×

NMB BANK
NIC ASIA

अग्रलेख

निजगढमा विमानस्थल : विकल्पविहीन परियोजना हो ?

भदौ ३०, २०७५

NTC
Premier Steels

बारा जिल्लाको निजगढमा ‘अन्तर्राष्ट्रिय’ स्तरको विमानस्थल निर्माण गर्ने सरकारको तयारी अहिले सार्वजनिक बहसको विषय भएको छ । 

Muktinath Bank

सरोकारवाला मन्त्रालयका मन्त्री एवं कर्मचारीहरु यो विमानस्थल विवादमा आउनुपर्ने मामिला नै होइन भन्छन्,  किनभने : १) प्रस्तावित विमानस्थल नै सही अर्थमा नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । यो त मुलुकको निमित्त गौरव हो । हाल चालू अवस्थामा रहेको काठमाडौं र निर्माणाधीन अवस्थाका पोखरा तथा भैरहवा विमानघाट ‘कामचलाउ’ स्तरका मात्र हुन्, हुनेछन् । २) निजगढमा विमानस्थल निर्माणको प्रस्ताव हाल बहाल रहेको सरकारले एकाएक अघिसारेको होइन, यसको चर्चा र यस सम्बन्धी अध्ययन २३ वर्षअघि (सन् १९९५) नै शुरु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माथि उल्लेख भएका दाबी र विवरण तथ्यमा आधारित नै होलान्, परन्तु यस परियोजना सम्बन्धी विस्तृत बेहोरा जनसमक्ष आइनसकेको अवस्थामा वास्तविकता यही नै हो भनेर टुंगोमा पुग्न सकिँदैन । वातावरणीय प्रभाव मूल्यांकन –ईआईए)मा परेका कतिपय बुँदाले जनचासोका दर्जनौं जिज्ञाशा अनुत्तरित राखेर विमानस्थल परियोजनाको काम अघि बढाउन खोजेको सङ्केत दिन्छन् । 


Advertisment
Nabil box
Kumari

कामको थालनी रुख कटानीबाट गर्ने भनिएको हुनाले जनस्तरमा सन्देह देखापरेको हो । विमानस्थलका धावनमार्ग, टर्मिनल, बिजुली–फोन आदि सेवा समेतका ‘आधारभूत संरचना’ को लागि एक हजार नौ शय हेक्टर क्षेत्रफल पर्याप्त हुनेमा आठ हजार ४५ हेक्टर भू–भागलाई विमानस्थलक्षेत्र घोषित गर्न खोजिएको छ । ठूला र विकसित भनिने देशहरुमा चालू रहेका विमानस्थल सरहको वा ती भन्दा पनि ठूलो विमानस्थल सानो भूगोलको नेपालमा कसको लागि आवश्यक भएको हो ? यी र यस्तै अन्य धेरै जायज प्रश्न उठेका छन् । यसै क्रममा वन क्षेत्र मासेर रुख कटान गरी त्यसको सुक्रिबिक्री मार्फत केही व्यक्तिहरु धनी हुने प्रयत्नमा छन् भन्ने आशङ्काले  बल पाएको हो । 

Vianet communication

नेपालमा वन जङ्गलले ढाकेको क्षेत्र वर्षेनी घटेर गएको यथार्थ कसैबाट लुकेको छैन । यस्तोमा वनसंरक्षणको विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा फँडानी गरेर त्यस्ता भौतिक संरचना निर्माण गर्ने सोच बनाइएको देखापर्छ जुन नेपालको आवश्यकता हो होइन यकीन हुन सकेको छैन । 

वनक्षेत्र मासिएपछि वन्यजन्तु, पशुपंछीको आश्रय नासिन्छ । एकातिर मुलुकको जैविक विविधता नष्ट हुने र अर्कोतिर हात्ती, गैंडा, बाघ, भालु जस्ता जनावरले आश्रय र आहाराको खोजमा मानव बस्तीमा अतिक्रमण गर्ने जोखिम टड्कारो छ । यस विषयका विज्ञहरुको चिन्तालाई जनताले पनि त्यसै ढङ्गले नियाल्नु अनुचित होइन । 

मुलुकमा हवाई सेवाको विस्तार गरेर जनतालाई हवाई यातायातको पहुँच दिने र विदेशी पर्यटकको संख्या बढाउँदै जाने नीति सिध्दान्ततः स्वागतयोग्य छ । अन्तर्राष्ट्रिय स्तरका विमानस्थल पनि आवश्यकता अनुरुप निर्माण गरिनु पर्छ । तर यस क्रममा प्रस्तावित विमानस्थल वन फाँड्नु नपर्ने, करोडौं रकम मुआबजामा दिनु पनि नपर्ने र सहज पहुँच भएका अन्य स्थानमा निर्माण गर्न सकिँदैन ? के विकल्प छैनन् ? शुरुमा पहिचान गरिएका भनिएका आठ स्थानमध्ये सात स्थान कुन–कुन हुन्, किन यसबारे कुरा खुलाइँदैन ? किन निजगढ मात्र विकल्प मानियो ? निर्विकल्प ठानियो ?

शुक्रवार वातावरणीय पत्रकारहरुको भेलामा एक सरकारी अधिकृतले अन्य विकल्पबारे ‘कल्पना पनि गर्न सकिन्न’ भन्ने ठाडो र अन्तिम निर्णय सुनाएको पाइयो । 

अन्तिम प्रश्न : के निजगढ विमानस्थल पञ्चायत व्यवस्था जस्तै ‘निर्विकल्प’ परियोजना हो ?

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x