भारतले ६३ जित्दा नेपालको नाममा ३७ स्वर्ण,  भुटानले खाता खोल्न सकेन, कसले कति जिते ?

फाइल तस्वीर

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा जारी छ ।

नेपालका तीन ठूला शहर काठमाडौं, पोखरा र जनकपुरमा सागका खेलकुदहरू भइरहेका छन् ।


Advertisement

जारी सागमा नेपाली खेलाडीहरूले विगतका तुलनामा उत्कृष्ट प्रदर्शन गरेका छन् र पदक दिलाइरहेका छन् ।

आठौं सागमा नेपालले कुल ३१ स्वर्ण पदक जितेको थियो । त्यो नै नेपालले सागमा जितेको सर्वाधिक स्वर्ण थियो । तर जारी सागमा नेपालले कुल ३७ स्वर्ण जितिसकेको छ । नेपालले सागमा जितेको सर्वाधिक स्वर्णको कीर्तिमान भंग गरिसकेको छ ।


Advertisement

नेपाल कुल ३७ स्वर्ण पदकसहित पदकतालिकाको दोस्रो स्थानमा रहेको छ । भारत कुल ६३ स्वर्णसहित तालिकाको शीर्षस्थानमा रहेको छ ।

त्यस्तै १८ स्वर्ण पदकसहित श्रीलंका तालिकाको तेस्रो स्थानमा छ ।

चौथो स्थानमा पाकिस्तान छ । हालसम्म पाकिस्तानले १७ स्वर्ण जितेको छ ।

त्यस्तै बंगलादेशले ४ तथा माल्दिभ्सले एउटा स्वर्ण जितेको छ ।

तालिकाको अन्तिम स्थानमा रहेको भुटानले हालसम्म स्वर्ण पदकको खाता खोल्न सकेको छैन ।

कसले कति पदक जिते, हेर्नुहोस् :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्