×

NMB BANK
NIC ASIA

भेरी करिडोरमा १५ पुल निर्माण हुँदै

कात्तिक २०, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

जाजरकोट –भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन् । सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए। 

Muktinath Bank

मन्त्री बस्नेतले भने, 'हामी डिजाइन लागतको अनुमान दुई महिनाभित्र पूरा गरेर सबै पुल निर्माणको चरणमा पुगेका छौँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह जिल्ला आउनुभएका मन्त्री बस्नेतले जाजरकोट खण्डभित्र रहेका आठ पुल र डोल्पा खण्डका सात पुल निर्माणकार्य यसै आर्थिक वर्षबाट शुरू हुने बताए। सार्वजनिक खरीद ऐन संशोधन भएका कारण अघिल्लो वर्ष नलगाड नदी र झर्मेखोलामा भएको बोलपत्र आह्वानका साथै रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम रद्द भएकाले यो वर्ष सबै काम हुने उनले बताए।
 
जाजरकोट खण्डको झुर्मेखोला, नलगाड नदी, खोलेखेत, साप्नेखेत, खमाउरीखोला, त्रात्रगाड, तासुँगाड र तल्लुस्थित भेरी नदीमा पुल निर्माण हुनेछन् । त्यस्तै डोल्पा खण्डमा रिजिगारखोला, उसुमखोला, करवगाडखोला, भेरी नदी खदाङ, खदाङखोला, छलगाडखोला र त्रिपुरासुन्दरी भेरी नदीमा पुल निर्माणका लागि सड़क विभाग पुल महाशाखाले पहल थालेको हो ।


Advertisment
Nabil box
Kumari

विकास निर्माणमा ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीले नै समस्यामा पारेको उनको भनाइ छ । मूल ठेकेदारले कामको जिम्मेवारी लिएपछि कामको जिम्मा साना निर्माण व्यवसायीलाई दिने अनि साना ठेकेदारबाट काम नहुने मात्र होइन, वर्षौंसम्म झुलाइदिने कार्यले समस्या आएको उनको भनाइ छ । विकास निर्माणका काममा अवरोध नगर्न उनले आग्रह गरे।
 
दुनैसम्म सडकको ट्र्याक खोल्ने काम पूरा भएकाले दुनैबाट मरिम्ला सडकखण्डको निर्माणका लागि पनि यसै वर्षदेखि काम गर्न छलफल शुरू भएको पूर्वमन्त्री एवं सांसद सत्य पहाडीले बताए। भेरी करिडोरमा पुल निर्माणसँगै यो वर्ष बोलपत्र आह्वान कालेगाउँदेखि रिम्ना हुँदै तल्लुसम्म हुने भएकाले बहुवर्षीय ठेक्कामार्फत सडक निर्माणको काम हुने उनको भनाइ छ ।

Vianet communication

यसै आर्थिक वर्षदेखि नै त्रिवेणीदेखि इलसम्मको सडक निर्माणका लागि डिपिआर निर्माणको काम पूरा भएकाले सडक निर्माणकार्य शुरू हुने पहाडीले बताए।

प्रदेश सरकार र सङ्घीय सरकारमार्फत संयुक्तरूपमा बजेट विनियोजन भएकाले यहाँ काम हुन लागेको हो । जगदुल्ला हाइड्रोपावर निर्माणका लागि पनि सडक छिटो निर्माण गर्नु अपरिहार्य भएको छ । अहिले जगदुल्ला हाइड्रोपावरको मुआब्जा वितरणको काम शुरू भएको छ । सडकको स्तरोन्नतिको काम नै पहिलो विकासको आधार भएकाले त्यसतर्फ केन्द्रित हुनुपरेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x