३ महिनापछि ओलीले गरे माधव नेपालसँग लामो छलफल

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच झण्डै तीन महिनापछि संवाद भएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार उनीहरुबीच करिब चार घण्टा छलफल भएको हो । प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न बिहान ११ बजे बालुवाटार पुगेका थिए । त्यहाँबाट उनी दिउँसो ३ बजेमात्रै बाहिरिएका थिए । 
भेटमा उनीहरुबीच पछिल्लो समय बढेको तिक्तता हटाउने विषयमा छलफल भएको थियो । 
पार्टीमा देखिएको समस्या समाधान गर्दै एकीकरणका सबै काम सक्नुपर्ने प्रधानमन्त्री ओलीलाई नेपालले बताएको एक नेताले जानकारी दिए । 
नेता नेपाले आफूले व्यक्तिभन्दा पनि पद्धतिको कुरामा जोड दिएको बताएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

 


Advertisement

 


Advertisement

कमेन्ट गर्नुहोस्