×

काठमाडौं – सोमवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ४ जना केन्द्रीय सदस्य थप गर्‍यो । चारै जना पूर्व माओवादी पृष्ठभूमिका नेताहरू थिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेको बैठकले चारै जना पूर्व माओवादी पृष्ठभूमिका नेताहरूलाई केन्द्रीय सदस्यमा ल्याउने निर्णय गर्नुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।


Advertisment

केन्द्रीय सदस्य हुनेमा पदम राई र किरण राई विप्लव समूहबाट नेकपा प्रवेश गरेका हुन् भने कल्पना धमला र देवेन्द्र पराजुली नयाँशक्तिबाट नेकपामा प्रवेश गरेका हुन् ।


Advertisment

विधानले पार्टी एकता र एकीकरण प्रक्रियालाई अघि बढाउनका लागि केन्द्रीय कमिटी सदस्यहरू थप्ने जिम्मा केन्द्रीय कमिटीलाई नै दिएको छ ।

विधानको धारा ३९ को उपधारा (ग) मा केन्द्रीय कमिटीले एकता र एकीकरण प्रक्रियालाई अघि बढाउन कूल सदस्य संख्याको १० प्रतिशत नबढाइ सदस्यहरू मनोनयन गर्न सक्ने प्रावधान उल्लेख गरिएको छ ।

विधानको यो प्रावधानलाई सचिवालयले उल्लंघन गरेको देखिन्छ । सचिवालय बैठकले गरेको निर्णयको ८ नम्बर बुँदामा भनिएको छ, ‘बैठकले पार्टी विधानको धारा २९ (ग) अनुसार विभिन्न समूहहरूबाट पार्टी प्रवेश गर्नुभएका कमरेडहरू देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।’

विधानले यस्तो अधिकार केन्द्रीय कमिटीलाई दिएको देखिन्छ तर सचिवालय बैठकले आफैं निर्णय गरिदियो । प्रस्तावका रूपमा लगेर केन्द्रीय कमिटीबाट निर्णय गराउने भनेको भए कुरा मिल्थ्यो ।

स्थायी कमिटी सदस्य रघुजी पन्तले नेताहरू बैठक बोलाउनै तयार नहुने तर आफूखुशी निर्णय गर्दै जाने परिपाटी राम्रो नभएको टिप्पणी गर्छन् ।

सोमवार मात्रै केन्द्रीय सदस्य भएका नेता पराजुलीले यो प्रस्ताव सचिवालय बैठकमा पहिल्यै पेश भएको दाबी गर्छन् ।

लोकान्तरसँग कुरा गर्दै पराजुलीले भने, ‘प्रचण्ड कमरेडले हामीलाई केन्द्रीय सदस्यमा ल्याउनुभएको होइन । यो प्रस्ताव गत बिहीवारकै बैठकमा पेश भएको थियो । त्यतिबेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताबीच विवाद भएपछि उक्त प्रस्तावमाथि छलफल हुन सकेन । सोमवारको बैठकमा छलफल भएर पारित भएको विषय हो ।’

विधानविपरीत सचिवालयले बैठकले ४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेकोमा पराजुलीले कुनै टिप्पणी गर्न चाहेनन् ।

अनुशासनका कुरा

सोमवारकै बैठकले पार्टीका सबै सबै तहका नेता, कार्यकर्ता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन र ‘अन्तरपार्टी जनवाद’को भरपुर उपभोग गर्न निर्देशित गर्‍यो । 

पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारवाहीको प्रक्रिया अघि बढाइने पनि निर्णय गरिएको महासचिव विष्णु पौडेलले बताए ।

एकीकरण प्रक्रिया पूरा नहुँदै नेकपाका कतिपय नेता कार्यकर्ताहरूले सार्वजनिक रूपमा आफ्ना नेताका बारेमा कडा टिप्पणी गरेका थिए ।

यीमध्ये एक सूर्य थापा थिए, जसले अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि निशाना लगाएका थिए । यसबाट पार्टी एकता प्रक्रियामै खलल पुगेको भन्दै थापाको आलोचना भएको थियो । थापाको फेसबूक टाइमलाइनमा प्रचण्डमाथिका प्रहारहरू अझ पनि देख्न सकिन्छ ।

नेकपाका सांसद राजेन्द्र गौतमका बारेमा त सचिवालय बैठकमै कुरा उठेको थियो । आफूलाई लान्छना लगाउँदै गौतमले सामाजिक सञ्जाल फेसबूकमा लेखेको स्ट्याटसप्रति आपत्ति जनाउँदै नेता नेपालले उनलाई कारवाही गर्नुपर्ने भन्दै कड्किए ।

पार्टीको नीतिविपरीत बोलेको भन्दै मेटमणि चौधरी, जनार्दन शर्मा लगायत अन्य नेताहरूलाई समेत कारवाही गर्नुपर्ने माग बेलाबेलामा उठिरहेको छ ।

जसको हातमा लाठी, उसको भैंसी !

पार्टीको अनुशासन नमानेको आरोप लागेका एक नेता भन्छन्, ‘हिजोको निर्णय जसको लाठी उसको भैंसी भनेजस्तै हो । नेताहरूले के–के निर्णय गर्छन् यसबारेमा के टिप्पणी गर्नु ?’

आफूहरूलाई बोल्न फोरम नदिने, बैठक नबोलाउने र सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरूलाई आधार बनाएर अनुशासनको कारवाही हुन नसक्ने उनले दाबी गरे । 

‘उनीहरूले आफूखुशी निर्णय गर्ने, हाम्रो अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने अधिकार नेताहरूलाई कसले दियो,’ उनी प्रतिप्रश्न गर्छन्, ‘केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्‍यो । स्थायी कमिटीको बैठक बोलाउने भनेको कहिले हो ?’

नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले नेता तथा कार्यकर्तालाई अनुशासनको डण्डा देखाएर पूर्ण अनुशासन पालना नहुने टिप्पणी गर्छन् ।

‘वास्तवमा नेता कार्यकर्ताले पालना गर्ने अनुशासन डण्डा देखाउँदैमा पालना गर्ने होइन,’ पन्तले भने, ‘वामपन्थी कार्यकर्ताले पालना गर्नुपर्ने अनुशासन भनेको स्वअनुशासन हो ।’ 
पन्तले यस्ता धेरै काण्ड पहिलाको एमाले र माओवादीमा पनि भएको स्मरण गरे । ‘नेता कार्यकर्ताको मुख थुन्ने होइन कि उनीहरूलाई जिम्मेवार ढंगले आफ्नो कुरा राख्न दिने अवसर पनि दिनुपर्छ,’ उनले भने, ‘बैठक बोलाएर नेता कार्यकर्तालाई औपचारिक रूपमा आफ्नो धारणा राख्ने अवसर दिनुपर्‍यो ।’

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x