×

NMB BANK
NIC ASIA

काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा कनेक्टिभिटीको एजेण्डामा सहमति गर्ने तयारी गरिएको छ । लामो समयदेखि तयारी अवस्थामा रहेको यातायात तथा पारवहन सम्झौताको तयारीलाई अन्तिम रूप दिने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

Muktinath Bank

सम्मेलनमा ऊर्जा व्यापार, बौद्ध सर्किट, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउने लगायतका १६ बुँदे एजेन्डा प्रस्तुत गर्ने तयारी भएको छ । १६ बुँदालाई समायोजन गर्दै कम बुँदामा समेटेर आज अन्तिम रूप दिने तयारी छ । बिमस्टेकका सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाइ मार्गबाट जोड्ने मात्र नभई विद्युत् प्रसारण ग्रीड तथा अप्टिकल फाइबरबाट जोड्ने विषयलाई नेपालले उच्च महत्त्व दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनमा सदस्य राष्ट्रको चौतर्फी विकासमा सघाउन बिमस्टेक विकास कोष स्थापना, दुई दशक पार गरेको संगठनको बडापत्र निर्माण, समग्र बिमस्टेक क्षेत्रलाई शान्ति, समृिद्ध र दिगोपनातर्फ उन्मुख गराउने तथा गरीबी हटाउने विषय सम्मेलनका प्रमुख कार्यसूची हुनेछन् ।


Advertisment
Nabil box
Kumari

यही भदौ १४ र १५ मा शान्त, समृद्ध र दीगोपनाका लागि बंगालको खाडीतर्फ भन्ने मूल नाराका साथ काठमाडौंमा हुन लागेको हो । सम्मेलनमा बिमस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहनेछ ।
सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति युमिन मिच मंगलबार १२ गते साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ । १३ गते नेपालमा दुईपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Vianet communication

यसैगरी १३ गते बुधबार श्रीलङ्कन राष्ट्रपति मेट्रिपाला शिरिसेना र भुटानका प्रधानन्याशीश योङ ओ छिरिङ वाङ्चो नेपाल आइपुग्ने कार्यक्रम छ ।  सम्मेलन उदघाटनका दिन १४ गते बिहान भारतीय प्रधानमन्त्री मोदी, बंंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री आइपुग्ने कार्यक्रम छ । १४ गते दिउँसो राष्ट्रपति भवन शितलनिवासमा भेटघाट तथा दिवाभोज कार्यक्रपश्चात् होटल सोल्टीमा सम्मेलनको उद्घाटन हुनेछ । साँझ हायात होटलमा रात्रिभोजको कार्यक्रम छ ।

१५ गते केही महत्त्वपूर्ण दस्ताबेजहरूमा हस्ताक्षर हुनेछ । सम्मेलनपछि १६ गते श्रीलंकका र म्यानमारका राष्ट्रपतिले लुम्बिनीको भ्रमण समेत गर्ने कार्यक्रम छ ।  बिमस्टेक सम्मेलनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रमा भारतीय लगानीमा बनेको धर्मशालाको उद्घाटन गरी नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।  

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले २२ वर्षअघि बिमस्टेक स्थापना भएको हो । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकको यस उपक्षेत्रीय संगठनमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् ।

सन् १९९७ मा स्थापना भएको यो संगठनको पहिलो सम्मेलन थाइल्याण्डमा सन् २००४ मा भएको थियो । दोस्रो सम्मेलन सन् २००८ मा भारतमा तथा तेस्रो सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष राष्ट्र नेपाल हो । कार्यतालिका अनुसार नेपालमा चौथो सम्मेलन हुन लागेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x