प्रधानमन्त्री ओलीले गरे सशस्त्र प्रहरीको प्रशंसा

प्रधामन्त्री केपी ओलीले सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा, सुशासनलगायत क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका छन्।

१९औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले स्थापना कालदेखि नै शान्ति सुरक्षा, आतंकवादी क्रियाकलाप नियन्त्रण, जनताको जीउधनको सुरक्षा गर्दै सुशासन कायम गर्ने सन्दर्भमा इमानदारी र निष्ठापूर्वक काम गरेको बताएका हुन्।


Advertisement

उनले देश र जनताको पक्षमा क्रियाशील हुँदै आफ्नो जीवन अर्पण गर्ने सशस्त्र प्रहरी बलका सम्पूर्ण दर्जाका शहीद प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे।

उनले भने, ‘सशस्त्र प्रहरी बलका सम्पूर्ण दर्जाका शहीद प्रहरीलाई हामीले केही समयअघि मात्रै शहीद घोषणा गरेका छौँ, उहाँहरुको वीरताको मुक्तकण्ठले प्रशंसा गर्न चाहान्छु, उहाँहरुले देशको शान्ति, सुरक्षा र अपनचयन कायम गर्न र जनताको जीउधनको सुरक्षाका लागि आफ्नो ज्यानको आहुती दिनुभयो, उहाँहरु प्रशंसनीय हुुनुहुन्छ ।’


Advertisement

ओलीले सशस्त्र प्रहरीले बाढीपहिरो, आगलागी, भूकम्प वा अन्य कठिनाइपूर्ण समयमा समेत असाधारण योगदान गरेको भन्दै विसं २०७२ को महाभूकम्पको बेला सशस्त्र प्रहरीले निभाएको कर्तव्य अतुलनीय रहेको बताए।
गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीले राष्ट्रको सीमा सुरक्षा एवं विपत् व्यवस्थापन र जुवा नियन्त्रणको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको बताए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्