×

NMB BANK
NIC ASIA

समृद्ध नेपाल बनाउन सबैखालको गरिबीको अन्त्य गर्नुपर्छ : मन्त्री अर्याल

जेठ २९, २०७६

NTC
Premier Steels

काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरिबीको अन्त्य गर्नुपर्ने बताएकी छिन् ।

Muktinath Bank

अखिल नेपाल किसान महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको 'दक्षिण एशिया लैंगिक संवेदनशील मूल्य श्रृंखला' सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परमर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गरीबी निवारणबिना समृद्धि हासिल गर्न नसकिने उनको भनाइ थियो । 'गरीबी निवारण सबै क्षेत्रसँग सम्बन्धित विषय भएको हुनाले सरकार, सहकारी र निजी तथा गैरसरकारी विकास साझेदारहरूसँग समन्वय र एकिकृत प्रयासबाट गरीबी निवारणका चुनौती पार गर्न सकिने कुरामा विश्वस्त छौं', उनले भनिन् ।


Advertisment
Nabil box
Kumari

विश्वभर नै लैंगिक विभेद र असमानता कायम रहेको भन्दै मन्त्री अर्यालले यो समस्या अझ बढी दुर्गमका बस्तीहरूमा विद्यमान रहेको बताइन् । ग्रामिण क्षेत्रका महिलाहरू अहिले पनि राज्यका सेवा सुविधाबाट बञ्चित रहेको भन्दै महिलाहरूको शसक्तिकरण र लैंगिक समानता नै खाद्य कृषी संगठनको समग्र लक्ष्य गरीबी न्यूनिकरण तथा खाद्य सुरक्षाको मर्म हुने मन्त्री अर्यालले बताइन् ।

Vianet communication

नेपालको सन्दर्भमा 'समृद्ध नेपाल, सुखी नेपाली' मूल लक्ष्य लिएर सरकार अगाडि बढिरहेको भन्दै मन्त्री अर्यालले सबै प्रकारका गरीबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताइन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी, आवास, सूचना जस्ता व्यक्तिका आधारभुत आवश्यकताका वस्तु तथा सेवामा गरीबको सहज पहुँच स्थापित गर्न, पिछडिएका व्यक्ति, परिवार, वर्ग, क्षेत्र र समुदायलाई विकासको मूल प्रवाहमा समाहित गराई विकासको प्रतिफल सबैलाई न्यायोचित रूपमा वितरण गरी मुलुकमा आर्थिक असमानता घटाउने प्रयास थालिएको बताइन् ।

भूमिको उत्पादकत्व वृद्धि, उन्नत र आधुनिक कृषी उद्योगको विकास बजारीकरण, खाद्य सम्प्रभुता र ग्रामिण गरीबीको जीवनस्तर उकास्ने कार्यतर्फ सरकार लागिरहेको भन्दै मन्त्री अर्यालले भूमिसुधारको सवाल सामाजिक तथा आर्थिक रुपान्तरणको मुख्य सवाल भएको समेत बताइन् ।

'भूमि सुधार भनेको गरीबलाई जग्गा बाँड्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं जमिन कसरी कृषि उत्पादनमा लगाई अधिकतम लाभ लिने भन्ने पनि हो', मन्त्री अर्यालले भनिन् । सहकारीमा सिधै जनताको पहुँच स्थापित भएको भन्दै उनले नेपालका सहकारी संस्थाहरूमा आबद्ध सदस्य संख्याको ६० प्रतिशत भन्दा बढी महिलाहरूको सहभागिता रहेको उल्लेख गरिन् ।

समाजमा व्याप्त गरीबी र भोकमरी अन्त्य गर्न कृषि सहकारी, साना किसान सहकारी एवम् लैंगिक संवेदनीय मुल्य श्रृंखलाको भूमिका कोशेढुङ्गा सावित हुने अर्यालले विश्वास व्यक्त गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x