×

भुलेर पनि नगर्नुहोस् यस्ता ८ काम, परिएला बिरामी !

मंसिर २५, २०७८

काठमाडौं-  चिकित्सकहरुका अनुसार जाडो शुरु भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । 

जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो वानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिन यी ८ काम नगर्नुहोस् 

चियाकफी धेरै पिउने

जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी पिउने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी पिएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।

पानी कम पिउने 

जाडोमा चिसोले गर्दा पसिना आउँदैन । र तिर्खा पनि खासै लाग्दैन । नेपालीको बानी नै छ तिर्खा नलागी पानी नपिउने । तर स्वस्थ रहनका लागि जाडोमा तिर्खा लागेन भन्दैमा पानी नखाने अथवा असाध्यै कम पिउने गर्नु हुँदैन । जाडोमा छाला फुस्रो हुने, कब्जियत बढ्ने, ओठ फुट्ने आदि समस्या देखिन्छ । समयसमयमा पानी खानाले यस्तो समस्या कम हुन्छ ।

घाम बढी ताप्ने

जाडोमा घाम स्वाभाविक रूपमा प्यारो हुन्छ । तर, धेरै बेर घाम ताप्नु हुँदैन । आधा अथवा पौने घन्टाभन्दा बढी घाम ताप्नु हुँदैन । लामो समय घाम तापेमा छाला डढ्ने, अनुहारमा चाया आउने लगायत समस्या देखापर्छ ।

सनब्लक लोसन नलगाउने

जाडोमा घाम चर्किएको महसुस नहुने भएकाले धेरैले जाडो याममा घाममा निस्किँदा सनब्लक लोसन लगाउँदैनन् । तर, छालालाई हानि गर्ने विकिरण जाडोमा पनि निस्किरहेको हुन्छ । त्यही भएर जाडोमा पनि सनब्लक लोसन लगाउन बिर्सिनु हुँदैन । घाम ताप्दा पनि अनुहार र हातमा सनब्लक दल्नुपर्छ ।

बढी सुत्ने

जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यही भएर जाडोमा ढिलो उठिन्छ । छुट्टिको दिन सिरक ओडेर सुतेर बिताइन्छ । तर, यस्तो गर्नु हुँदैन । वर्षै भरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ । सुत्ने र उठ्ने समय भंग भएमा दीर्घकालमा अनिद्रालगायत समस्या उत्पन्न हुने जोखिम हुन्छ ।

मास्क नलगाई निस्कने

जाडो याममा खास गरी बिहानबेलुका कतै निस्किनुप¥यो भने मास्क लगाउन बिर्सिनु हुँदैन । किनकि, जाडोमा बिहान र बेलुका वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशील हुन्छन् । साथै, धुलोका कण पनि यो समय वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । यस्तोमा मास्क नलगाइ निस्किएमा श्वासप्रश्वास, छाला आदि सम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।

न्यानो कपडा नलगाउने

जाडो याममा फेसनेबल र शरीर नछोपिने खालका कपडाभन्दा गम्म परेका लुगा लगाउनु उपयुक्त हुन्छ । जाडोमा हेलचेक्राइ गरे रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने र नशामा रगत जम्नेजस्ता समस्या उत्पन्न हुन सक्छ ।

धेरै बेरसम्म तातो पानीले नुहाउने

जाडोमा बाध्यता नै हुन्छ तातो पानीले नुहाउने । तर, तातो पानीले नुहाउँदा फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ । बढी तातो पानीले धेरै बेरसम्म नुहाउँदा छालामा रहेको प्राकृतिक म्वाइस्चराइजर कम हुन गई छाला फुस्रो बन्छ ।

एजेन्सी 


Advertisment

Advertisment
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

असार ११, २०८१

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x