×

NMB BANK
NIC ASIA

चुनावी तयारीबारे निर्वाचन आयोगले संसदीय समितिलाई दियो जानकारी

मंसिर १०, २०७६

NTC
Premier Steels

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा  सुशासन समितिलाई उपनिर्वाचनको तयारीबारे   निर्वाचन आयोगले आज जानकारी गराएको छ ।

Muktinath Bank

समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा रहेको समिति सदस्यलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले  उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै मतपत्र र  मतदाता परिचयपत्र सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा  पुगिसकेको जानकारी गराउँदै प्रमुख थपलियाले प्रचारप्रसारपछिको मौन अवधि विगतमा आलोच्य बनेकाले यस पटक त्यो हुन नदिन आयोगले विशेष ध्यान पुर्‍याउने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

उनले भने, 'मौन अवधिमा राजनीतिक दल र उम्मेदवारले चुनावी चिन्तन छोड्नुपर्छ, मौन अवधि उपनिर्वाचनको जस्तो होस् भनी सधैँका लागि नमूना प्रस्तुत गर्न पाइयोस्, यसका लागि राजनीतिक दल र उम्मेदवारले  कुनै चलखेल नगरी शान्तरुपमा बसेर उदाहरण प्रस्तुत  गर्नुपर्छ । मौन अवधिमा आयोगले यस पटक विशेष निगरानी राख्ने छ ।'

Vianet communication

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी रहेको हुँदा मतदातालाई निर्धक्क भएर मतदानमा भाग लिन पाउने वातावरण सुनिश्चत भएको बताएका छन् ।

सो अवसरमा सांसदहरूले निर्वाचन आचारसंहिताको कडाइका साथ पालना भए नभएको प्रभावकारी अनुगमनको व्यवस्था गर्न, मतदानस्थलमै मतगणनाको व्यवस्था गर्न, निर्वाचनलाई प्रविधिमैत्री बनाउन, निर्वाचनलाई कम खर्चिलो तुल्याउन, नक्कली मतदाताबाट हुनसक्ने मतदानप्रति सचेत रहन तथा मौनअवधिमा हुनसक्ने अनेकौं आर्थिक चलखेललाई रोक्न आयोगलाई चनाखो रहन सुझाव दिए ।

'मौन अवधि भनेको निर्वाचन प्रचारप्रसार गर्न  नपाइने मात्र होइन, मतदाता किन्नका लागि थैली पनि खोल्न मिल्दैन भन्ने पक्षलाई बुझाउन जरुरी छ, अहिले मौन अवधि भनेको पैसा बाड्ने समयका रुपमा बुझिएको छ, पैसाका आधारमा चुनाव जित्ने प्रवृत्तिले लोकतन्त्र बलियो हुनसक्दैन, यसमा आयोगबाट विशेष निगरानी होस्', उनीहरूले भने ।
   
समितिका सभापति श्रेष्ठले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउने सवालमा समितिको सधैं सहयोग र समर्थन रहने जानकारी गराउँदै निर्वाचलाई मितव्ययी बनाउन, समितिको निर्देशन कार्यान्वयन गर्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणको सुनिश्चित गर्न सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x