×

NMB BANK
NIC ASIA

खोजी नयाँ सभामुखको

पुस १४ मा सभामुख निर्वाचन गराउने सचिवालयको तयारी, ११ गतेसम्ममा उपसभामुखको राजीनामा !

पुस ९, २०७६

NTC
Premier Steels

पुस १४ गते सभामुखको निर्वाचन गर्नेगरी संघीय संसद् सचिवालयले आन्तरिक तालिका तयार पारेको छ । पुस ११ गते बस्ने प्रतिनिधि सभा बैठकबाट निर्वाचन कार्यतालिका घोषणा गर्नेगरी सचिवालयले तयारी शुरू गरेको हो ।

Muktinath Bank

नेकपा स्थायी समिति बैठक तथा सभामुख निर्वाचनको गृहकार्यका लागि पुस ४ गते शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनअन्तर्गतको बैठक ११ गते सम्मका लागि स्थगित गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् सचिवालय स्रोतका अनुसार राजनीतिक दलहरूबीच सहमति भएमा ११ गतेको बैठकले सभामुख निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्ने गरी कार्यसूची बनाइएको छ । 


Advertisment
Nabil box
Kumari

सचिवालयले कार्य व्यवस्था परामर्श समितिको बैठकमा लैजान तयार पारेको कार्यसूचीमा पुस १३ गते दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने र पुस १४ गते दिउँसो १ बजे सभामुख निर्वाचन गर्ने उल्लेख छ ।

Vianet communication

यद्यपि ११ गतेपछि अर्को बैठक कहिले बस्ने भन्ने निर्णय कार्य व्यवस्था समितिको बैठकबाटै हुनेछ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखको निर्वाचनबारे राजनीतिक दलहरूले छलफल शुरू गरिसकेको बताए । ‘११ गते बस्ने बैठकले तोकेको दिनमा सभामुखको निर्वाचन हुन्छ,’ नेम्वाङले लोकान्तरसँग भने । 

राजीनामा गर्दै उपसभामुख

नयाँ सभामुखकी एक दाबेदार उपसभामुख डा. शिवयामा तुम्बाहाम्फेले पुस ११ गतेको बैठकअगावै राजीनामाको तयारी गरेकी छिन् । नेकपा स्रोतका अनुसार उनले पुस १० या ११ गतेसम्म राजीनामा दिइसक्ने छिन् । 

‘सभामुखको दाबेदार भएकाले पनि आफ्ना लागि हुने निर्वाचनको प्रस्ताव आफैंले बैठकमा राख्न मिल्दैन, ११ गतेको बैठकअगावै राजीनामा दिनुहुन्छ,’ नेकपाका एक सांसदले लोकान्तरसँग भने । 

सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संविधानको बाध्यकारी व्यवस्थाका कारण तुम्बाहाम्फेलाई राजीनामा नेकपा बाध्य भएको हो । पुस ४ गतेको प्रतिनिधि सभा बैठकको अध्यक्षता तुम्बाहाम्फेले गरेकी थिइन् । उपसभामुखले राजीनामा गरेपछिको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि असोज १४ गतेदेखि सभामुख पद रिक्त छ ।

तुम्बाहाम्फेले महराको गल्तीको सजाय आफूले नभोग्ने भन्दै राजीनामा नगर्ने बताउँदै आएकी थिइन् । यसअघि नेकपाले उनलाई उपसभामुख पदबाट राजीनामा गराएर मंसिर ४ गतेको मन्त्रिमण्डलमा समावेश गर्ने प्रयास गरेको थियो । 

अहिले भने तुम्बाहाम्फे राजीनामा गर्न राजी भएको स्रोतको दाबी छ । उनले चाहेमा मन्त्रीमण्डलमा सहभागी गराउने आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । 

कसले पाउला उपसभामुख ? 

नेकपाको शीर्ष नेतृत्व तहमा सभामुखबारे मोटामोटी सहमति भइसकेको स्रोतको दाबी छ ।

सोमवार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलबाट सभामुखको उम्मेदवार टुंगो लागेको नेकपा स्रोत बताउँछ । 

‘व्यक्ति नभनौं तर सभामुखको उम्मेदवारबारे नेताद्वयबीच सहमति भइसकेको छ,’ नेकपाका एक प्रभावशाली नेताले लोकान्तरसँग भने । 

नयाँ सभामुखका रूपमा संविधान सभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ, उपसभामुख तुम्बाहाम्फे र अग्नि सापकोटाको चर्चा चलेको थियो । 

सभामुख आफ्नै पार्टीले लिने सहमति भएपनि उपसभामुख कसलाई दिने भन्ने सहमति भइसकेको छैन ।

संवैधानिक परिषद्को सदस्य समेत हुने भएकाले नेकपाले उपसभामुख पनि आफू अनुकूल दललाई दिने तयारी गरेको छ । 

वामपन्थी गठबन्धनबाट चुनाव लडेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउने खालका चर्चा चलेपनि सो पार्टीले यसबारे कुनै छलफल नभएको बताएको छ । 

‘हामीले उपसभामुख लिनेबारे नेकपासँग कुनै छलफल भएको छैन, उपसभामुख या मन्त्री लिने भन्ने हल्ला अफवाह मात्र हुन्,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकान्तरसँग भने, ‘मन्त्रीका लागि नेकपाभित्र त्यत्रो रुवाबासी छ, त्यस्तोमा हामी प्रवेश गर्दैनौं ।’

यसअघि सत्ता साझेदार समाजवादी पार्टीलाई उपसभामुख दिनेबारे चर्चा चलेपनि सो पार्टीले सरकार छाडिसकेका कारण त्यो सम्भावना सकिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपासँग दुई बुँदे सहमति गरेको राजपाले पनि उपसभामुख पाउन सक्छ ।

राजपा नेता लक्ष्मणलाल कर्णले राष्ट्रिय सभा निर्वाचनका लागि दुई बुँदे सहमति भएपनि सभामुख र उपसभामुख निर्वाचनबारे नेकपासँग कुनै छलफल र सहमति नभएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने परिस्थित हेरेर सभामुख र उपसभामुखमा उम्मेदवारी दिने बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x