×

NIC ASIA

वाम गठवन्धनको जीत : कांग्रेसका लागि ०३६ सालकै अवस्था

फागुन २२, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel

२०३६ सालमा सम्पन्न भएको जनकपुर महाधिबेशनबाट नेपाल बिद्यार्थी संघ (नेबि संघ)को राष्ट्रिय अध्यक्षमा निर्वाचित भएको थिएँ । राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किनु भएका महामानब बीपी कोइरालाले उदघाटन गरेको उक्त राष्ट्रिय महाधिबेशनबाट सर्ब सम्मतिले नै  मलाई नेबि संघको नेतृत्व दिइएको थियो । अहिले जनकपुरमा नेपाल शिक्षक संघको प्रथम प्रदेश अधिवेशन भइरहेको छ । म चाहन्छु की यो अधिबेशनबाट पनि सर्बसम्मत नेतृत्व नै चुनियोस् । किन भने अहिलेको जस्तै मैले नेबि संघको नेतृत्व लिँदा बिषम परिस्थिति थियो । मलाई सर्बसम्मत नेतृत्व दिनु पछाडि बीपीका मुख्यतः दुई वटा उद्देश्य थिए । जनमत संग्रहमा चुनाबका लागि गाउँ–गाउँ गएर बहुदलको पक्षमा प्रचार प्रसार पनि गर्न सकिन्छ र अर्को उद्देश्य के थियो भने नेपाली कांग्रेसको संगठन निर्माण पनि गर्न सकिन्छ । किन भने त्यस अघिसम्म राजनीतिक दलहरूलाई संगठन निर्माण गर्न प्रतिबन्ध लगाइएको थियो । बल्ल खुल्ला राजनीतिमा आएपछि कांग्रसले संगठन निर्माण तथा बिस्तारको काम गर्न चाहेको थियो । त्यतिबेला संगठन निर्माणका लागि देशै भरी नेबि संघले पूरा जोड्तोड्का साथ संगठन निर्माण गर्ने काममा एकताबद्ध भएर लागोस् भनेर, बुझेरै त्यो परिस्थितिमा मलाई बीपीले सर्बसम्मतिका साथ नेतृत्व हस्तान्तरण गर्न लगाएका थिए । 

हामी बहुदलको प्रचार संगसँगै संगठन निर्माणमा लाग्याैं । तर, जनमत संग्रहमा बहुदलको पराजय भयो । निर्दल व्यवस्थाको जीत भयो । तर, त्यो जीत टिक्न सकेन । हामीलाई अलि बढी नै  समय लाग्यो । अन्ततः २०४६ सालको जनआन्दोलनकासामू निर्दलीय व्यवस्थाको अन्त्य भयो र कांग्रेसको एजेण्डा रहेको बहुदलीय प्रजातन्त्रको जीत भयो ।    


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाम्रा लागि अहिले पनि ३६ सालतिरको जस्तै अबस्था दोहोरिएको छ । नेपाली कांग्रेस देशै भरी हार्यो भनेर कांग्रेसीजनमा एक प्रकारको चिन्ता देखिएको छ । बामपन्थीहरूको गठबन्धन बन्यो, तिनीहरुबीच पार्टी एकता पनि हुँदैछ भनेर भनिएको छ । तर, म बाम गठबन्धन वा बाम एकता भन्ने शब्दको प्रयोग गर्दिन । म त के भन्छु भने त्यो कम्युनिस्टहरूको एकता हो, गठवन्धन हो । तिनीहरूले के गर्ने छन् भनेर चिन्तामा रुमल्लीनु भन्दा पनि हामी कांग्रेसी जनतामा गएर संगठन गर्नु जरूरी छ । 


Advertisment
Rupse Holidays
Nabil box

जसरी जनमत संग्रह हुँदा निर्दलीयको जीत भएको थियो र बहुदलको हार भएको थियो, तर, अन्तिममा बहुदलको जीत भएरै छाड़्यो, ठीक त्यसैगरी आउँदो निर्बाचनमा नेपाली कांग्रेसको जीत हुन्छ । केन्द्रीय समितिमा रहनु भएका मेरो साथी महेन्द्र यादव त के पनि भन्नुहुन्छ कि अब देशमा मध्याबधि चुनाब हुन्छ । उनको भबिष्यबाणी सफल हुने  नहुने त्यो आगामी दिनमा हेर्नु पर्ने हुन्छ । तर, ५ बर्ष पछि त पक्कै पनि चुनाब हुन्छ । र, त्यो चुनाबमा कांग्रेस देशै भरी बहुमत साथ ठूलो दलको रूपमा फेरी पनि उभ्रेर आउँछ । किन भने अहिले हामीले लेसन पाएका छौं । बिगतका कमी कमजोरीहरूलाई सच्याएर अगाडी बढछौं । 

Vianet communication
अहिलेको सरकारको सबैभन्दा पहिले सातवटै प्रदेशहरूमा रहेका जिल्लास्तरीय सम्पूर्ण कार्यालयहरू प्रदेश सरकारको मातहतमा ल्याओस् ।

एउटा कुरा म के पनि भन्न चाहन्छु भने यो देशमा न त पञ्चायत ब्यब्स्थामा निर्दलीय  तानाशाही टिक्न सक्यो, न त कुनै पनि पार्टीको एकदलीय अधिनायकबाद होस् वा पार्टी एकताको नाउँमा गरिने अधिनायकबाद हामीलाई स्वीकार हुने छैन । यदि त्यस्तो प्रयास ओली नेतृत्वको सरकारले गर्यो भने हामी त्यसलाई चलन दिँदैनौं ।

