×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोकका भूकम्पपीडितः ‘घर बनाउने त छोराछोरीले कमाएर होला नि !’

कात्तिक २०, २०७४

NTC
Premier Steels

सिम्पानी (सिन्धुपाल्चोक), २३ चैत्र– काठमाडौंबाट सिन्धुपाल्चोक टाढाको जिल्ला होइन, लगभग तीन घण्टाको यात्रा । पहाडको काखमा छ सदरमुकाम चौतारा । भूकम्पको सबभन्दा बढी मार खेपेको सदरमुकाममा केही पक्की र बलिया घर पनि देखिन्छन् । केही नयाँ घर पनि छन् । केही निर्माणाधीन घर पनि छन् । घर बनाउने चटारो छ पूरै जिल्लाभरी ।

आशा गुमाएका सिन्धुपाल्चोकबासीले सरकारी राहतको आशा गरेका छन् । हाम्रो जिल्ला नजिकै देशको राजधानी छ भन्ने पनि उनीहरुलाई थाहा छ । कृषिमा निर्भर रहेका गाउँका धेरैजसो जनताका लागि भूकम्प प्रतिरोधात्मक क्षमताको एउटा घर उभ्याउनु सपनामा मात्र सीमित भएको छ ।

भूकम्पले नियमित पानीका मुहान सुकेका छन् । खानेपानीको समेत अभाव भएका कतिपय गाउँमा सिचाइँ गरेर खेती उब्जाउन असहज छ ।

सिन्धुपाल्चोक सदरमुकाम चौतारा नजिकै एउटा गाउँ छ । पिपलडाँडा । तातो हावाले बेग हान्न सुरु गरिसकेको छ । गाउँको बीचमा वल्र्ड भिजनले सिन्धुपाल्चोककै संस्था जनहीत ग्रामीण सेवा समितिसँगको साझेदारीमा लगभग ९४ लाखको हेल्थ पोष्ट निर्माण गरेर हस्तान्तरण गरेको छ । न्यूनतम सुविधासहित गाउँमा बनेको उक्त स्वास्थ्य चौकीले गाउँका २ सय भन्दा बढी घरधुरीलाई सहयोग पुग्ने गरी सेवा दिइरहेको स्वास्थ्य चौकीकी इन्चार्ज सरला राई बताउँछिन् । ‘हामीले एकदमै सानो ठाउँमा रहेर काम गर्नुपर्ने स्थिति थियो । अहिले भने काम गर्न धेरै सहज भएको छ ।’ स्वास्थ्य चौकीले गाउँमा प्रसुती सेवाको पनि सुविधा दिने योजना समेत रहेको बताउँदै राई थप्छिन्, ‘हामीसँग अहिले चाहिने सामग्री र छुट्टै कोठाको पनि सुविधा छ, यसका लागि हामीले प्रयास गरिरहेका छौं ।’
पिपलडाँडाबाट सदरमुकाम चौतारा केही टाढा पर्ने भएकाले पनि आकस्मिक सेवाका लागि सुविधा लागु गर्न जरुरी भएको राई बताउँछिन् ।

सिन्धुपाल्चोकमा सरकारी राहत भनेको ‘आशा’ को पर्याय मात्र बनेको छ । भूकम्पले थिलोथिलो भएका धेरै जसो गाउँमा विभिन्न दातृ निकायको सहयोग पुगेको छ । खासगरी स्वास्थ्य संस्था र विभिन्न निकायको सहयोगले नै जनतालाई केही राहत मिलेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जिल्लाका धेरैजसो स्वास्थ्य संस्थाहरु विभिन्न संघ संस्थाको सहयोगले गर्दा नै छिटो सम्भव भएको बताउँछन् । ‘सरकारी प्रक्रिया केही ढिला हुने तर हामीलाई सकेसम्म छिटो सहयोगको खाँचो थियो, यस्तो अवस्थामा विभिन्न संघसंस्थाले स्वास्थ्य संस्थामा लगानी गर्नुभयो ।’ मिश्र थप्छन्, ‘यदि दातृ निकायले सहयोग नगरेको भए अझै पनि हामीले टेन्टबाट स्वास्थ्य सुविधा दिनुपर्ने स्थिति आउँथ्यो ।’

जिल्लामा भएका ८० स्वास्थ्य संस्थामध्ये भूकम्पले प्रभावित नपारेका बाहेक अरु सबै स्वास्थ्य संस्थाहरु पुनर्निमाण गर्नुपर्ने अवस्थामा भएको र तीमध्ये जम्मा पाँच वटा सरकारी लगानीमा स्थायी बन्न लागेको मिश्र बताउँछन् ।

अढाई किलोमिटर टाढाबाट पानी व्यवस्थापन गरेर २७ हजार लिटर पानी जम्मा गर्ने गरी बनाइएको ट्यांकीले सिम्पानीको पूरै गाउँलाई पानीको गर्जो टरेको छ । बालमैत्री धारासहितको यो पानीले घण्टौं टाढा पुगेर पानी बोक्नुपर्ने स्थिति टरेको छ ।

तर, यो लगानी सरकारको होइन । स्थानीयवासीलाई सरकारले पानीको व्यवस्थापन गरिदिन्थ्यो भन्ने पनि लाग्दैन । वल्र्ड भिजनको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समितिकै साझेदारीमा पानीको व्यवस्थापन भएको भन्दै गाउँलेले खुशी पनि व्यक्त गर्छन् ।

‘सरकारले हामीलाई पानीका लागि बजेट दिन्थ्यो भन्ने किमार्थ लाग्दैन, बरु वास र वल्र्ड भिजनले हामीलाई सहयोग गरेर पानीको सुविधा भएको छ ।’ सिम्पानी गाउँका अगुवा सम्भु सुवेदीले लोकान्तरसँग भने, ‘भूकम्पले अठ्याएको बेलामा पानीको भएपनि सुविधा भएको छ, भर्खरै सुचारु भएको यो पानीको प्रयोग गरेर हामीले अब आफूलाई पुग्ने तरकारी फलाउन सक्छौं ।’

सरकारी निकाय मौन छ । उसलाई काठमाडौंको धुलो र ट्राफिक जामले न्याकेको छ । तर भूकम्प प्रभावित सबैजसो गाउँ अझै बामे सर्न पनि सकेका छैनन् । प्रभावित गाउँमा विभिन्न संस्थाले बनाइदिएका सार्वजनिक सरोकारका विषयमा सरकारको साझेदारी भने प्रष्ट देखिन्छ ।

विभिन्न संस्थाले निर्माण गरेका घर र सरकारले दिने राहतको आशामा गाउँलेले आफ्नो दैनिकी कटाएका छन् । स्थानीय भन्छन्, ‘घर बनाउने त छोराछोरीले कमाएर त होला नि । अहिले त छोराछोरी हुर्काउनु कि, घर बनाउनु?’

भूकम्प गएको दुइ बर्ष बितिसक्दा समेत पुननिर्माणका लागि सरकारी अनुदान नपुगेका कारण उनीहरुले यसपटकको बर्खा अगाडि नै घर बनाउने सपना त्यागेको बताउछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x