कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यहरूले सरकारले पार्टी पंक्ति र जनपरिचालनका काम गर्न नसक्दा सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथिको आलोचना तीव्र बनाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि भएको दोस्रो दिनको छलफलमा बोल्ने नेताहरूले पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा सरकारले काम गर्न नसकेको बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा मंगलवार बसेको बैठकमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा र बेदुराम भुसालले सरकारका काम कारवाहीको आलोचना गरेका थिए । शर्माले पार्टी परिचालनको काम नगरेसम्म सरकारको काम प्रभावकारी बन्न नसक्ने बताए ।
'जनार्दन शर्माले सरकारले जनताको पक्षमा गर्न सक्ने कामहरूको सूची नै तयार पारेर ल्याउनुभएको थियो,' एक नेताले भने, 'सरकारको काम बिल्कुलै प्रभावकारी नभएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।'
नयाँ कार्यनीति, नयाँ कार्यशैली, कार्यकर्ता प्रशिक्षण र जनपरिचालनको काम नगरी ब्यूरोक्रेसीले मात्र जनअपेक्षा पूरा गर्न नसक्ने भन्दै शर्मा कडा रूपमा प्रस्तुत भएका थिए ।
उनले सरकारको कामकारवाहीबाट मतदाता असन्तुष्ट रहेको भन्दै आक्रोश पोखे ।
बैठकमा वेदुराम भुसालले पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा सरकारले प्रभावकारी काम गर्न नसकेको धारणा राखे ।
‘पार्टी विधिसम्मत ढंगले नचल्दासम्म सरकारले जति ठूला घोषणा गरेपनि जनताको पक्षमा काम गर्न सक्दैन,’ बैठकमा भुसालले भने ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीको विधानमा समाजवादउन्मुख भनेपनि सरकार र पार्टीले समाजवादउन्मुख दिशा समात्न नसकेको बताए ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलले सामन्तवादका अवशेषलाई समाप्त गर्दै समाजवादको बाटोमा लाग्नु पर्ने बताएका थिए ।
नेता रघुवीर महासेठले भने सरकारको कामको बचाउ गरेका थिए । उनी केही साताअघि मात्र मन्त्रीबाट हटाइएका थिए ।
विगतका बैठकमा कडा ढंगले प्रस्तुत हुने घनश्याम भुसाल मंगलवारको बैठकमा भने नरम ढंगले प्रस्तुत भए ।
उनले पार्टीमा विचारमा एकरूपताका लागि ६/७ दिनको गोष्ठी नै राखेर बहस गर्नुपर्ने बताएका थिए ।
बैठकमा बोल्ने अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीभित्र अझै पनि दुईवटा विचारधारा जीवित रहेको भन्दै वैचारिक हिसाबले एउटै विचारको निर्माण तत्काल गर्नुपर्ने धारणा राखे ।
लोकान्तरसँग कुरा गर्दै थापाले भने, 'हामीले चीनसँग पनि सम्बन्ध सुधार गर्न खोजिरहेका छौं, चिनियाँ राष्ट्रपति शी चिनफिङले ल्याएको अवधारणामाथि पनि छलफल गर्नुपर्ने आवश्यकता देखिन्छ । मार्क्सवाद र लेनिनवाद मात्र नभएर माओवादका बारेमा पनि छलफल हुनुपर्छ भन्ने धारणा राखें मैले ।'
अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै थापाले नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रको केन्द्र बन्दै गइरहेको अवस्थामा नेपालले आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने धारणा राखेका थिए ।
आइतवारदेखि शुरू भएको बैठकमा सोमवार १२ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए । मंगलवार १३ जना सदस्यले धारणा राखेका छन् ।
स्थायी कमिटी सदस्यले बोल्ने क्रम बुधवारपनि जारी रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...