×

NMB BANK
NIC ASIA

पशुपति क्षेत्रबाट भट्टी पसल हटाउँदै सरकार !

माघ ७, २०७६

NTC
Premier Steels

 पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ ।

Muktinath Bank

काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफललगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पशुपति क्षेत्रलाई मांस मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भट्टीपसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेको छ ।


Advertisment
Nabil box
Kumari

आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले मदिरा पसल र भट्टीहटाउन लागेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार मगन्ते हटाएपछि अब यहाँका अव्यवस्थित फूल तथा पूजा सामग्री पसल हटाउने र भाडामा दिएकालाई स्थानान्तरण गरेर मदिरा, मांस पसल हटाइने जनाइएको छ ।

Vianet communication

कोषले यस्ता पसल हटाउन सात दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । सूचना अवलम्बन गरिएपछि प्रशासनिक निकायको सहकार्यमा यी पसल हटाइने छ । कोषाध्यक्ष डा. थापा भन्नुहुन्छ, ‘‘कोष आफैले भाँडामा लगाएका ६४ टहरा कबलबाट २०६१ सालयता भाडा पाएको छैन र यी टहरा कबल अव्यवस्थित पनि भए ।’’

वडा नं. ७ का वडा सदस्य कृष्णमणि भट्टराईका अनुसार, वडा नं. ७ को पशुपति क्षेत्र जोडिने इलाकामा नै पाँच सयको हाराहारीमा मांस र मदिरा पसल छन् । सिफलको क्षेत्रमा दैनिक १२ वटासम्म खसी काट्ने मासु पसल छन् भने बाटामा मासु भाग लगाएर बिक्री गर्ने कार्य पनि त्यत्तिकै गरिन्छ ।

कोषका अधिकृतका अनुसार, गुह्येश्वरीमा भुटन पाइने नाम कहलिएको भट्टी यत्रतत्र छन् । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई समस्त हिन्दुको गन्तव्य र सम्पदाको भावनामा ल्याउनै सकिएन भन्ने व्यापक जनगुनासो रहँदै आएको छ ।

पशुपतिको भुवनेश्वरी आसपास, गुह्येश्वरी पुलपारि, सिफल सेताढोका प्रवेशपछिका पसललाई मांस र मदिरा मुक्त गरिनुपर्छ भनेर स्थानीय सर्वसाधारणबाट गुनासो गरिँदै आएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x