×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सापकोटा सभामुखको उम्मेदवार, नेकपा-राजपा सहमतिमा संघीय समाजवादीको प्रवेश

माघ ६, २०७६

NTC
Premier Steels

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय 

Muktinath Bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुखका लागि स्थायी कमिटी सदस्य समेत रहेका सांसद अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहान भएको छलफलमा सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद सापकोटालाई उम्मेदवार बनाउने सहमति जुटेको थियो ।

Vianet communication

दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि सचिवालयको बैठक बोलाइएको थियो ।

यसअघि पुस २६ गते बसेको सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गरेको थियो ।

गायिका आस्थाविरुद्ध पक्राउ पुर्जी जारी, नेपाल छिर्ने बितिक्कै नियन्त्रणमा लिने प्रहरीको तयारी

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले राउत विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताए ।

उनले भने, 'आस्था राउतलाई नेपाल प्रवेश गर्ने बितिक्कै पक्राउ गर्छौं । त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढाउँछौं ।'

कार्यक्रमका लागि सिक्किम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठ र आस्था राउतबीच लफडा भएको थियो । त्यसपछि महिला प्रहरी रमिताले आफूविरुद्ध दूर्व्यवहार भएको भन्दै उजुरी दिएकी थिइन् ।

नारायणकाजीको दाबी– नेकपामा पूर्वएमाले, पूर्वमाओवादी भन्ने छैन

सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओवादी भन्ने समूह नै नभएको बताएका छन् ।

प्रेस संगठनले कुस्माबजारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा पूर्वसमूह भन्ने नै नरहेको बताएका हुन् ।
 
“पार्टीमा पूर्व समूह भन्ने नै छैन”, उनले भने, “पूर्वसमूह भन्ने विषय अब पार्टीमा इतिहास लेख्ने बेला मात्रै आउँछ ।”

पार्टीमा स्थायी गुट र शिविर राख्ने कुरा गलत भएको र आफू त्यसको विपक्षमा रहेको उनले स्पष्ट पारे । “स्थायीरुपमा गुटबन्दी गर्न जरुरी छैन”, उनले भने, “म सधैँ त्यसको विपक्षमा नै छु ।”  

उनले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्रहितमा हुने गरी पार्टीको सचिवालयले एकमतले निर्णय पारित गर्ने बताए ।

पार्टीका सचिवालय र स्थायी समितिका सदस्यसमेतले एमसीसीका बारेमा फरक फरक धारणा सार्वजनिक गरेका बेला प्रवक्ता श्रेष्ठले अहिले मत विभाजनको अवस्था देखिए पनि यसका बारेमा पार्टीका नेता कार्यकर्ताको समान धारणा बन्ने दृढता व्यक्त गरे ।

“एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइन्छ”, उनले भने, “पार्टी सचिवालयले एकमतले नै पारित गरेर अघि जान्छ ।”

छलफल हुनु स्वभाविकै भएपनि पार्टीको सचिवालयलाई निर्णय गर्ने अधिकार भएकाले सर्वसम्मत निर्णय भएर जाने विश्वास उनको छ ।

उनले कुनै पनि नेता कार्यकर्ताले एमसीसीका विषयमा तनाब लिन आवश्यक नभएको प्रष्ट पारे । उनले सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा  भएकाले राष्ट्रहितलाई हेरेर नै अघि बढ्ने बताए ।

नेकपा-राजपा सहमतिमा संघीय समाजवादीको प्रवेश

राष्ट्रिय सभा निर्वाचनमा एकले अर्कालाई सघाउने गरी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको सहमतिमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीको प्रवेश भएको छ ।

आइतवार तीन वटै पार्टीबीचमा दुईबुँदे सहमति भएको हो ।

माघ ९ गते हुने तय गरिएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा संघीय समाजवादी पार्टीका मतदाताहरूले नेकपा र राजपाका उम्मेदवारहरूलाई सघाउने सहमतिमा उल्लेख छ ।

नेकपाका तर्फबाट महासचिव विष्णुप्रसाद पौडेल र कार्यालय सचिव श्रीराम पौडेल, राजपाका तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर र अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादीका तर्फबाट अध्यक्ष रिजवान अन्सारी र अनन्त राईको उपस्थितिमा दुईबुँदे सहमति भएको हो ।

`सहमतिको दोस्रो बुँदामा आगामी दिनमा पनि राजनीतिक रुपमा सहकार्य र सहयोग आदान–प्रदान कार्य जारी रहने उल्लेख छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेकपाका तर्फबाट तुलसाकुमारी दाहाल र राधेश्याम पासवान उम्मेदवार छन् भने राजपाका तर्फबाट मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंह छन् ।

गत पुस २ गते राष्ट्रिय सभा निर्वाचनमा आपसी तालमेल गर्न नेकपा र राजपा सहमत भएका थिए । प्रदेश नम्बर २ मा रहेको ४ सीटलाई नेकपा र राजपाले २/२ सीटमा बाँडफाँड गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनका लागि भोलि राति १२ बजेदेखि मौन अवधि शुरू 

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि  सोमवार अर्थात् भोलि राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै मौन सोमवार राति १२ बजेबाट मौन अवधि शुरू हुने जानकारी दिएका हुन् ।

'संवत् २०७६ साल माघ ९ गते बिहीबार सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा हुँदैछ,'  विज्ञप्तिमा भनिएको छ, 'यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मिति २०७६ साल पुस २७ गतेबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत निर्वाचन आचार संहिताले तोकेका सबै सरोकारवालाहरूले पालना गर्ने गरी निर्वाचन आचार संहिता, २०७२ लागू गरेको छ ।'

निर्वाचन आचार संहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात् भोलि २०७६ साल माघ ६ गते सोमवार राति १२ बजेदेखि देखि मौन अवधि शुरू हुँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x