लिपुलेक र कालापानी नेपालको हो भन्दै देउवाले फोन गरे भारतीय राजदूत पुरीलाई

काठमाडौँ – भारतले केही दिनअघि सार्वजनिक गरेको नक्सामा नेपाली भूभाग समेटिनु अस्वीकार्य रहेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ l

बिहीवार साँझ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै नेपाला भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण आफ्ना लागि अस्वीकार्य रहेको बताएका हुन् l


Advertisement

शर्माले विज्ञप्तिमार्फत सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतका राजदूत मंजिवसिंह पुरीसँग फोनवार्ता गरेको पनि खुलासा गरे l ‘नक्साप्रति ध्यानाकर्षण गराउँदै सभापति देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनु भएको छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ l

विज्ञप्तिमा यस्तो महत्त्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनैतिक माध्यमद्वारा हाल खोज्न सरकार समर्थ हुनुपर्ने कांग्रेसको दृष्टिकोण रहेको बताइएको छ l

कमेन्ट गर्नुहोस्