मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
प्रदेश सरकारको गठनको किचलो साम्य नभइरहेका बेला फेरि वैकल्पिक गठबन्धन बनाउन दलहरू परामर्शमा जुटेका छन् । केन्द्रदेखि चारवटा प्रदेशमा निर्णायक रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग बिच्किएपछि वैकल्पिक गठबन्धन बनाउनेसम्मको तयारीस्वरुप छलफल चल्न थालेका छन् ।
फागुन २१ मा बनेको नयाँ समीकरणको मुख्य हिस्सेदार दल एमालेका अध्यक्ष केपी ओलीले नै समीकरण भत्काउन देशी विदेशीले षडयन्त्र गरिरहेको बताएका छन् । ‘देशी विदेशीहरू सरकारको समीकरण ढाल्न षड्यन्त्रमा छन्,’ मंगलवार (वैशाख ५ गते) झापा पुगेर ओलीले भनेका थिए, ‘साथीहरूले केही घटना घटिहाल्दा पनि अप्ठ्यारो नमान्नुहोला । बर्बाद भयो भनेर पनि केही हुँदैन ।’
यसअघि सहकारी ठगीका विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बोलेका थिएनन् । तर झापा पुगेर उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नलिइ केहीले सहकारीलाई ठगी खाने भाँडो बनाएको टिप्पणी गरेका थिए । समीकरणमा निर्णायक मत लिएर बसेका रविमाथि ओलीको यो बोलीलाई अर्थपूर्ण मानिएको छ ।
पछिल्लोपटक सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार गठन गर्न एमाले तयार नभएपछि माधव नेपाल कांंग्रेससँग छलफलमा जुटे । गठबन्धन टुट्नबाट जोगाउन एमालेले अन्तिममा उनको दल नेकपा एसका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्यो । सुदूरपश्चिममा सरकार गठनको गाँठो फुकेपनि राजनीतिक अस्थिरताको ‘च्याप्टर’ भने सकिएको छैन ।
प्रदेश सरकार गठनमा भइरहेको सकस, केन्द्रमा पनि सहकारी प्रकरणमा गृहमन्त्रीमाथि एकपछि अर्को गम्भीर आरोप लागिरहेका बेला बुधवार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एसको अध्यक्षसमेत रहेका नेपालबीच भेटवार्ता भएको हो ।
आफूसम्मिलित गठबन्धनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनायासै टुटाएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस जुनसुकै परिस्थितिमा पनि वैकल्पिक सरकारका लागि प्रयत्नशील रहेको सभापति देउवा निकटका एक नेता बताउँछन् ।
‘कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । झन् प्रचण्डलाई भरथेग गर्न र टिकाउन उनका सबै चासो पूरा गर्छौं भन्दा पनि अनायास गठबन्धन टुटाउने काम भयो । यसैले ठूलो दलको नेताले वैकल्पिक सरकारका लागि २४ नै घण्टा प्रयत्न गरिरहन्छ । हंग पार्लियामेन्ट (त्रिशंकु संसद्)मा यो नियमित हुने कुरा हो,’ ती नेताले भने, ‘अर्कोतिर यो सरकार बनेदेखिकै कमजोर जग र देखिन थालेको असन्तुष्टिले सरकार लामो समय जाँदैन भन्नेमा दुईमत छैन ।’
‘घिसिपिटी’ चले पनि सरकार बजेट आसपासभन्दा पर नजाने दाबी ती नेताले गरे ।
‘सरकार बनेको जग नै कमजोर भएपछि बनेकै दिनदेखि यसको आयुलाई लिएर अनेक टिप्पणी भएका छन् । यसैले यो समीकरण लामो जाँदैन । वैशाख १५ मै पनि जान सक्छ । नभए त्यसपछि जेठ १५ गते आसपासभन्दा अगाडि जाने गरी बलियो आधार देखिएको छैन । केही तन्किए पनि लामो समय जाँदैन यो ठोकुवा नै गरेर भन्न सकिने विषय हो ।’
कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत विरोधाभास र अविश्वासमा चलेको सरकार धेरै नटिक्ने दाबी गर्छन् ।
‘हामीलाई हतार छैन । तर विरोधाभास र आपसी अविश्वासबाटै यो सरकारको आयु लामो हुने देखिँदैन,’ महतले लोकान्तरसँग भने, ‘प्रदेशमा एकपछि अर्को असंवैधानिक गतिविधिपछि असन्तुष्ट दलसँग हाम्रो भेट भइरहेको छ । यस्ता संवाद निरन्तर चल्छन् ।’
माधव नेपालसँगको भेट पनि नयाँ समीकरण बनाउन सकिन्छ कि भन्नेमा केन्द्रित रहेको ती नेताको दाबी छ । बुधवार साँझ काठमाडौंको गल्फुटारस्थित कांग्रेस नेता डा नारायणका खड्काको निवासमा देउवा र नेपालबीच ४५ मिनेट कुराकानी भएको जानकारी स्रोतले दियो ।
