×

NMB BANK
NIC ASIA

चिसो मौसममा यसरी जोगाउनुस् छाला

मंसिर २४, २०७६

NTC
Premier Steels

बढ्दो वायु प्रदूषण अहिलेको मुख्य समस्या हो ।

Muktinath Bank

हावामा मिसिएका रासायनिक पदार्थ, धुवाँ र धुलोका कारण मानव स्वास्थ्यमा गम्भीर असर देखिन थालिसकेको छ । नेपाल पनि वायु प्रदूषणको उच्च जोखिममा रहेको देश हो । ‘इन्भाइरोमेन्ट पर्फर्मेन्स इन्डेक्स–२०१८’का अनुसार नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र पर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वायु प्रदूषणले छाति, फोक्सो र श्वास–प्रश्वासमा मात्रै नभई छालामा पनि उत्तिकै असर पार्छ । अनुहार, हातगोडाजस्ता खुला रहने अंगको छाला वायु प्रदूषणबाट तुलनात्मक रूपमा बढी प्रभावित हुन्छन् । गाडीबाट निस्किने धुवाँमा कार्बनडाइअक्साइड, आगोबाट आउने कार्बन मोनोअक्साइड, कार्बन, धुलो, कारखानाबाट निस्कने रासायनिक पदार्थ र खेतीबालीमा प्रयोग गरिने केमिकलका कारण हुने प्रदूषणले वायु प्रदूषित हुन्छ । ती सबैको सीधा असर छालामा परिरहेको हुन्छ ।


Advertisment
Nabil box
Kumari

छाला सुक्खा हुने, एलर्जी, चिलाउने, छाला संवेदनशील बन्दै जाने, रङ परिवर्तन हुने, कालो धब्बा आउने र कपालमा समस्या देखिन्छ । लामो समय धुवाँधुलोमा बस्नेहरू छालाको समस्याको बढी जोखिममा हुन्छन् । काठमाडौंजस्तो अत्यधिक प्रदूषित क्षेत्रमा बस्ने मानिसमा एजिङको समस्या देखिन थालिएको छ । हावामा मिसिएका रासायनिक पदार्थका कारण छाला समयअघि नै बुढो देखिन्छ ।

Vianet communication

कसरी बच्ने ?
धुवाँधुलोबाट बच्न बाहिर हिँड्दा मास्क वा गगल्सको प्रयोग गर्न सकिन्छ । यस्तै, धुवाँधुलोको असरबाट बच्न मोस्चराइजरको प्रयोग गर्नुपर्छ । छालामा असर पर्दा कपाल झर्ने, टुक्रिनेजस्ता समस्या देखिन्छन् । त्यसैले कपाल धुँदा राम्रो स्याम्पुको प्रयोग गर्नुपर्छ, जसले टाउकोको छालामा असर पर्नबाट जोगाउँछ ।

नियमित प्रशस्त पानी र मौसमी फलफूल खानुपर्छ, जसबाट छाला स्वस्थ राख्न मद्दत पुग्छ । जाडोयाममा पाइने अमिला फलफूलहरूमा एन्टिअक्सिडेन्टको मात्रा पाइन्छ । जाडोमा हावामा प्रदूषणको मात्रा पनि स्वतः बढ्ने हुँदा यस्ता मौसमी फलफूल खान आवश्यक हुन्छ ।

प्रदूषण बढी हुने क्षेत्रमा बस्ने मानिसले दिनका कम्तीमा दुई–तीनपटक साबुनपानीले मुख धुनुपर्छ । सुत्ने वेलामा पनि मुख धोएर मोस्चराइजरको प्रयोग गर्दा छालाको समस्याबाट बच्न सकिन्छ । नयाँ पत्रिकामा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x