टीकापुर घटना भएको स्थानमै थरुहट/थारुवान राष्ट्रिय सम्मेलन, तस्बिरमा हेर्नुहोस्

टीकापुर । टीकापुर घटनाको ४ वर्ष पुगेको दिन (भदौ ७ गते)  पारेर थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले टीकापुरमै थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सुुरु गरेको छ । सम्मेलनमा देशभरका थारु, जनजाति अगुवा, पहिचान पक्षधर नेताहरुको बाक्लो उपस्थिति छ ।
३ दिनसम्म चल्ने कार्यक्रममा थरुहट/थारुवान आन्दोलनको आगामी कार्यदिशा, संविधान संशोधनको लागि दवाव सिर्जनावारे रणनीति र टीकापुर राजबन्दीवारे बृहत छलफल हुने बताइएको छ ।

सम्मेलनको दोस्रो दिन भदौ ८ गते बन्दसत्र चल्ने छ  भने तेस्रो तथा अन्तिम दिन भदौ ९ गते टीकापुर घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।


Advertisement

भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालक टेकबहादुुर साउदको ज्यान गएको थियो ।

 त्यसको भोलिपल्ट कफ्र्यु जारीको भएकै अवस्थामा भदौ ८ गते थारु समुदायको घर, पसल, एफएम गरी ८८ वटा भौतिक संरचनामा आगजनी भएको थियो ।


Advertisement

 

 

कमेन्ट गर्नुहोस्