×

NMB BANK
NIC ASIA

वर्ष समीक्षा

राजनीतिमा नयाँ प्रयोगको वर्ष : नेकपा एकतादेखि नेकपा प्रतिबन्धसम्म

चैत २५, २०७५

NTC
Premier Steels

काठमाडौं – विक्रम संवत् २०७५ सकिएर नयाँ वर्ष शुरू हुन १ साता मात्र बाँकी छ ।

Muktinath Bank

बितेको वर्ष २०७५ सालमा मुलुकमा केही नयाँ र रोचक राजनीतिक घटनाक्रम भएका छन् । देशमा केही ठूला घटना पनि भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको एकीकरण


Advertisment
Nabil box
Kumari

विगतका वर्षमा एकअर्काको अस्थित्व स्वीकार नगरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वर्षभरकै महत्त्वपूर्ण राजनीतिक घटनाक्रम बन्यो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा २०७४ असोजमा चुनावी तालमेलको घोषणा गरेका एमाले र माओवादीबीच जेठ ३ गते पार्टी एकताको घोषणा भयो ।

Vianet communication

पार्टी एकता कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘हाइड्रोजन र अक्सिजन’को घुलनको उदाहरण दिएका थिए । पार्टी एकीकरणको वर्षदिन पुग्न लाग्दा समेत एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन । 

प्रधानमन्त्री समेत रहेका नेकपामा अर्का अध्यक्ष केपी शर्मा ओलीले आश्चर्यजनक ढंगले पार्टी एकीकरणको काम टुंगाइने दाबी गर्दै आएका छन् । २ पार्टीको एकीकरणपछि बलियो कम्युनिस्ट पार्टीको सरकार बनेपनि जनताका अपेक्षा पूरा गर्ने मामिलामा सरकार चुकेको गुनासो छ ।

नेपाली कांग्रेसको महासमिति बैठक

१७ महिनाअघि सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा व्यहोरेको अनपेक्षित पराजयपछि थलिएको नेपाली कांग्रेसको पार्टी भित्रको अन्तरकलह वर्षभर नै चर्चाको विषय रह्यो । प्रमुख प्रतिपक्षीको रोमा पुगिएको कांग्रेस अहिले विवादै विवादमा रुमल्लिएको छ ।

चुनावमा व्यहोरेको लज्जास्पद पराजयपछि कांग्रेस नेताहरूले पार्टीमा सुधारको बहस गरेका थिए । चुनाव सम्पन्न भएको डेढ वर्षपछि ७० वर्ष पुरानो पार्टी कांग्रेस विवादै विवादमा रुमल्लिएको छ । आक्रोशित कार्यकर्ताको विरोध मत्थर गर्न सभापति शेरबहादुर देउवाले मंसिर २९ गतेदेखि महासमिति बैठक बोलाए ।

महासमिति बैठकमा विधान संशोधन प्रस्ताव नै पेश हुन सकेन । बहुमत महासमिति सदस्य फर्केपछि विधान संशोधन प्रस्ताव पेश भयो । कर्मकाण्डी ढंगले प्रतिवेदन पारित भएको भनियो । कांग्रेस भित्रको विवाद अझै ज्यूँका त्यूँ छ ।

वर्षको शुरूमा कांग्रेसका ८ भाइले शीघ्र महाधिवेशनको अभियान चलाएका थिए । वर्षको अन्तिमतिर पनि कांग्रेस जिल्ला सभापतिहरूले भेला गरेर महाधिवेशन बोलाउने चेतावनी दिइरहेका छन् । देशमा ‘कम्युनिस्ट अधिनायकवाद’ आउन लाग्यो भनेर कोकोहोलो मच्चाइरहेको कांग्रेस आफैं विवादमा अल्झिएको छ ।

सीके राउतको मूलधार प्रवेश

मधेश ‘स्वराज’को नारा लिएर पृथकतावादी गतिविधि गरिरहहेको डा. सीके राउतको ‘स्वतन्त्र मधेश गठबन्धन’ राजनीतिक मूलधारमा आएको विषय वर्षको महत्त्वपूर्ण राजनीतिक घटना हो । शक्तिकेन्द्रको ‘लगानी’मा मधेशमा पृथकतावादी गतिविधि गरेको आरोप सीके राउतमाथि थियो । सरकारसँग ११ बुँदे सहमति गरी राउत राजनीतिको मूलधारमा आएका छन् । 

मधेशमा क्षेत्रीय दलको औचित्यतामाथि प्रश्न उठ्न लागेको समयमा राउतले आफ्नो संगठनलाई ‘जनमत पार्टी’को रुपमा दर्ता गर्ने बताएका छन् । फागुन २४ गते राउतसँग भएको सहमतिमा उल्लेखित ‘जनअभिमत’लाई लिएर देशको राजनीति हप्तादिनसम्म तरंगित बन्यो ।

विप्लवमाथि प्रतिबन्ध !

