मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मात्रै नेपाली कामदारले वर्षको ३८ अर्ब रुपैयाँसम्म खर्चिने गरेका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार विदेशबाट २ सय अमेरिकी डलर अर्थात् २२ हजार ८ सय रुपैयाँसम्म पठाउँदा औसतमा नेपाली कामदारहरूले ४.३ प्रतिशत कमिसन दिनुपर्छ । त्यस्तै, ५ सय अमेरिकी डलर अर्थात् ५७ हजारसम्म पठाउँदा विदेशमा रहेका नेपालीले २ दशमलव ९ प्रतिशतसम्म कमिसन तिरिरहेका छन् । राष्ट्र बैंकले विश्व बैंकको प्रतिवेदनलाई आधार मानेर यस्तो प्रतिवेदन बनाएको हो । यस आधारमा हेर्दा गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रकम रेमिट्यान्स पठाउँदा वैदेशिक मुलुकमा काम गरिरहेका नेपालीले ३७ अर्ब ८० करोड रुपैयाँसम्म कमिसनबापत खर्च गरिरहेका छन् ।
विदेशबाट रकम पठाउँदा लाग्ने महँगो कमिसनकै कारण हुन्डीजस्ता अनौपचारिक माध्यमबाट कामदारले नेपालमा रकम पठाउने गर्छन् । ‘२ सय डलर वा सोभन्दा कम रकम रेमिट्यान्स पठाउँदा लाग्ने शुल्कमा कमी ल्याउन सके विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमतर्फ आकर्षित गर्न थप योग्दान पुग्ने देखिन्छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
तर, रेमिट्यान्स कम्पनीहरू भने यो तथ्यांक सही नभएको जिकिर गर्छन् । ‘हामीले कतार, दुबईलगायतका मुलुकबाट औसतमा २ प्रतिशतमा रकम ल्याइरहेका छौँ,’ नेपाल विप्रेषक संघका अध्यक्ष तथा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भने, ‘यो तथ्यांकलाई हामीले चुनौती दिन त सक्दैनौँ, तर यो तथ्यांकमा केही त्रुटि भने भएको हुन सक्छ ।’
मुलुकमा कति रेमिट्यान्स अनौपचारिक माध्यमको प्रयोग भएर भित्रिन्छ, यकिन तथ्यांक छैन । यद्यपि, राष्ट्र बैंकले केही वर्षअघि १६ जिल्लाका ३ सय २० घरधुरीमा गरेकोे नमुना सर्वेक्षणले अनौपचारिक वा हुन्डीका माध्यमबाट ७ प्रतिशत रेमिट्यान्स पठाउने गरेको भेटेको थियो । त्यस्तै, २.२ प्रतिशतले भने औपचारिक र अनौपचारिक दुवै माध्यम प्रयोग गर्ने गरेको भेटिएको थियो ।
विश्व बैंकको तथ्यांककै आधारमा प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले यी तथ्यांकको स्वामित्व भने लिन चाहेको देखिँदैन । ‘विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक हो यो, लागतको विषयमा भने हाम्रो अलग्गै अध्ययन होइन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने । राष्ट्र बैंकले भारतबाट अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सको भने आकलन गरेको छ । प्रतिवेदनअनुसार भारतबाट ३८ अर्ब रेमिट्यान्स अनौपचारिक माध्यमबाट आउँछ ।
कुनबाट पठाउँदा कति ?
नेपालमा अमेरिकाबाट रेमिट्यान्स पठाउन सबैभन्दा महँगो शुल्क लाग्छ । प्रतिवेदनअनुसार अमेरिकाबाट रेमिट्यान्स पठाउँदा ३ दशमलव ९ देखि ५ दशमलव ४ प्रतिशतसम्म शुल्क लाग्ने गरेको छ । मलेसियाबाट भने तुलनात्मक रूपमा कम लागत लाग्ने गरेको छ । त्यहाँबाट पैसा पठाउँदा २ दशमलव ९ देखि ३ दशमलव ४ प्रतिशतसम्म लागत लाग्छ । भारतमा भने यिनै मुलुकबाट रेमिट्यान्स पठाउन औसतमा ३ दशमलव ३६ प्रतिशत र बंगलादेशमा ३ दशमलव ५ प्रतिशत लागत लाग्ने गरेको छ ।
बैंकलाई निक्षेप स्रोत
रेमिट्यान्सका कारण बैंकहरूको निक्षेप बढ्न सहयोग पुगेको राष्ट्र बैंकको ठम्याइ छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा लगानी ८४ प्रतिशत पुग्नुमा निक्षेपको स्रोतका रूपमा रेमिट्यान्ससमेत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, जिडिपीको २५ प्रतिशतबराबर रकम नै रेमिट्यान्स भित्रिने गरेको छ ।
रेमिट्यान्सले वैदेशिक मुद्रा सञ्चिति, शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) मा समेत सुधार आउने गरेको छ । राष्ट्र बैंकले मुलुकको बाह्य क्षेत्र सन्तुलन मिलाउन मात्र नभई नेपालीको शिक्षा, स्वास्थ्य, गरिबी निवारण र वित्तीय परिचालनमा सहयोग पुगेको राष्ट्र बैंकको निष्कर्ष छ ।
राष्ट्र बैंकको तथ्यांकमा त्रुटि
सुमन पोखरेल,अध्यक्ष नेपाल विप्रेषक संघ
हामीले अहिले कतार, दुबई र साउदीबाट रेमिट्यान्स भिœयाउँदा ४ देखि ६ डलर लिने गरेका छौँ । यो दर फ्लाट बेसिसमा हो । यस आधारमा ती मुलुकबाट जतिसुकै रकम पठाउँदा पनि ५ सय रुपैयाँदेखि ६ सय रुपैयाँ लाग्ने गरेको छ । राष्ट्र बैंकले आधार लिएको यो तथ्यांकमा कुनै त्रुटि भएको हुनुपर्छ । नयाँ पत्रिकामा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...