बैशाख २९, २०८१
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
साउन २, २०७५
काठमाडौं –सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको गत मंगलबार निधन भयो । निमोनिया बिग्रिएपछि ग्राण्डी अस्पतालमा उपचाररत रहेकै अवस्थामा सुब्बाको निधन भएको हो ।
सुब्बाको निधनसँगै उनले सम्हाल्दै आएको जिम्मेवारी कार्यबहाकको रूपमा उपप्रमुख मञ्जु भण्डरीको काँधमा पुगेको छ भने प्रमुखको पद रिक्त भएको छ ।
यस्तै गत पुस ३० गते संखुवासभाको भोटखोलामा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको मृत्यु भयो । ६ महिनाभन्दा बढी समयदेखि सो गाउँपालिका पनि उपाध्यक्षको नेतृत्वमा चल्दै आएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको कतै एक वर्ष र कतै त्यति समय पनि हुन बाँकी छ । तर यसबीचमा प्रमुख, अध्यक्ष, वडाध्यक्ष र सदस्य गरी दर्जनभन्दा बढी जनप्रतिनिधिको मृत्यु भइसकेको छ ।
कार्यकाल एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ । संविधानको भाग– १७ मा स्थानीय कार्यपालिकासम्बन्धी व्यवस्था छ ।
सोही भागमा पर्ने धारा २१५ मा गाउँपालिका र २१६ मा नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख उपप्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख छ ।
सम्बन्धित व्यक्तिले राजीनामा दिएमा, पदावधि समाप्त भएमा वा मृत्यु भएमा पद रिक्त हुने संविधानमा उल्लेख छ ।
‘प्रमुख तथा उपप्रमुखको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा पद रिक्त हुन गएमा बाँकी अवधिका लागि रिक्त पदपूर्ति गर्न उपनिर्वाचन गर्नुपर्नेछ,’ संविधानको धारा २१६ को उपधारा ९ मा भनिएको छ ।
तर उपनिर्वाचन कति अवधिभित्र गरिसक्नुपर्ने भन्ने विषय संविधानमा उल्लेख छैन ।
हेर्नुहोस्, संवैधानिक व्यवस्था
वडाका जनप्रतिनिधिबारे संविधान मौन !
वडाका जनप्रतिनिधिको उपनिर्वाचनबारे भने संविधान मौन छ । पद रिक्त हुने अवस्थाबारे संविधानमा उल्लेख भए पनि वडाध्यक्ष र सदस्यहरूको उपनिर्वाचनबारे संविधान बोलेको छैन ।
यस्तै स्थानीय तह निर्वाचन ऐन– २०७४ मा समेत अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको उपनिर्वाचनबारे उल्लेख भए पनि वडाका प्रतिनिधिका लागि उपनिर्वाचन गर्ने विषय उल्लेख छैन ।
यस्तो अवस्थामा ऐन नै संशोधन गरेर आफूहरूलाई अख्तियारी दिएपछि मात्र निर्वाचन गर्न सकिने आयोगका प्रवक्ता दीपक सुवेदीको भनाइ छ ।
‘यो कुरा ऐनमा नै नभएकाले हामी केही गर्न सक्दैनौं । ऐन संशोधन गरेर सरकारले उपनिर्वाचनको मिति घोषणा गर्दै आयोगलाई अख्तियारी दिएपछि मात्र उपनिर्वाचनको प्रक्रिया शुरु हुन्छ,’ प्रवक्ता सुवेदीले लोकान्तरसँग भने ।
हेर्नुहोस्, स्थानीय तह निर्वाचन ऐन– २०७४ मा उपनिर्वाचनसम्बन्धी व्यवस्था
सरकारसँग छैन यकिन तथ्याङ्क, उपनिर्वाचन कहिले ?
कति स्थानीय तहमा जनप्रतिनिधिको पद रिक्त भयो भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।
स्थानीय विकास मन्त्रालयको खारेजीपछि त्यसअन्तर्गतको काम अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ । मन्त्रालयमा संघीय मामिला महाशाखा र त्यसअन्तर्गत संघीय मामिला शाखा, स्थानीय तह समन्वय शाखा लगायत शाखा छन् ।
यसमध्ये संघीय मामिला शाखाका उपसचिव प्रह्लादकुमार कार्कीले आफूहरूसँग रिक्त भएका स्थानको यकिन तथ्याङ्क नरहेको बताए ।
‘घटना हुनेबित्तिकै हामीलाई जानकारी पठाउँदैनन् । पठाएको ठाउँको विवरण मात्र हामीसँग छ । त्यस ठाउँमा कति समयभित्र उपनिर्वाचन गरिसक्ने भन्नेबारे संविधान तथा ऐन कानूनहरूमा उल्लेख छैन । त्यसैले हामीले विवरण जम्मा गरी उपनिर्वाचनका लागि निर्देशन पाउँ भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउँदैछौं,’ कार्कीले लोकान्तरसँग भने, ‘मन्त्रिपरिषद्बाटै पारित भएर निर्देशन आएपछि उपनिर्वाचनको प्रक्रिया अघि बढाउँछौं ।’
निर्वाचन आयोग भने सरकारले मिति नतोकी केही गर्न नसक्ने अवस्थामा छ । ‘सरकारले रिक्त स्थानबारे औपचारिक जानकारीसहित निर्वाचनको मिति घोषणा गरिदिएपछि मात्र हामी अघि बढ्नसक्छौं,’ आयोगका प्रवक्ता सुवेदीले भने ।
निर्वाचन आयोगलाई चुनावको मिति तोक्ने अधिकार छैन ।
कानूनी अड्चन र सम्बन्धित निकायको ढिलासुस्तीका कारण रिक्त स्थानीय तहले कहिले नयाँ जनप्रतिनिधि पाउने भन्नेमा अन्योल छ ।
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...