‘बुधवार साँझ साढे ६ बजेदेखि सवा ७ बजेसम्म हाम्रा सभापति र नेकपा एसका अध्यक्षबीच नारायण खड्काको निवासमा भेटघाट भएको थियो’ कांग्रेस स्रोतले भन्यो, ‘भेटमा सुदूरपश्चिम प्रदेश सरकारको किचलो मात्रै होइन केन्द्रीय समीकरणमा पनि कसरी मिलेर जान सकिन्छ भन्नेबारे छलफल प्रारम्भ भएको छ ।’ सुदूरपश्चिमको मात्रै होइन गण्डकी, मधेश, बागमती र लुम्बिनी सरकारमा समेत नेकपा एसबिना बहुमत पुर्याउन अप्ठ्यारो हुनेबारे छलफल भएको नेताहरूले बताएका छन् ।
देउवा र नेपालको भेट गराएका कांग्रेस नेता डा खड्का पनि पछिल्लो राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको बताउँछन् ।
‘नेता भएपछि राजनीतिक कुराकानी हुने नै भयो । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको छ,’ खड्काले लोकान्तरसँग भने, ‘तर वैकल्पिक गठबन्धन बनाउनेसम्मको विकसित घटनाक्रमतर्फ अगाडि बढिहाल्ने स्थितिसम्म पुगेका छैनौं ।’
आफूसहितको गठबन्धन तोडेर २१ फागुनमा अर्को समीकरण बनाउँदा प्रचण्ड र ओलीले माधव नेपाललाई छुटाएका थिए । सरकारमा दुई मन्त्री पठाए पनि २८ फागुनमा उनले आफूसँग लिखित सहमति नगरे प्रधानमन्त्रीलाई विश्वासको मत नै नदिने अडान लिए ।
यसैले पहिलेको ८ बुँदेको सट्टामा अर्को ७ बुँदे सहमति गर्न प्रचण्ड, ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) तयार भए । केन्द्रमा जसातसो मिलेर जाने अवस्था बने पछि प्रदेश सरकारमा पहिलो चरणमा मुख्यमन्त्री नदिने तयारी भएपछि माधव नेपाल थप बिच्किन पुगेका थिए । जसले फेरि वैकिल्पक गठबन्धनको बहस र वार्तालाई अगाडि बढाउन पुगेको थियो ।
यसअघि सुदूरपश्चिममा नेकपा एसले कांग्रेससँग मिलेर समीकरण बनाउने प्रयास गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले नेकपा एसलाई नै मुख्यमन्त्री दिने तयारी गरेपछि ब्याक भएको थियो । गठबन्धनमा फाटो आउन सक्ने देखिएकोले एमालेलाई मनाएरै भए पनि नेकपा एसलाई रोक्ने प्रयत्न प्रधानमन्त्री प्रचण्डले गरे । एमालेले पनि मुख्यमन्त्रीका लागि नेकपा एसका दीर्घबहादुर सोडारीको नाममा सहमति जनाउन नसकिने अडान लिएको थियो । तर पछि एमाले पुनः त्यो अडानबाट पछि हट्यो । बिहीवार मात्रै नेकपा एस संसदीय दलका नेता सोडारी मुख्यमन्त्री बनिसकेका छन् । यसबीच पनि यो समीकरण धेरै नटिक्नेमा कांग्रेस ढुक्क देखिएको छ । यसका बीचमा पनि कांग्रेस माधव नेपालसँग निरन्तर संवादमा रहने संकेत आइसकेको छ ।
केन्द्र र प्रदेशको समीकरणमा निर्णायक बनेका नेपालले यसपटक आफूलाई पनि सहमति गरेरै प्रधानमन्त्री दिने अवस्था आएमात्रै गठबन्धनलाई निरन्तरता दिने अडान लिएका छन् । तर अर्कोतिर एमालेले कुनै हालतमा नेपाललाई प्रधानमन्त्री बनाउने अग्रसरता नलिने अडान लिएको छ ।
यसैले कांग्रेसले आलोपालोमा प्रधानमन्त्रीका लागि लिखित सहमति गरिदिए अहिलेको गठबन्धन तोड्न पनि नेपाल तयार रहेको नेताहरूको दाबी छ । कांग्रेस पनि प्रदेशमा समीकरणमा खेल्न सकिए केन्द्रमा पनि अप्ठ्यारो आउने र वैकल्पिक सरकार गठनको बाटो खुल्ने मानसिकता रहेको नेताहरू बताउँछन् ।
कांग्रेसका अर्का एक नेता हिजो रविको र आज माधव नेपालको घुर्कीबाट कांग्रेस सचेत हुनुपर्ने बताउँछन् ।
‘नयाँ गठबन्धन बनाउनुपर्छ भन्ने प्रयत्नको कुरा हो । तर गम्भीर रुपमा परिस्थिति विकसित भइसकेको भने होइन । एमाले र माओवादी समीकरणमा भएका दलहरू त्यता भाग नपाए कांग्रेसको डर देखाउनमा लागेका छन् । ‘हिजो रवि लामिछानेले कांग्रेसले प्रधानमन्त्री अफर गर्यो भनेर गृह मन्त्रालय पड्काए,’ कांग्रेसका एक नेता भन्छन्, ‘आज (बिहीवार) सुदूरपश्चिममा २ गतेसम्म समर्थन फिर्ता गरेर अहिले फिर्ता लिने अवस्थामा माधव नेपाल पुगे । तर फेरि एमालेले मुख्यमन्त्री नदिने भएपछि कांग्रेसको दैलोमा आउनुभएको छ । पछि एमालेले मुख्यमन्त्री दिएर थामथुम त पारेको छ । तर त्यहाँ पाएनन् यता कांग्रेससँग जान्छौं भनेर लाग्ने यस्तो प्रवृत्तिप्रति कांग्रेस पनि सचेत हुनुपर्छ ।’
कस्तो छ संसद्मा अंकगणित ?
