असोज ३०, २०८०
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
काठमाडौं- फरक कथामा बनाइएको फिल्म हो- मारुनी । सामान्यतया: मारुनी एउटा नाच हो । जहाँ पुरुष महिला बनेर नाच्छन् । बिहेको रत्यौलीदेखि सामान्य कार्यक्रमहरूमा दर्शकलाई मनोरञ्जन दिन 'मारुनी नाच' देखाइन्छ । तर फिल्मले 'मारुनी'को कथा भन्न कञ्जुस्याइँ गरेको देखिन्छ । मात्रै मारुनीको प्रतिबिम्ब पस्केको छ । फिल्म हेर्दैजाँदा मारुनी नै बिर्सन सक्छन् दर्शकले ।
नवल नेपाल निर्देशित फिल्म मारुनीमार्फत 'तेस्रो लिंगी'को कथा भनिएको छ । नयाँ कथा नै फिल्मको सुन्दर पक्ष हो । तेस्रो लिंगीलाई हेर्ने आमबुझाइभन्दा केही माथि उठेका छन् निर्देशक । ट्रान्सजेन्डर पात्रलाई फिल्मले मजाकको रूपमा लिएको छैन । यसमा निर्देशक सजक भएको देखिन्छ । तर तेस्रो लिंगीको संवेदना र भावभंगीलाई कमजोर ढंगले पस्किएको भान हुन्छ । फिल्ममा तेस्रोलिंगीको सोचाइ, भावना र व्यवहारलाई गहिराईसम्म पुगेर प्रस्तुत गरेका छैनन् निर्देशकले ।
कस्तो छ कथा ?
फिल्मको कथा दुई युवकबीचको मित्रताबाट शुरू हुन्छ । यश (पुष्प खड्का) र राज (आयुष प्रधान) बच्चैदेखिको साथी हुन्छन् । राज यशका लागि जे पनि गर्न तयार हुन्छन् । धनाढ्य परिवारका राज बाबुले किनिदिएको बाइक पनि यशलाई दिन तयार हुन्छन् । उनी यशलाई हरेक कुरामा सहयोग गर्छन् । यश र राजको बीचमा मधु (रेबिका गुरुङ)को इन्ट्री हुन्छ ।
मधुले यशलाई मन पराउँछिन् तर यो कुरा राजलाई मन परिरहेको हुँदैन । उनी चाहन्छन् कि आफूहरूबीचको मित्रतामा एउटा केटीको कारण फाटो नआओस् । भलै त्यो मित्रताको उद्देश्य अर्कै छ । घटनाले फरक मोड लिन्छ अब मधुको बर्थडे पार्टी आयोजना हुन्छ । मधुलाई राजले दिएको ब्रासलेट गिफ्ट दिएपछि उनीहरूबीच लफडा हुन्छ । त्यसपछि राज एकाएक हराउँछन् । राजले यश पाउनकै लागि लिंग परिवर्तनसम्म गर्छन् ।
लिंग परिवर्तनपछि 'सुमन'को यशसँगको सम्बन्ध कस्तो रहन्छ ? के उनले यशलाई पाउँछन् या गुमाउँछन् ? यसका लागि तपाईंले फिल्म हेर्नुपर्ने हुन्छ ।
कमजोर पक्ष
फिल्मको फर्स्ट हाफ झुर छ । मित्रता देखाउनका लागि गरिएका केही प्रयत्नहरू बनावटी लाग्छन् । फर्स्ट हाफका केही दृश्यहरूले दर्शकलाई पट्यार लाग्न सक्छ ।
केही दृश्यहरु फिल्म लम्ब्याउन मात्रै प्रयोग गरिएको भान हुन्छ । यशको अफिसमा रहेकी रिसेप्सनिष्टको पात्र अनावश्यक लाग्छ । उनको हर्कतले दर्शकलाई बोरिङ गराउँछ ।
अर्को, रेष्टुरेन्टमा देखाइएको फाइटको दृश्य पनि बनावटी देखिन्छन् । मदिराले लठ्ठिएका यशले हानेका 'शट'हरू असान्दर्भिक लाग्छन् । यो दृश्यले फिल्मको कथालाई कुनै योगदान गर्दैन ।
फिल्मको ठाउँ-ठाउँमा राखिएको ब्याकग्राउण्ड साउण्डले दिक्कै लगाउँछ । उक्त ध्वनीले दर्शकलाई लामोसमयसम्म हलमा खिचिरहन मद्दत गर्दैन । तर 'ट्रान्सजेन्डर' पात्रमाथि गरिएको खेलाँची नै फिल्मको मुख्य कमजोरी हो ।
राम्रो पक्ष
फिल्मको वास्तविक कथा भने दोस्रो हाफको मध्यतिरबाट हुन्छ । सुमनको अस्पताल भर्ना र त्यसपछि आएका ट्विस्टहरूले फिल्मलाई केही राहत दिलाएको अनुभूत हुन्छ । अब के होला ? भन्ने कौतुहलता भने अन्त्यमा मात्र देख्न सकिन्छ ।
निर्देशकले फिल्मको इन्डिङतिर गरेको मेहनत फर्स्ट हाफतिर गरेको भए फिल्म अझै उत्कृष्ट बन्थ्यो । फिल्मको अन्त्य साँच्चै 'वाह' भन्ने खालको छ । छायांकनमा कुनै खोट लगाउने ठाउँ छैन ।
पुष्प खड्काको अभिनय औसत छ । अन्य फिल्ममा गरिएका अभिनयकै स्तर छ यसमा पनि । तर साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयमा सुधार देखिएको छ । उनको अभिनय माझिँदै गएको देखिन्छ । नयाँ अनुहार आयुष प्रधान र रेबिका गुरुङले चरित्रलाई न्याय गरेका छन् ।
मारुनीमार्फत दर्शकले नयाँ कथा चाख्न सक्छन् । निर्देशकले आफ्नो कथा निर्धक्कसँग भनेका छन् । फिल्ममा कमीकमजोरीहरू भएपनि 'ट्रान्सजेन्डर'को कथालाई मूर्त रूप लिन गरिएको हिम्मतलाई सकारात्मक लिनुपर्छ । यदि तपाईंलाई नयाँ कथा चाख लाग्छ भने मारुनी हेर्दा हुन्छ ।
फिल्म : मारुनी
निर्देशक : नवल नेपाल
निर्मात्री : पुनम गौतम
कलाकारहरू : पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, आयुष प्रधान, रेबिका गुरुङ आदि ।
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...
नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...