×

NIC ASIA

एक साताभित्र पेट्रोल पम्प हटाउन निर्देशन

कास्की | चैत २६, २०८०

Prabhu Bank
NTC
Premier Steels

पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न स्थानीयले गरेको मागको सम्बोधनका लागि स्थलगत अवलोकन गरिएको छ ।

Muktinath Bank

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापा, वडा प्रहरीका कार्यालय बगरका प्रमुख, वडा नं.१ का वडा अध्यक्ष साहारा प्रधान, वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायत वडाका जनप्रतिनिधि, आयोजनाका प्राविधिकहरू, निर्माण व्यवसायी र स्थानीय अगुवाहरूको उस्थितीमा स्थलगत अनुगमन गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाला सिधा बनाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जमिनमा पर्ने भएकाले सोको व्यवस्थापनका लागि प्रतिष्ठानका अधिकारीहरूसँग पनि पटक पटक उच्चस्तरीय छलफल समेत भएका छन् । उपयुक्त निकास निकाल्ने प्रयत्न भने भइरहेको महानगरपालिकाका प्रमुख आचार्यले बताए । ‘यसका लागि हामीले उहाँहरूसँग पनि पटक पटक छलफलमा बसेका छौँ, उनले भने, यसको उपयुक्त निकास यथाशीघ्र खोजिने छ ।’ हरिचोक जस्तो व्यस्त चोकमा सडक जति फराकिलो बनाउन सकियो त्यो त्यति नै सुरक्षित हुने उनले बताए । नाला सिधा बनाउनु पर्ने स्थानीयको सरोकार सम्बोधनका लागि नियमानुसार निर्णय लिइने उनले बताए । करिब ५० मिटर नाला निर्माणमा यो समस्या देखिएको हो ।


Advertisment
Nabil box
Kumari

हरिचोकको वडा नं.१ तर्फ रहेको लान्दु्रक पेट्रोल पम्प र त्यस क्षेत्रमा रहेका टहराहरू सात दिन भित्र हटाउन कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे निर्देशन दिए। सडकको राइटअफ वे भित्रका सबै संरचनाहरू तोकिएको समय भित्र हटाउने अन्यथा नियमानुसार कारबाही गरिने उनको निर्देशन छ । हरिचोकको सडक छेउमा लान्दु्रक पेट्रोल पम्प वर्षौँदेखि सडकको राइटअफ वे भित्र सञ्चालित छ ।

Vianet communication

विस्तारको काम भइरहेको पुष्पलाल मध्य पहाडी लोक मार्गको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय मावि तर्फका टहराहरू समेत यथाशीघ्र हटाउन निर्देशन गरिएको छ । सडकको राइट वे क्लियर नहुँदा सडक निर्माणको कार्य विलम्ब हुने र विभिन्न अवरोधहरू सृजना हुने भएकाले त्यस प्रकार निययविपरितका संरचनाहरू तत्काल हटाउन निर्देशन गरिएको वडा अध्यक्ष साहारा प्रधान र दिवसमान प्रधानाङ्गले बताएका छन् । यस सम्बन्धमा स्थानीयहरूसँग विभिन्न चरणमा छलफल तथा संवादहरू गरिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x