×

NMB BANK
NIC ASIA

'नेकपाको सरकारले अबको २० वर्ष शासन गर्छ'

भदौ ७, २०७६

NTC
Premier Steels

काठमाडौं-  कम्युनिष्ट पार्टीभित्रको फरक विचार र सिद्धान्तलाई एकीकृत गर्दै नयाँ वैचारिक सिद्धान्त र नेतृत्व स्थापित गर्नु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निकै चुनौतिपूर्ण छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भई गठन भएको नेकपाले एकीकरणको एक वर्षपछि पार्टीका अधिकांश काम टुङ्ग््याएको छ ।

Muktinath Bank

पार्टीका ३२ विभागमध्येको शक्तिशाली मानिएको स्कुल विभाग पार्टीको विचार र सिद्धान्तलाई तल्लोतहका कार्यकर्तासम्म पु¥याउने महत्वपूर्ण जिम्मेवारी छ । विपरीत विचारलाई मिलन गराई नेता कार्यकर्तामाझ नयाँ पार्टीको विचार, सिद्धान्त र नेतृत्वलाई स्थापित गर्नुपर्ने ऐतिहासिक महत्वपूर्ण जिम्मेवारी स्कुल विभागलाई जान्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन एमालेको स्कुल विभागका प्रमुख शङ्कर पोखरेलले पहिलाको विभागको तुलनामा अहिलेको स्कुल विभागलाई एक खालको चुनौतिपूर्ण दायित्व थपिएको बताउनुभयो । स्कुल विभागको जिम्मेवारी नयाँ पार्टी गठन भएर गठन भएको स्कुल विभागका प्रमुख ईश्वर पोखरेललाई जिम्मेवारी हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, “पहिलाको तुलनामा चुनौतिपूर्ण दायित्व थपिएको छ, स्कुल विभागको बाहिर चर्चा परिचर्चा भएजस्तै यसको महत्व र गरिमालाई कुशल व्यवस्थापन गर्नुपर्ने बाध्यता र चुनौती दुवै छ ।”


Advertisment
Nabil box
Kumari

प्रदेश नं–५ का मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले आधारभूत ज्ञानको आधारमा पार्टीको सिद्धान्त र विचारलाईसँगै लैजान नसकिए पार्टी पङ्तिलाई सम्बोधन गर्न कठिन हुने भन्दै विभागलाई प्रभावकारी ढङ्गले नयाँ उपचाइमा पु¥याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

Vianet communication

वामपन्थी आन्दोलनमा पठनसंस्कृति राम्रो रहेपनि पछिल्लो समय पठन संस्कृति सामाजिक सञ्जालमा केन्द्रित भएको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले पार्टी पङ्तिमा नियमित स्कुल आवश्यक भएको र वामपन्थी आन्दोलनलाई पार्टी कार्यकर्तामात्र हैन समाज र जनताले अध्ययन गर्नपाउने वातावरण सिर्जना गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

विभागको जिम्मेवारी ग्रहण गर्दै विभाग प्रमुख ईश्वर पोखरेलले पार्टीका संस्थापक निर्णय, विचार र सिद्धान्तलाई तल्लोतहका पार्टी पङ्ति र कार्यकर्तामाझ पु¥याउने दायित्वलाई कुशलतापूर्व व्यवस्थापन गरिने बताउनुभयो ।

पार्टी एकीकरणको एक वर्षपछि महत्वपूर्ण जिम्मेवारी लगभव पूरा भएको र त्यसैको शृङ्खला स्कुल विभाग भएको उल्लेख गर्दै उहाँले एकीकृत पार्टी नेकपाको आधिकारिक धारणा, निर्णय संस्थागत विचारलाई तल्लोतहमा लैजान कस्तो ‘स्कुलिङ’ विकास गर्नेभन्नेबारे छिट्टै निर्णय लिइने स्पष्ट पार्नुभयो ।

कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उहाँले पार्टीको विचार र सिद्धान्तलाई आगामी दिनमा थप व्यवस्थित ढङ्गले अघि बढाउदैँ सङ्गठनलाई सुदृढ बनाएर नेतृत्व विकास गर्न स्कुल विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

“कम्युनिष्ट पार्टीको आधारभूत सिद्धान्त र मान्यतामा उभिएर विचार र सिद्धान्त व्यवस्थापन हुन्छ, पार्टीले जुन उचाई प्राप्त गरेको छ, चुनौती पनि त्यत्तिकै छ त्यसको सामाथ्र्यभित्र विचार निर्माण गर्दौ सोही बमोजिम नेतृत्व निर्माण नयाँ ढङ्गले अघि बढाउछौँ”, उहाँले भन्नुभयो । बढीमा ३५ जना रहने स्कुल विभागलाई छिट्टै पूर्णता दिएर काम प्रभावकारी रुपमा अघि बढाइने उहाँको भनाई छ ।

नेकपाको गत साउन ३१ गते भएको बैठकले पार्टीको स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेल र उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुषाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो । नेकपाको सचिवालय बैठकको गरेको निर्णयको औपचारिक कार्यान्वयन गर्ने स्कुल विभाग पहिलो भएको बताउँदै प्रमुख पोखरेलले बाँकी काम चाडैँ टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभयो ।

लामो रस्साकस्सीकाबीच नेकपाले स्कुल विभाग प्रमुखमा पोखरेललाई जिम्मेवारी दिएको थियो । स्कुल विभागकै दाबेदार नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग जिम्मेवारी दिइएको छ । पार्टीको मुख्य सैद्धान्तिक प्रशिक्षण गर्ने निकायको जिम्मेवारी स्कुल विभागको काम निकै चुनौतीपूर्ण पनि हो ।

नेकपाले अबको २० वर्ष शासन गर्छ 

स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले पार्टीले दिएको जिम्मेवारीलाई ऐतिहासिक आवश्यकताका रुपमा कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।

जनताले विश्वास गरेर नेकपालाई दिएको झण्डै तुईतिहाईको जिम्मेवारीलाई मुलुकमा प्राप्त उपलब्धिको संस्थागत गर्दै आर्थिक समृद्धिको दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेता पौडेलले इतिहासको आवश्यकताको जगमा दुई पार्टी एकीकरण भई बनेको नेकपाको सरकारले अबको २० वर्ष शासन गर्ने ठोकुवा गर्नुभयो ।

तत्कालीन एमालेको आठौँ महाधिवेशनबाट स्कुल विभागको प्रमुख भइसकेका भुषालले ढिलोगरी भए पनि पार्टीले राम्रो निर्णय लिएको र जिम्मेवारीलाई सफलतापूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच स्कुल विभागका प्रमुख पोखरेलले आजै ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आफ्नो पदभार ग्रहण गर्नुभयो ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x