×

NMB BANK
NIC ASIA

अग्रलेख

‘गैरआवासीय’मा पनि यस्तो भेदभाव ?

असोज ३०, २०७५

NTC
Premier Steels

नागरिकता सम्बन्धी नेपालको व्यवस्था कसिलो हुनुपर्ने हो । किनभने नेपाल ठूलो जनसंख्या भएका चीन र भारतको बीचमा सानो भूगोलमा बसेको देश हो । तर यथार्थ के छ भने यहीँको नागरिकता नीति चाहिँ ‘चाहिनेभन्दा बढी खुकुलो’ राखिएको छ । भनौं, फितलो अवस्थामा रहन दिइएको छ । थपमा, दक्षिण-पश्चिमतर्फको सिमाना अव्यवस्थित राखिएको छ । अर्थात् इण्डियासितको सीमाबाट आवतजावत ‘खुल्ला’ छोडिएको छ जहाँबाट हजारौंको संख्यामा गैरनेपालीहरू नेपाल पस्छन् र तीमध्ये कतिपय नेपालमै बस्छन् । र, कालान्तरमा नागरिकता कानूनका छिद्रको उपयोग गर्दै नेपालको नागरिकता प्राप्त गर्छन् ।

Muktinath Bank

नेपालमा हुने हरेक राजनीतिक परिवर्तनपछि ‘उदार’ नागरिकता ऐन तर्जुमा हुन्छ र लाखौं मानिसलाई नेपाली नागरिकता उपलब्ध गराइन्छ । २०६३ साल मंसिरमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पहलकदमीबाट बनेको ऐन यसबारेको उदाहरण छ । हालै मात्र पनि तराईकेन्द्रित दलका मागको सन्दर्भमा अर्को खुकुलो प्रावधान सहितको कानूनको जोहो गर्न खोजिएको थियो । तराईका केही नेताको स्वार्थ गाँसिनु एक कुरो हो, तर तराईका औसत नागरिकलाई ठूलो संख्यामा ‘नव-नागरिक’ भित्रिएर कुनै लाभ छैन । हानिमाथि हानि थपिने मात्र हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानूनहरूमध्येको मूल कानून नेपालको संविधान हो । तर यसैमा नागरिकता समेतका अनेक पक्षमा टड्कारा अन्तर्विरोध छन् । सिध्दान्तविहीन दलका स्वार्थ पूरा गर्न, गराउन हतार-हतार जारी गरिएको संविधानले नेपालको भौगोलिक अवस्थिति र साँस्कृतिक विशिष्टतासित मेल नखाने अनेक बुँदा र फुँदाहरू जोडिदिइएको छ । संविधानमा राखिएको ‘गैरआवासीय’ नागरिकता प्रदान गर्ने धारा १४ लाई यसै सन्दर्भमा हेरिनु पर्दछ । राजनीतिक बाहेक अन्य अधिकार उपयोग गर्न पाउने गरी नेपालीमूलका विदेशीलाई  नागरिकता दिने नीति कति दूरदर्शी ठहरिन सक्छ त्यो गम्भीर बहसको विषय हो ।


Advertisment
Nabil box
Kumari

धारा १४ मै राखिएको विभेदकारी अर्को प्रावधान त आपत्तिजनक नै छ किनभने यसले गैरआवासीय नागरिकताको लागि दक्षिण एसियाको सार्कका सदस्य-राष्ट्रमा रहेबसेका नेपालीलाई यस सहुलियतबाट ‘बाहेक’ गरेको छ । यस्तो विभेदकारी व्यवस्था संविधानमा छिराउने चाँजो एक स्वार्थसमूहले संविधानसभाका सदस्यहरूलाई प्रभावमा पारेर गराएका हुन् भन्ने छर्लङ्ग देखिन्छ । तसर्थ कुनै सजग सरोकारवालाले सर्वोच्च अदालतमा निवेदन दिएमा यो व्यवस्था न्यायिक निरूपणमा पर्नसक्ने अवस्था छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x