अस्ट्रेलियाको डढेलो निभाउन गएको जलवाहक विमान दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु

अस्ट्रेलियामा लागेको डढेलो निभाउनका लागि गएको जलवाहक विमान बिहीवार दुर्घटनाग्रस्त भएपछि तीनजना अमेरिकी अग्निनियन्त्रकहरूको मृत्यु भएको छ । 

सी–१३० हर्क्युलिज विमान न्यु साउथ वेल्सको पीक भ्यु नजिक विस्फोट भएको थियो । स्थानीय समयअनुसार दिउँसो डेढ बजे विमान सम्पर्कविहीन भएको थियो ।


Advertisement

उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेको भए पनि कोही पनि जीवित भेटिएनन् । 

वाटरबम्बर विमानले दुई हजार ५० हजार हेक्टर क्षेत्रमा फैलिएको भयानक डढेलो निभाउनका लागि योगदान गरिरहेको थियो । 


Advertisement

के कारणले विमान दुर्घटना भएको भन्ने कुराको कुनै संकेत नपाइएको न्यु साउथ वेल्स रुरल फायर सर्भिस कमिस्नर शेन फिट्जसिम्मन्सले जनायो ।

एजेन्सी 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्