अहिले प्रदेशहरूमा प्रदेश सरकार बनिसकेको छ । मुख्यमन्त्री तथा मन्त्रीहरू चयन भइसकेका छन् । तर, प्रदेश सरकारले काम पाउन सकेको छैन । ती बिचराहरूले कुनै पनि काम गर्न सकिरहेका छैनन् ।  अहिलेको सरकारको सबै भन्दा पहिलो काम के हो भने तत्काल सात वटै प्रदेशहरूमा रहेका जिल्लास्तरीय सम्पूर्ण कार्यालयहरू प्रदेश सरकारको मातहतमा ल्याओस् । प्रहरी, प्रशासन, शिक्षा, स्वास्थ्य लगायत ‘ल एण्ड आर्डर’ कायम गर्ने सम्पूर्ण सरकारी एजेन्सीहरू प्रदेश सरकारको मातहतमा आओस् । संघीय सरकारले तत्कालै प्रदेश सरकारको मातहतमा ती सरकारी संयन्त्रहरुलाई प्रदेश सरकारको मातहतमा हस्तान्तरण गर्नु पर्छ । 

नेपाली कांग्रेसभित्रै पनि हाम्रा केही साथीहरुलाई संघीयतामा गएर हामीले गल्ती पो गर्यौं की भन्ने भ्रम परेको छ ।

यदि संघीयतामा हामी गौरवान्वित गर्छौं भने  प्रदेश मातहतमा प्रदेश प्रहरी प्रमुखको रूपमा एआईजी दिएर मात्रै हुँदैन । अहिले त झन डीआईजी राख्ने कुरा भएको छ । मेरो भनाई त के हो भने प्रत्येक प्रदेशको प्रहरी संगठन को नेतृत्व आईजीले गर्नु पर्छ र, त्यो आईजी प्रदेश सरकारको मातहत हुनु पर्छ । म, यो सरकारसंग जोड्दार रूपले त्यो कुराको माग गर्दछु । हो, सशत्र प्रहरी संघीय सरकार अर्थात केन्द्रीय सरकारको मातहतमा रहोस्, तर, नेपाल प्रहरी त प्रदेश सरकारकै मातहत हुनुपर्छ । म पूव गृहमन्त्री समेत भएको नाताले ओली नेतृत्वको सरकारलाई भन्न चाहन्छु की प्रदेशमा नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ प्रदेश सरकारकै मातहत हुनु पर्दछ ।

हिजोसम्म संबिधान संशोधन नगरी सरकारमा जाँदैनौ, एमाले मधेश बिरोधी हो भनेर भन्ने मधेशबादी दलहरु अहिले कुन मुख लिएर सरकारमा जाँदैछन् ? एमालेलाई मधेश बिरोधी भन्ने दल अहिले कसरी त्यो एमालेको पुच्छर समातेर सरकारमा टांसिन पुगेका छन ? हिजो संबिधान संशोधन गर्नु भनेको देशको अहितमा हो, राष्ट्र बिरोधी हो, जनबिरोधी हो, राष्ट्रघात हो भन्ने एमाले अहिले कसरी संशोधनका लागि तयार भएको छ ? अहिले ती सबै दलहरूको सांठगांठ अचम्मको छ । अहिले यो सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाओस्, पछि यदि गडबड भयो भने संघीय सरकारले त्यसलाई नियन्त्रण गर्न पनि सक्छ तर, अहिले प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पहिलो कार्य हो ।

नेपाली कांग्रेस भित्रै पनि हाम्रा केही साथीहरुलाई संघीयतामा गएर हामीले गल्ती पो गर्यौं की भन्ने भ्रम परेको छ । एमाले त संघीयता चाहने शक्ति नै होइन । किन भने कम्युनिज्म र फेडरलिज्म एक साथ जानै सक्दैन । तै पनि बाध्यताबश तिनीहरु संघीयतामा आएका हुन् । उनीहरूले संघीयतालाई असफल बनाउने प्रयास पनि गर्न सक्छन् । तर, हाम्रै पनि पार्टीका केही साथीहरू संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रमा गएर गल्ती भयो की भन्ने भ्रम छ । म, सबै जनालाई भन्न चाहन्छु की त्यो भ्रम त चिर्नुस्, चिर्नुस्, प्रदेशलाई सशक्तिकरण गर्ने बाटोमा निर्धक्क भई लाग्नुस् । हामीले अहिले हारे पनि ९ वटा एजेण्डा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समाबेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्बाचन प्रणाली, अहिंशा र शान्ति हाम्रो पार्टीको मूल एजेण्डा हो । देशको राष्ट्रिय एकता, सार्बभौम सत्ता, स्थायित्व, सुशाशन र समृद्धिका लागि पनि यी ९ वटा शुत्रलाई सिद्धान्त मानेर कांग्रसीजन अगाडि बढ्नुहोस् । 

(मंगलबार जनकपुरमा नेपाल शिक्षक संगठनको प्रदेश नम्बर २ को प्रथम प्रदेश अधिवेशनको क्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिले राखेका मन्तव्यको सम्पादित अंश ।) 

प्रस्तुति : अजय अनुरागी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x