महिला समुहद्वारा विद्यालय र मन्दिरलाई डेढ लाख सहयोग

गलकोट नगरपालिका ७ मल्म खोलापारीमा अवस्थित मुलपानी सप्ताहघाट महिला समुहले स्थानिय सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटको प्रगति आधारभूत विद्यालयलाई नगद रु १ लाख र खडग कालिका मन्दिरलाई नगद रु ५० हजार गरि डेढ लाख आर्थिक सहयोग गरेको हाे।


Advertisement

वि.सं २०४७ सालमा स्थापना भएको विद्यालयले समयको आवश्यकता अनुरुप वि.सं २०६९ साल देखि अङग्रेजी माध्ययमबाट पठनपाठन शुरू गरेको थियो । अभिभावकको चाहना बमोजिम अङग्रेजी माध्ययमबाट कक्षा सञ्चालन भएपछि अहिले विद्यार्थीको आकर्षण समेत बढेको छ ।

२ वटा शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा ८ जना शिक्षक स्थानिय श्रोतमा रहेका छन् ।


Advertisement

आर्थिक अभावमा रहेको विद्यालयलाई थोरै भएपनि राहत होस भन्ने उद्येश्यले शैक्षिक गुणस्तर अभिवृद्वि गर्नको निमित्त विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको मुलपानी सप्ताहघाट महिला समुह गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिइन्।

समुहले मल्म सप्ताहघाटमा रहेको खडग कालिका मन्दिरमा सत्तल निर्माण गर्नको निमित्त नगद रु ५० हजार सहयोग गरेको छ । 

वि.सं २०६४ सालमा स्थापना भएको महिला समुहले वि.सं २०६६ सालमा सामाजिक संस्था घुम्टे युवा परिवारको प्राङगढमा पक्की मञ्च र स्वागत द्वार निर्माण गरेको थियो । समुहले स्थानिय स्तरमा विभिन्न सामाजिक कृयाकलाप तथा गतिविधीहरु गर्दै आइरहेको छ ।

महिला समुहले आर्थिक सहयोग गरेको भन्दै प्रगति आधारभुत विद्यालय र खडग कालिका भगवती गुठीले हार्दिक कृतज्ञता समेत प्रकट गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताए । थम्मन थापा ,बागलुङ

कमेन्ट गर्नुहोस्