प्रतिनिधिसभामा अहिले कांग्रेसका ८८, एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१, राप्रपाका १४, जसपाका १२, नेकपा एसका १०, जनमत पार्टीका ६, लोसपा र नागरिक उन्मुक्ति पार्टीका ४-४ र नेमकिपा र राष्ट्रिय जनमोर्चाका १÷१ सांसद छन् । त्यस्तै, अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डल स्वतन्त्र सांसद छन् ।
प्रधानमन्त्री प्रचण्डले गत फागुन ३० गते प्रतिनिधिसभामा तेस्रोपटक विश्वासको मत लिँदा १५७ सांसदको समर्थन पाएका थिए । प्रचण्डले एमाले, माओवादी, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदको समर्थन पाएका थिए ।
वैकल्पिक गठबन्धनमा पुग्ला बहुमत ?
विपक्षमा रहेका कांग्रेस, राप्रपा, जनमत, लोसपा र जनमोर्चाको गर्दा ११३ सांसद पुग्छन् । पछिल्लो समय कांग्रेससँग भएको छलफलपछि नेकपा एस सहमत भए वैकल्पिक गठबन्धनको समेत प्रयास हुन सक्ने स्रोतको दाबी छ । ११३ मा माधव नेपालको १० थपिँदा १२३ सांसद पुग्छन् ।
यस्तो वैकल्पिक गठबन्धन बन्दा १२ सिटको जसपा र ४ सिटको नागरिक उन्मुक्ति पनि थपिने नेताहरूको दाबी छ । यस्तोमा नयाँ गठबन्धनमा १३९ सांसदको हिसाब निस्कन्छ । यो भनेको १३८ को बहुमतभन्दा १ सिटले बढी हो ।
शक्ति राष्ट्रको पनि चाहना वैकल्पिक गठबन्धन
यसरी मुस्किलको गठबन्धन बनाउँदा माधव नेपाल सबैभन्दा बढी निर्णायक छन् । केन्द्रमात्रै होइन प्रदेशमा पनि निर्णायक भएकोले १० सिट भएका नेपाल निर्णायक देखिएका हुन् । नेकपा एसको १० मत बिना एमाले, माओवादी र रास्वपाबाहेकबाट बहुमत पुर्याउन सम्भव हुने देखिँदैन । यसैले शक्ति राष्ट्रको समेत जोडबलमा नेपाल मान्ने अवस्थामा जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्तिलाई पनि नयाँ गठबन्धनमा सामेल गराउने गरी छलफल अगाडि बढेको दाबी स्रोतको छ ।
विकल्पमा कांग्रेस र एमाले मिल्ने
वैकल्पिक गठबन्धन जसोतसो बन्ने गणितले देखाउँछ । धेरै दललाई मिलाउनुपर्ने बाध्यात्मक परिस्थितिले बहुमत टिकिराख्न र असन्तुष्टिलाई साम्य पारिरहन सहज पनि छैन । यसैले कांग्रेस र एमालेभित्रै दुई ठूला दल मिल्नुपर्ने बहस पनि बलियो रुपमै उठेको छ । कांग्रेसका नेताहरूले खुला रुपमै दुई ठूला पार्टी मिल्नुपर्ने बहस गरिरहेका छन् ।
कांग्रेसमा इतर पक्षका नेता डा शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मादेखि जिम्मेवार प्रमुख नेताले दुई दल मिलेर संविधान संशोधन गर्नुपर्ने मत अगाडि सारिरहेका छन् ।
जग कमजोर हुनेभन्दा बलियो र स्थिर सरकार बनाएर जानुपर्ने मत भएकोले सहजता हुनेतिरै जानुपर्ने मत पनि कांग्रेसमा उत्तिकै छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...