×

NIC ASIA

आइएनजिओलाई कस्न नयाँ व्यवस्था: राष्ट्रियतामा खलल पार्ने गतिविधि गरे सिधै खारेज

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel

काठमाडौं, २१ चैत– नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूले स्वीकृति बेगर जथाभावी गतिविधि गर्न थालेपछि त्यसलाई नियन्त्रण र नियमन गर्न सरकारले नयाँ व्यवस्था गर्न लागेको छ । समाजकल्याण ऐन –२०४९ लाई प्रतिस्थापन गर्न महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले तयार गरेको ऐनको मस्यौदाले नेपालमा सञ्चालनमा रहेका तथा नयाँ अन्तर्राष्ट्रिय गैससको गतिविधिलाई नियन्त्रण र नियमन गर्ने तुलनात्मक कडा व्यवस्था ल्याउन लागेको हो ।

राष्ट्रियता विरोधी गतिविधिमा नियन्त्रण

मन्त्रालयले तयार गरेको उक्त मस्यौदाले राष्ट्रियताको सवालमा अन्तर्राष्ट्रिय गैससलाई नियमन गर्ने नयाँ व्यवस्था ल्याएको छ । जसअनुसार नेपालमा कार्यरत् अन्तर्राष्ट्रिय गैससले नेपालको सार्वभौमसत्ता, अखण्डता, परराष्ट्र तथा सुरक्षा नीति प्रतिकुल हुने गतिविधि गर्न पाउनेछैनन् । नेपालमा रहेका विभिन्न जातजाति धर्म वा सम्प्रदायबीचको सम्बन्धमा खलल पार्ने हिंसात्मक कार्य गर्न प्रोत्साहित गर्ने तथा सार्वजनिक नैतिकताको प्रतिकुल हुने कार्य गरे सोप्रति नियमन गरिने मस्यौदामा व्यवस्था गरिएको छ ।

पछिल्ला बर्षहरुमा अन्तर्राष्ट्रिय गैससले जातीय नारा र नेपालमा धर्मप्रचारका गतिविधि समेत सञ्चालन गरेको भन्दै विरोध भएको थियो । केही दातृ आइएनजिओले भूकम्प पछिको राहात वितरणमा चामलका बोरासँगै बाइवलका किताव बाढेका समाचार प्रकाशमा आएको थियो ।

यसैगरी ऐनबमोजिम परिषद्समक्ष पेस गर्नुपर्ने वार्षिक प्रगति प्रतिवेदन तथा लेखापरिक्षण प्रतिवेदन पेस नगरेमा, कार्यअनुमति, साधारण सम्झौता एवम् परियोजना सम्झौतामा तोकिएको सर्त एवम् प्रावधान विपरित हुने गरी कार्य गरेमा ऐन अन्तर्गतको नियम तथा निर्देशिकाबमोजिम कार्य नगरेमा यसमा नियन्त्रण गरिने व्यवस्था उक्त मस्यौदामा गरिएको छ ।

सञ्चालित कार्यक्रम बन्द गर्न नपाइने

त्यस्तै, उक्त मस्यौदाले सञ्चालित र स्वीकृत कार्यक्रम बिना कारण बन्द गर्न नपाईने व्यवस्था गरेको छ । निर्धारित परियोजना सम्झौता गरेको मितिले एक वर्षभन्दा बढी समय निश्क्रिय हुन नपाउने व्यवस्था पनि मस्यौदामा उल्लेख छ । ‘संचालित कार्यक्रम बिना कारण बन्द गरेमा वा कार्यअनुमति पाएको वा परियोजना सम्झौता गरेको मितिले एक वर्षभन्दा बढी अवधिदेखि निश्क्रिय रहेमा उपदफा १ बमोजिम कार्यअनुमति खारेज भएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको परियोजना सम्झौता स्वतः खारेज भएको मानिनेछ,’ उक्त मस्यौदामा भनिएको छ ।

परिषद्सँग स्वीकृती लिने र पूर्वनिर्धारित कार्यक्रम पूरा नगरी अलपत्र बनाएर जाने गैससको अभ्यासलाई कस्न यस्तो व्यवस्था गरिएको मन्त्रालयकी कानून उपसचिव पूर्णिमा कोईरालाले बताईन् । मन्त्रालयका अनुसार स्वीकृत कार्यक्रमअनुसार काम गर्न प्रतिवद्व बनाउने मस्यौदाको यो व्यवस्थाप्रति अन्तर्राष्ट्रिय गैससले विरोध जनाएका छन् । हालको ऐनमा उक्त व्यवस्था नरहेको मन्त्रालय बताउँछ ।

नियमित नवीकरण अनिवार्य

हाल एकपटक आवद्वता स्वीकृत भए पुग्ने व्यवस्थालाई परिवर्तन गरेर तोकिएको समयावधिमा आवद्धता नवीकरण गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा गरिएको छ ।

समाजकल्याण परिषद्मा आवद्व गैरसरकारी संस्थाले साविकको आवद्वता कायम राख्नका लागि आवद्वताको अवधि सकिने एक महिनाभित्र निर्दिष्ट ढाँचामा तोकिएको दस्तुरसहित निवेदन दिई प्रक्रिया पु¥याएर नवीकरण गर्नुपर्ने व्यवस्था थप गरिएको हो ।

परिषद्को कोषमा रकम जम्मा गर्नुपर्ने

उक्त मस्यौदामा परिषद्ले समाज कल्याण तथा विकासको प्रयोजनका लागि आवश्यकता अनुसार खास कोष स्थापना गर्न सक्ने छ ।

‘अन्तर्राष्ट्रिय गैससले आफ्नो परियोजना सम्झौता गर्दा तोकिएकोबमोजिम रकम कोषमा जम्मा गर्नुपर्छ । कोषको सञ्चालन परिषद्ले स्वीकृत गरेको मापदण्ड र कार्यविधिबमोजिम हुनेछ,’ मस्यौदामा उल्लेख छ ।
मन्त्रालयकी उपसचिव कोईरालाका अनुसार करीव एक वर्षअघि उक्त मस्यौदा तयार गरिएको थियो । उक्त मस्यौदामाथि थप रायका लागि अर्थ मन्त्रालयमा पठाइएको उनले बताईन् ।

समाज कल्याण परिषद्का अनुसार हालसम्म नेपालमा २ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी निकाय कार्यरत् छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x