पृथकतावादी गतिविधिमा लागेको सीके राउतलाई स्वागत गरेको केही दिनमै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाउने घोषणा गर्यो । राजनीतिक आवरणमा विध्वंशात्मक गतिविधि सञ्चालन गरेको तथा चन्दा आतंक मच्चाएको आरोप विप्लव समूहमाथि लगाइयो । विप्लवमाथिको प्रतिबन्धलाई लिएर नेकपाभित्र नै विवाद जन्मियो ।

प्रतिबन्धपछि नेकपाका कार्यकर्ता पक्राउ पर्ने क्रम चलिरहेको छ । सरकार र विप्लव एकअर्कालाई गलाउने रणनीतिमा लागेका छन् । फागुन २८ गते सरकारले विप्लवका क्रियाकलापमाथि प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत भएका छन् भने उनका कार्यकर्ता धरपकड हुनेक्रम जारी छ ।

पूर्वपञ्चको टुटफूट, पूर्वराजाको सक्रियता

विगत वर्षहरूमा जस्तै यसवर्षभर नै पूर्वराजा ज्ञानेन्द्रले देश दौडाहालाई जारी राखेका छन । तीर्थाटनको नाममा पूर्वराजाले देशका विभिन्न भागको भ्रमण र देवालयहरूमा पूजापाठ गर्ने र जनताका कुरा सुन्ने काम गरिरहेका छन् । राजा मठमन्दिर धाउँदा उनका समर्थकले राजतन्त्रको नाराबाजी गर्ने गरेका छन् । पूर्वराजाका क्रियाकलापप्रति सरकार चनाखो देखिन्छ ।

राजतन्त्र पुनर्स्थापित गर्ने उद्घोषसहित पूर्वपञ्चको पार्टी राप्रपाका दुई घटक पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको पार्टीबीच १९ माघमा एकीकरण भयो । कमल थापासँग एकीकरणको प्रयास सफल नभएपछि राणाले लोहनीको साथ लिएर देश दौडामा निस्किएका छन् । चुनावमा पराजयपछि बेरोजगार रहेका कमल थापाले हिन्दू राज्य स्थापनाको लागि भन्दै मेची महाकाली यात्रा गरेका छन् ।

विवेकशीलको विभाजन 

देशका पुराना पार्टीको औचित्य सकिएको भन्दै नेपालमा वैकल्पिक राजनीतिक धारको राजनीति गर्ने भन्दै स्थापना भएका विवेकशील साझा पार्टीको फुट यो वर्षको एउटा महत्त्वपूर्ण घटनाक्रम बन्यो । स्थापित संसदवादी दलको कार्यशैलीप्रति प्रश्न उठाएर वैकल्पिक राजनीतिको वकालत गरेका विवेकशील साझाको एकता वर्षदिनमै टुंगियो । संयोजक रवीन्द्र मिश्रले व्यक्तिवादी चरित्र देखाएको भन्दै विवेकशील समूह अलग्गियो ।

वैकल्पिक राजनीतिको वकालत गर्ने अर्को पार्टी नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गमार्फत पूर्वपश्चिम यात्रा गरेर एउटा सन्देश दिन खोजे ।

फोरम सरकारमा, राजपाको समर्थन फिर्ता 

नयाँ संविधानलाई ‘नश्लवादी’को आरोप लगाएर संविधान संशोधनको रटान लगाइरहेको संघीय समाजवादी फोरम सरकारका सहभागी भयो । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डसँग लिखित सहमति गरेर फोरम सरकारमा सहभागी भयो । 

फोरम सरकारमा रहिरहेको समयमा मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लियो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उसले सदनमा अवरुद्ध गरिरहेको छ । सीके राउत मूलधारको राजनीतिमा आएपछि सत्तामा रहेको फोरम र सत्ताबाहिर रहेको राजपाबीच एकताको प्रयास भइरहेको छ । 

रेशम चौधरीको शपथ ग्रहण र जन्मकैद

कैलालीको टीकापुरमा भएको घटनाको मुख्य अभियुक्त रहेका रेशम चौधरीले निर्वाचित भएको १३ महिनापछि पद तथा गोपनियताको सपथ लिए । नाटकीय ढंगले सपथ गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलले विरोध जनाए ।

सपथ लिएलगत्तै जेल गएका चौधरीलाई २२ फागुनमा जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनायो । जनकपुर बमकाण्डका मुख्य योजनाकार सञ्जय साह टक्लालाई जिल्ला अदालत धनुषाले १४ चैतमा जन्मकैदको फैसला सुनायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x