×

NMB BANK
NIC ASIA

निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

साउन ६, २०७५

NTC
काठमाडौंस्थित नेशनल मेडिकल कलेज, फाइल तस्बिर ।
Premier Steels

काठमाडौँ, ६ साउन– युवा तथा विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । 

युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल), अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को आज बसेको बैठकले नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रुपमा गरिएको संवैधानिक सुनिश्चितको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 

बैठकले सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अविलम्ब शुरु गर्न, चिकित्सा शिक्षाभित्रको छात्रवृत्तिलाई न्यून आय, गरीब र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शी ढंगले वितरण गर्न माग गरेका छन् । 

यस्तैगरी आधारभूत तहका जनताको जीवनसँग खेलबाड गर्दै स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने, जनताको करबाट उठेको तलब भत्ता खाई जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । 

बस्नेतका अनुसार बैठकले स्वास्थ्य शिक्षामा देखिएका सबै समस्या दीर्घकालीन ढंगले समाधान गर्नका लागि उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी अविलम्ब काम सञ्चालन गर्नसमेत माग गर्दै चिकित्सा शिक्षालगायतका जल्दाबल्दा समस्याको समाधानका लागि जनताको लोकप्रिय ‘म्याण्डेट’ पाएको सार्वभौमसत्ता सम्पन्न संसद्लाई छलफल र निकासको साझा थलो बनाउनुपर्ने उल्लेख गरेको छ । 

बैठकले राष्ट्रिय चिकित्सा आयोगबाट नै समस्या निरोपण हुने भएकाले जारी डा गोविन्द केसीको अनशन वार्ताबाट तत्काल अन्त्य गर्दै डा केसीको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्यको समेत माग गरेको छ । 

बैठकले अनेकन प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी पठाउँदै आएका नेम र भाइब्रेन्टजस्ता इन्स्टिच्युटलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन् । बैठकमा वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङको सहभागिता थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x