×

NMB BANK
NIC ASIA

अनुदानको मलमा कालोबजारी : कृषकलाई सधैं अभाव, सरकारी मल गोदाममै थन्कियो

जेठ २८, २०७६

NTC
Premier Steels

काठमाडौं– कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले मलको अभाव भएको बताउँदै आएपनि कालोबजारी भइरहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति विभागले गरेको अनुमगनबाट मलमा कालोबजारी भइरहेको पाइएको हो ।

Muktinath Bank

मकवानपुरमा गरेको विभागको अनुमगनबाट मलमा कालोबजारी भइरहेको पाइएको हो । मकवानपुरको थाहानगरपालिका ३ मा रहेको जनशक्ति सहकारीले कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल लिएर गोदाममा लुकाएको विभागका अनुमगनकर्ताले भेट्टाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनशक्ति सहकारीमा युरिया मल लुकाएको भेटिएको अनुगमनकर्ताले बताए । ‘नमुनाका रूपमा अनुगमन गरेका सहकारीमा मल लुकाएको भेटियो,’ अनुमगन टोलीका संयोजक रमेश प्रसाद रिजालले भने, ‘सहकारी सञ्चालकहरू शुरूमा मल छैन भन्दै थिए, हेर्दै जाँदा लुकाएको भेटियो । जनशक्ति सहकारीमा मात्रै करीब ३० बोरा जति मल भेटियो ।’


Advertisment
Nabil box
Kumari

मल खरीद बिक्री गरेको बिल बीजक सो सहकारीले नदेखाउँदा सहकारी सञ्चालक विमल केसीलाई ५ हजार रुपैयाँ जरिवाना गराइएको र एक हप्ताभित्र बिल/बीजक लिएर विभागका उपस्थित हुन निर्देशन समेत दिइएको रिजालले बताए ।

Vianet communication

मलमा कालोबजारी भइरहेको भन्ने सुनेको आधारमा अचानक केही सहकारीमा अनुमगन गरिएको र अन्यमा पनि मल लुकाइएको भन्ने सुनेकाले अझै अनुमगन गरिने विभागले जानकारी दिएको छ । अनुगमनकर्ताका अनुसार थाहा नगरपालिकाकै रुद्र एग्रो प्रालिले पनि मल लुकाएको पाइएको छ । अब हुने अनुगमनमा मलको परिमाण र गुणस्तर जोख्ने सामग्रीसँगै लिएर जाने विभागको भनाइ छ ।

यसअघि कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले यस वर्ष धान खेतीका लागि ५० हजार मेट्रिक टन मलको अभाव हुने बताएको थियो ।

३० हजार मेट्रिक टन युरिया र २० जार मेट्रिक टन डीएपी मल अपुग रहेको भन्दै कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले ५० हजार मेट्रिक टन मलको अभाव रहेको बताएको छ ।
मलको अभाव टार्नका लागि अर्थ मन्त्रालयसँग बजेटको समेत माग गरिएको र अर्थ मन्त्रालयले बजेट नदिएको आरोप कृषि तथा पशुपञ्छी विकास मन्त्रालय लगाउँदै आएको छ ।

सरकारले मलको अभाव टार्न लागि छिटो आयात गर्नुपर्ने भन्दै भारतबाट सोझै नेपाल सरकारले (जीटुजी) मल खरीद गर्ने प्रक्रिया अप्नाएको थियो । हालसम्म पनि उक्त प्रक्रिया कार्यान्वयन हुन सकेको छैन ।

तत्काललाई जीटुजी मार्फत मल खरीद गर्न सकेमा मलको समस्या हट्ने र दीर्घकालीन रूपमा मलको समस्या हटाउन गोदाम निर्माण गर्न उपयुक्त हुने कृषि तथा पशुपञ्छी विकास मन्त्री चक्रपाणि खनाल बताउँछन् । ‘तत्कालाई मलको समस्या सामाधान गर्ने उपाय जीटुजी मार्फत् खरीद गर्नु नै हो । जिटुजी मल खरीद गर्न एक चरणमा सम्झौता पनि भएको थियो,’ मन्त्री खनालले भने, ‘पछिल्लो समय भारतमा चुनाव लगायतका कारणले जिटुजी मल खरीद गर्ने कार्यमा केही ढिलाइ हुन गयो ।’

नेपाल सरकारले मल खरीद गर्ने जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि कम्पनी सामग्री लिमिटेडलाई दिँदै आएको छ । यी दुइटै निकायले बोलपत्र आह्वान गरेर मल खरीद गर्ने गरेका छन् । यस प्रक्रियाबाट मल खरीद गर्दा कम्तीमा ६ महिना समय लाग्ने र त्यसले धानबालीलाई हुने अभाव नटार्ने कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

मन्त्रालयका अनुसार नेपालमा वार्षिक करीब ७ लाख मेट्रिक टन मल आवश्यक पर्छ । त्यसमध्ये साढे तीन लाख मेट्रिक टन विदेशबाट आयात गर्नुपर्ने र बाँकी नेपालमै उत्पादित हुने प्राङ्गारिक मल लगायतबाट पूर्ति गरिँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x