×

NMB BANK
NIC ASIA

नेपालको पानीमा भारतको एकलौटी, सम्झौता अनुसार पानी नदिँदा नेपाली जमिन बाँझै !

बैशाख १, २०७६

NTC
Premier Steels

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले भारतले सम्झौता अनुसार पानी नदिँदा नेपालको सिँचाइमा अवरोध हुने गरेको औंल्याएको छ । महालेखा परीक्षकको ५६औं प्रतिवेदनले कोशी र गण्डक योजनाबाट भारतले सम्झौता अनुसार पानी नदिँदा सिँचाइमा अवरोध आउने गरेको औंल्याएको हो ।

Muktinath Bank

नेपाल र भारतबीच भएको सम्झौता अनुसार कोशी पश्चिम नहरबाट ७ सय २० क्युसेक पानी नेपालले पाउनुपर्नेमा त्यति पानी नेपालले नपाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै गण्डक पश्चिम नहरबाट ३ सय क्युसेक पानी नेपालले पाउनुपर्ने भएपनि त्यति पानी नेपालले नपाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गण्डक पश्चिम नहरमा असार महिनामा लिएको नाप अनुसार ९२ क्युसेकदेखि २ सय १३ क्युसेक मात्र पानी नेपालले पाएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

असारमा नै सम्झौताभन्दा कम पानी पाएको नेपालले हिउँदमा त्यसभन्दा पनि कम पाउने गरेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Vianet communication

मूल नहरबाट पानी आउने रेगुलेटरका तीन ढोकामध्ये १ ढोका शुरूदेखि नै बन्द रहेकाले नेपालले सम्झौता अनुसार पानी नपाएको र त्यसका लागि नेपाल सरकारले पहल गर्नुपर्ने आंैल्याएको छ ।

कोशी र गण्डक योजनाको कृषि क्षेत्र ४० हजार एकड जमिनमा रहेपनि १५ हजार एकडमा कृषि क्षेत्र विकास गर्न सकिएको छैन ।

त्यसैगरी गण्डक पूर्वी नहरबाट नारायणी सिँचाइ योजनाका लागि ८ सय ५० क्युसेक पानी नेपालले पाउनु पर्ने नेपाल र भारतबीच सम्झौता भएको थियो । तर सिँचाइ व्यवस्थापन डिभिजनबाट महालेखालाई प्राप्त पानीको विवरण अनुसार अधिकांश समय ७ सय  क्युसेकभन्दा कम पानी नेपालले पाएको छ ।

गण्डक पूर्वी नहर योजनाले रौतहट जिल्लामा सिँचाइ सुविधा प्रदान गर्नुपर्ने भएपनि त्यस्तो गर्न नसकेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

महालेखा परीक्षकको कार्यालयले सम्झौता अनुसार पानी प्राप्त गर्ने वातावरण सरकारले मिलाएर सिँचाइ सुविधामा वृद्धि गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x