कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडौं, ११ फागुन – शुक्रबार दिउसो जिल्ला समन्यन समिति काठमाडौंको कायालय बबरमहलमा काठमाडौं महानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
काठमाडौं महानगरलाई सुर्तिजन्य पदार्थ मुक्त शहर बनाउन महानगरले गर्ने कार्यक्रमको विषयमा जानकारी दिन दिउसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । दुईबजे कार्यक्रम स्थलमा विभिन्न संचारमाध्यमका पत्रकारहरु उपस्थित भइसकेका थिए । तर आयोजक काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य भने आइपुगेका थिएनन् ।
महानगरका मेयर शाक्य समयमै नआएपछि काठमाडौं महानगरपालिकाका शहरी स्वास्थ्य विभागका प्रमुख हरिकृष्ठ श्रेष्ठले अनौपचारिक रुपमा कार्यक्रम शुरुवात गरे । शहरी स्वास्थ्य विभागका प्रमुख श्रेष्ठले काठमाडौंलाई सुर्तिजन्य पदार्थको सेवनमा रोक लगाइने बताउँदै थिए, सोहि समयमा महानगरका कर्मचारीले कार्यक्रमहलमा चुरोटका बट्टा बोकेर आए ।
शहरी स्वास्थ्य विभागका प्रमुख श्रेष्ठ बोलिरहेकै समयमा महानगरका कर्मचारीले सम्मेलनमा सहभागि पत्रकारहरुलाई एकएक खिल्ली चुरोट बाड्न थाले ।
सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने अभियानको पत्रकार सम्मेलनमा बोलाएर महानगरले पत्रकारलाई नै चुरोटको खिल्ली बाड्न थालेपछि कार्यक्रममा सहभागी पत्रकारहरु अचम्मित भए ।
सुर्तिजन्य पदार्थको सेवन नियन्त्रणको विषयमा महानगरले बनाएको योजनाको विषयमा बोल्दै गरेका शहरी स्वास्थ्य विभागका प्रमुख श्रेष्ठले पनि पत्रकारलाई चुरोटको खिल्ली लिन आग्रह गरे ।
चुरोट किन दिएको भन्ने पत्रकारको प्रश्नमा महानगरका कर्मचारीले केही बताएनन् । उल्टै सबैलाई एउटा एटटा खिल्ली चुरोट लिन आग्रह गरे ।
सोही समयमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कार्यक्रम स्थलमा आइपुगे । सबै पत्रकार र महानगरकै कर्मचारीको अगाडी चुरोट देखेपछि ‘नो स्मोकिङ जोन’ बनाउने विषयमा जानकारी दिन आएका महानगरका
मेयर शाक्य एकछिन त चकित परे । तर चुरोटको विषयमा केही भनेन् ।
कार्यक्रमलाई औपचारिकता दिदै महानगरका प्रमुखले आफ्ना योजनाहरु बताउन थाले ।
‘काठमाडौं शहरलाई नो स्मोकिङ जोन बनाई नसर्ने रोग नियन्त्रण गरी हेल्दी सिटिजको रुप्मा रुपान्तरण गर्ने कार्यक्रमको हामी सुरुवात गर्न गइरहेका छौं’ मेयर शाक्यले भने ‘सरकारले नै ऐन बनाइसकेको अवस्थामा पनि हामीले यसलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्न सकेका छैनौं । महानगरबासीलाई स्वास्थ्य र निरोगी बनाउने उदेश्य लिएका छौं ।’
मेयर शाक्यले निरन्तर बोल्दै गए ‘आउदो डिसेम्बर सम्ममा काडमाडौंको सार्वजनिक स्थानलाई नो स्मोकिङ् जोन बनाएरै छाड्छौं । हाम्रो अभियानले काठमाडौं महानगरमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनामा उल्लेख्य कमि आउछ भन्ने अपेक्षा गरेका छौं ।’
महानगरका मेयरले चुरोटको असरको विषयमा बोलिरहदा सभाहलमा चुरोटको गन्द मज्जाले आइरहेकै थियो ।
मेयर शाक्यले आफ्नो मन्तव्य सक्ने बित्तिकै शहरी स्वास्थ्य विभागका प्रमुख श्रेष्ठले नै मेयर शाक्यको अगाडी चुरोटको खिल्ली राखिदिए । महानगरका मेयर शाक्य आफ्नो अगाडीको चुरोटलाई हेरेको हेरै भए ।
शहरी स्वास्थ्य विभागका प्रमुख श्रेष्ठले मेयरको अगाडाी चुरोट राखिदिएपछि भने, ‘धुम्रपान तथा सुर्तिजन्य पदार्थ मुक्त शहर बनाउनको लागि यो चुरोटलाई भाँचेर अभियान सुरु गर्न चुरोट बाडेका हौं । यसलाई सबैले भाँचौं ।’
स्वास्थ्य विभागका प्रमुखले गरेको नाटकी अभियानलाई महानगरका मेयर शाक्यले स्वीकार गरेनन् । उनले भने, ‘म यो चुरोट खादिन त्यसैले छुँदापनि छुदिन ।’
महानगरका मेयर शाक्यले चुरोटलाई टुक्रा बनाउन नमानेपछि शहरी स्वास्थ्य विभागका प्रमुख श्रेष्ठ लगायत अन्य कर्मचारीले चुरोटलाई भाँचेर देखाए । अन्य पत्रकारलाई बाँडिएको चुरोट भने टेवलमै अलपत्र थियो ।
सन् २०१३ मा भएको सर्वेक्षणका अनुसार नेपालमा हाल ३० दशमलव ५ प्रतिशतले कुनै न कुनै किसिमको धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्छन् । यस्तै ३६ दशमलव १ प्रतिशत मानिसले दोस्रो व्यक्तिले सेवन गर्ने धुम्रपानबाट प्रभावित हुने गर्छन् ।
विश्व स्वास्थ्य संगठनले नेपालका महिलाहरु विश्वकै सबैभन्दा बढी धुम्रपान गर्ने तथ्याङ्क निकालेको छ । जसमा नेपालमा करिव १५ प्रतिशत महिलाहरु धुम्रपान गर्ने गरेको तथ्याङ्क छ ।
धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले सरकारले २०४९ साल देखि नै सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको छ ।
सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ ले धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सरकारी कार्यलय, शिक्षण संस्था,पुस्तकालय,तालीम तथा स्वास्थ्य सम्बन्धि संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखाना, कार्यस्थल, चलचित्र घर, नाटकघर, होटल,मोटल, रिर्सोट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, छात्राबास, रंगशाला, कर्भडहल लगायतका विभिन्न सार्वजनिक स्थानहरु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्न नापाइने व्यवस्था गरेको छ ।
तर नेपालमाको सार्वजनिक स्थानमा खुल्ला रुपमा धुम्रपान र सुर्तिजन्य पदार्थको विक्री वितरण तथा सेवन हुने गरेको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...