विधवा आमाका लागि पति खोज्दै गौरव –'एक्ली आमालाई साथी चाहियो'

काठमाडौँ - भारतको पश्चिम बंगालको हुगली जिल्लाका गौरव अधिकारी नामका एक युवाले आफ्नो ५० वर्षकी विधवा आमाको लागि योग्य पति खोजेका छन् ।

गौरवको बुवाको निधन ५ वर्ष अघि नै भएको थियो । त्यसपछि उनको ४५ वर्षीय आमा घरमा एक्लै बस्ने गरेकी थिइन् । गौरवले आफ्नो आमाको लागि सामाजिक संजाल फेसबुकमार्फत श्रीमान् खोजेका हुन् ।


Advertisement

‘मेरो बुवा कुल्टीमा नोकरी गर्नुहुन्थ्यो,’ फेसबुक पोस्टमा गौरवले भनेका छन्, ‘२०१४ मा बुवाको निधनपश्चात मेरी आमा एक्लै हुनुभयो । म आमाबुवाको एक्लो सन्तान हुँ । म बिहान ७ बजे अफिसका लागि निस्किन्छु र राति मात्र फर्किन्छु । मेरी आमा पूरै दिन एक्लै बस्नुहुन्छ । मलाई महशुस हुन्छ कि आमालाई साथीको जरुरत छ ।’  

के यस्तो लेख्नुभन्दा पहिला गौरवले आफ्नी आमासँग कुरा गरेका थिए ?


Advertisement

गौरवले भारतीय संचारमाध्यमहरूलाई सुनाए, ‘मैले आमासँग कुरा गरेको थिएँ । आमाले मेरो बारेमा सोचिरहनु भएको थियो । मलाइ पनि आमाको बारेमा सोच्नुपर्छ जस्तो लाग्यो । एउटा सन्तान भएर मैले मेरो आमा यो भन्दा राम्रो जीवन जिउनुपर्छ भन्ने सोचेर मैले गल्ती गरेको छैन ।’

गौरवले फेसबुकमा यस्तो पोस्ट गरेपछि धेरैले उनको आमासँग विवाह गर्ने इच्छा भएको भन्दै फोन गर्ने गरेका छन् । तिनमा कोही डाक्टर र इन्जिनीयर पनि छन् ।

 

 

कमेन्ट गर्नुहोस्