×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीसँग भिडियो संवाद गर्न मुख्यमन्त्री राउतको कार्यकक्षमा स्टुडियो बन्दै

जेठ २९, २०७६

NTC
Premier Steels

जनकपुरधाम- प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको कार्यकक्षमा स्टुडियो निर्माण भइरहेको छ ।

Muktinath Bank

बुधवार राउतको कार्यकक्षमा पुग्दा त्यहाँ स्टुडियो निर्माण भइरहेको दृश्य देखिएको थियो । राउतको कार्यकक्षको बायाँपट्टिको कोठामा स्टुडियो निर्माण कार्य भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोठामा ध्वनि प्रतिरोधात्मक सामग्रीहरू राखिनुका साथै राउण्ड टेबलसहित फर्निचर जडान भइरहेको छ । त्यहाँ ठूलो टेलिभिजन समेत राखिएको छ । स्टुडियो किन निर्माण हुँदै छ त ? मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र प्रसाद यादवले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीज्युसँग प्रत्यक्ष भिडियो सम्मेलन गर्नका लागि स्टुडियो निर्माण भइरहेको हो ।’


Advertisment
Nabil box
Kumari

Vianet communication

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाटै खटिएको ठेकेदारले स्टुडियो निर्माण गर्ने काम गरिरहेकाले के कति लागत लाग्ने, कस्तो डिजाइन हुनेबारे प्रदेश सरकारलाई जानकारी नरहेको उनले बताए ।

सिस्को कम्पनीले स्टुडियो निर्माण गरिरहेको उनले जानकारी दिए । इन्टरनेटमार्फत भिडियो सम्मेलन गर्नका लागि प्रविधि समेत जडान भइरहेको उनले बताए ।

यसअघि गत जेठ १० गते शुक्रवारका दिन प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत संवाद गरिसकेका छन् । ‘त्यस दिन प्रधानमन्त्रीज्युले सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो सम्मेलन गर्नु भएको थियो,’ मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव यादवले भने, ‘करीब आधा घण्टा जति प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भिडियो संवाद भएको थियो ।’

प्रधानमन्त्री ओलीले सात वटै मुख्यमन्त्रीसँग संवाद गरेको भए पनि मुख्यमन्त्रीहरूबीच एकआपसमा भने संवाद भएको थिएन । यादवका अनुसार बजेट भाषण हुनुभन्दा पहिले ओलीले मुख्यमन्त्रीहरूसँग पालैपालो कुराकानी गरेका थिए ।

मुख्यमन्त्री राउतले जनसंख्याको आधारमा बजेट विनियोजन गर्न तथा कर्मचारी छिटोभन्दा छिटो पठाइदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । कर्मचारी नहुँदा विकास निर्माणको काम धेरै पछाडि पर्नुका साथै विकासको रकम समेत खर्च हुन नसक्ने भएकाले यथाशिघ्र कर्मचारी पठाइदिन राउतले ओलीसँग आग्रह गरेका थिए । ‘जवाफमा सात वटै प्रदेशलाई समान ढंगले हेर्ने तथा बिस्तारै सबै समस्या समाधान हुने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो,’ यादवले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x