त्रिशला र रोहितको ‘काठमान्डु शहर’ टुबोर्ग ओपन सेसन्स् २ मा

टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा त्रिशला गुरुङले रोहित शाक्यको साथमा उनीहरुको हिट गीत ‘काठमान्डु शहर’को प्रत्यक्ष प्रस्तुती पेश गरेका छन् ।

उनीहरूको उक्त हिट गीतलाई रोहितको नयाँ भाव दिई प्रस्तुत गरिएको छ ।


Advertisement

च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २०१८ मा शुरू भएको एक युट्युब सिरिज हो । पहिलो संस्करणमा अपलोड गरिएको ५१ वटा गीतहरूमार्पmत सफलतापूर्वक १ करोडभन्दा बढी भ्युज संकलन गरेपछि अहिले फेरि दोस्रो संस्करण शुरू भएको छ ।

राजधानी शहरबाट प्रेरित उक्त गीतले त्रिशलाको नजरबाट काठमान्डुको सुन्दरता, मानिस र यादहरूको कथा बताउँछ । गीतले त्रिशलाको सुरिलो आवाज र रोहितको सांगीतिक जादुलाई एकसाथ प्रस्तुत गर्दछ । 


Advertisement

सानैदेखि संगीतमा निकै रुचि राख्ने त्रिशला प्रशंसित गायिका हुन् भने अहिलेको नेपाली सांगीतिक बजारमा निकै प्रतिष्ठित र छुटाउन नमिल्ने नाम हो रोहित शाक्य । 

शाक्य निकै लोकप्रिय प्रोग्रेसिभ–अल्टरनेटिभ रक ब्याण्ड ‘जिन्दावाद’का सदस्य पनि हुन् । हालको नेपाली सांगीतिक बजारमा उनी एक सफल युवा प्रतिभा रहेका छन् । टुबोर्ग ओपन सेसन्स्को यस सिजनका निर्माताहरूमध्ये रोहित पनि एक हुन् ।

टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँशैली र कलाकारलाई नयाँ बजारमा चिनाउन मद्दत गरेको छ । पुराना साथै नयाँ कलाकारलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकमाझ पुर्‍याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।

कमेन्ट गर्नुहोस्