बाँकेका सीडीओले भने : कोहलपुरको स्थिती अनियन्त्रित छ, कर्फ्यु लगाउनेबारे छलफल गर्दैछौं

ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भिर घाइते भएपछि तनावग्रस्त बनेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले स्थिती अनियन्त्रित बन्दै गएको भन्दै कफ्यु लगाउने संकेत गरेका छन् । 


Advertisement

'स्थिती अनियन्त्रित छ, अवस्था हेरेर कर्फ्यु लगाउने वा नलगाउने भन्ने बारे निर्णय गर्छौं,' खड्काले लोकान्तरसँग भने । 

यसअघि  कोहलपुर नेपालगन्ज सडकखण्डको त्रिभुवन माविकी एक विद्यार्थीलाई ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 


Advertisement

घटनाको विरोधमा भएको प्रदर्शनमा १५ जना विद्यार्थी तथा स्थानीय घाइते भएको समेत उनले जानकारी दिए । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्