×

NMB BANK
NIC ASIA

प्रक्रियामै अल्झियो सार्वजनिक संस्थान गाभ्ने सरकारी घोषणा

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ११ चैत – सरकारले चालू आवको बजेट वक्तव्यमार्फत घोषणा गरेको संस्थान मर्जरको प्रक्रिया लामो समय बितिसक्दा अझै अघि बढ्न सकेको छैन ।

सरकारले चालू आवको बजेट वक्तव्यमा समान प्रकृतिका विभिन्न चार संस्थान गाभ्ने उल्लेख गरेको थियो ।
कार्यप्रगति राम्रो नदेखिएका तथा समान प्रकृतिका पूर्ण सरकारी स्वामित्वका विभिन्न चार कम्पनी गाभेर नयाँ आपूर्ति कम्पनी बनाउने घोषणा चालू आवको बजेट वक्तव्यमा गरिएको थियो ।

नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ लिमिटेड, कृषि सामग्री कम्पनी लिमिटेड र द टिम्बर कर्पोरेसन लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी निर्माण गर्ने उल्लेख गरेको थियो ।

अर्थ मन्त्रालयले संस्थान गाभ्नका लागि प्रक्रिया अघि नबढेको बताएको छ । मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले संस्थान गाभ्ने सम्बन्धमा मन्त्रालयले अध्ययन गरिरहेको बताए । ‘अर्थ मन्त्रालयकै सहसचिव गणेश पाण्डेको संयोजकत्वमा गठित समितिले संस्थान गाभ्नका लागि अध्ययन गरेको छ,’ उनले भने ।

समान प्रकृतिको व्यवसाय गर्ने ती संस्थानको काम प्रभावकारी नभएको ठहरसहित गाभेर एउटै बलियो प्रभावकारी कम्पनी निर्माण गर्ने वक्तव्यमा उल्लेख थियो ।

सरकारले चालू आवमै ती संस्थान गाभ्ने जनाएपनि हालसम्म त्यसको प्रक्रिया सन्तोषजनक रूपमा अघि बढ्न सकेको छैन ।

‘चालू आवमै ती संस्थान गाभ्ने योजना रहेपनि प्रक्रियागत ढिलाइका कारण काम सन्तोषजनक रूपमा अघि बढ्न सकेको छैन,’ प्रवक्ता पुडासैनीले भने । चालू आवमा संस्थान गाभ्न सम्भव नरहेको उनले बताए ।

सरकारले आव २०७०/७१ को बजेट वक्तव्यमा सार्वजनिक संस्थानहरू गाभ्ने रणनीति अवलम्बन गरेको थियो । ‘सार्वजनिक संस्थानहरूलाई करारमा निजी क्षेत्रलाई सञ्चालन गर्न दिने, समान प्रकृतिका संस्थानहरूलाई आपसमा गाभ्ने, शेयर विनिवेश (अरूलाई बिक्री) गर्ने र केहीमा रणनीतिक साझेदार भित्र्याउने नीति अवलम्बन गरिनेछ,’ आव २०७०/७१ को बजेट वक्तव्यमा भनिएको छ ।

हाल मुलुकभर सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका ३७ ओटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । अर्थ मन्त्रालयका अनुसार चालू आवमा ३७ मध्ये २० संस्थान मात्र खुद नाफामा छन् भने बाँकी नोक्सानमा छन् ।
बजेटमा गाभ्ने भनिएकामध्ये नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडको नोक्सान एक अर्बभन्दा बढी छ । मन्त्रालयको सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा–२०७३ अनुसार खाद्य संस्थानको सञ्चित नोक्सान १ अर्ब १० करोड रुपैयाँ र नेशनल ट्रेडिङको सञ्चित नोक्सान १ अर्ब ९ करोड रुपैयाँ छ ।

नोक्सानमा रहेका अधिकांश संस्थान जनशक्ति तथा व्यावसायिक योजनाविना व्यवसायको आधारभूत सिद्धान्तसमेत उल्लङ्घन गरेर सञ्चालित रहेको सरकारकै ठहर छ ।

मुलुकमा बहुदलीय व्यवस्था शुरू भएसँगै निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेपछि सार्वजनिक संस्थानहरूको कार्यदक्षता खस्किँदै गएको थियो । २०५० सालमा निजीकरण ऐन बनाएर सरकारले सरकारी स्वामित्वका संस्थानहरूको निजीकरण, खारेजी र विघटन प्रक्रियालाई संस्थागत रूपमा नै अघि बढाएको हो ।

यस क्रममा सरकारले आव २०७०/७१ सम्म आइपुग्दा ३० ओटा सार्वजनिक संस्थानहरू व्यवसाय तथा सम्पत्ति बिक्री, आंशिक शेयर बिक्री, सम्पत्ति बिक्री तथा भवन र जग्गा भाडा, व्यवस्थापन करार, खारेजी वा विघटनजस्ता प्रक्रियाबाट विनिवेश गरिसकेको छ ।

तर आव २०७१/०७२ मा सार्वजनिक संस्थानहरूको खुद नाफा अघिल्लो आवको तुलनामा साढे ५ गुणा वृद्धि भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ । केही संस्थानहरूको नाफाले समग्र संस्थानहरूको नाफा बढेको देखिएको मन्त्रालयको भनाइ छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x