरणबापत पाउने गरेका छन् ।

यस्तै वरिष्ठ पाचौं तहबाट अवकाश पाएकाले २५ हजार ६ सय ८० रुपैयाँ, अधिकृत छैटौं तहबाट अवकाश पाएकाले ३० हजार ५ सय रुपैयाँ, अधिकृत सातौं तहबाट अवकाश पाएकाले ३२ हजार ९० रुपैयाँ, अधिकृत आठौं तहबाट अवकाश पाएकाले ३४ हजार २ सय २० रुपैयाँ, अधिकृत नवौं तहबाट अवकाश पाएकाले ३६ हजार ९ सय ३० रुपैयाँ, अधिकृत दशौं तहबाट अवकाश पाएकाले ४० हजार १ सय ५० रुपैयाँ, अधिकृत एघारौं तहबाट अवकाश पाएकाले ४२ हजार ८ सय ८० रुपैयाँ र अधिकृत बाह्रौं तहबाट अवकाश पाएका कर्मचारीले ५१ हजार ४ सय २० रुपैयाँ पाउँछन् ।

माघ १४ गतेसम्मको तथ्याङ्कअनुसार यसरी स्वास्थ्य सेवामा काम गरी अवकाशपछि निवृत्तिभरण लिइरहेका कर्मचारीको संख्या ६ हजार १ सय ६४ जना छन् ।

* सच्याइएको ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x