वार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेसले पाँचथरको फाल्गुनन्द–१ स्थित नवमीडाँडा शनिवार आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्दै उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।


Advertisement

‘कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको छ ।’

वरिष्ठ नेता पौडेलले अब मंसिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि कांग्रेसलाई विजय गराउन आम मतदातालाई आग्रह गरे ।


Advertisement

उनले अहिले फाल्गुनन्दमा हुने उपनिर्वाचनमा नेकपाका मन्त्री तथा सांसदहरूले नै आचारसंहिता उल्लंघन गर्ने किसिमका कार्यक्रम गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले अब हुन लागेको उपनिर्वाचनमा उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तहका नेता कार्यकर्तालाई कटिबद्ध भएर लाग्न आग्रह गरे । 

पार्टीका नेता धनराज गुरुङ, रामहरि खतिवडा, बद्री पाण्डे, गुरुराज घिमिरे लगायतका नेताहरूले लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागि कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्