अन्नपूर्णमा हराएका पर्यटकको खोजीमा सेना, हिमपहिरो ५ मिटर खन्दा पनि पत्ता लागेन

नेपाली सेनाले अन्नपूर्ण आधारशिविरको पदमार्गमा ३ माघमा गएको हिमपहिरोमा परी हराइरहेकाहरुको खोजी जारी राखेको छ। 

हराइरहेका ४ जना कोरियन पर्यटक तथा ३ नेपाली गाइडको सेनाको पोखरास्थित सेकेण्ड रेञ्‍जर गणका गणपति सहितको उद्धार टोलीले  ७ माघदेखि खोजी कार्य जारी राखेको हो। 


Advertisement

उद्धार टोलीलाई सेनाको ईक्वेरल हेलिकोप्टरद्वारा घटनास्थलबाट करिब २० मिनेटको पैदल दुरीमा अवस्थित देउराली भन्ने स्थानसम्म पुर्‍याई हाल उक्त हेलिकोप्टर पोखरा विमानस्थलमा तैनाथ रहेको छ। 


Advertisement

खोज तथा उद्दार कार्यको लागि खट्टिएको नेपाली सेनाको उद्धार टोलीद्वारा कोरियन पर्यटकहरु हिम पहिरोमा परी पुरिएको भनिएको स्थानमा करिव ५ मिटर गहिराइसम्म खन्दा पनि हालसम्म केही फेला नपरेको र उक्त टोलीले नेपाली गाइड पुरिएको भनि मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको सेनाले जनाएको छ। 

 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्