×

NMB BANK
NIC ASIA

खाडीबाट उच्चस्तरको भ्रमण

कतारका अमिर आज नेपाल आउँदै: राष्ट्रपतिले स्वागत गर्ने, देशभर सार्वजनिक बिदा

सेनाले हाइप्वाइन्ट ड्युटीसँगै हेलिकप्टरबाट गस्ती गर्ने, ‘ब्याकअप’मा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभाग

काठमाडाैं | बैशाख ११, २०८१

NTC
Premier Steels

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज (मंगलबार) नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​

Muktinath Bank

खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । राष्ट्रपति रामचन्द्र पौडेल कतारका अमिर अल थानीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । कतारका अमिर थानी मंगलबार बंगलादेशको ढाका हुँदै दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । 


Advertisment
Nabil box
Kumari

कतारी राजा थानी नेतृत्वको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्नेछ । सेनाका बलाधिकृत रथीको संयोजकत्वमा एकीकृत सुरक्षा समिति गठन गरेर सुरक्षा तैनाथीको व्यवस्थापन मिलाइएको छ ।

Vianet communication

निजी जहाजमा नेपाल आउन लागेका राजा थानीसँगै ६ जनाभन्दा बढी मन्त्रीहरू पनि सहभागी हुनेछन् । उनी सोल्टी होटलमा बस्ने तय भएको उच्च स्रोतले बतायो ।

उनले मंगलवार राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् । उनी विमानस्थलमा ओर्लिएदेखि भीभीआईपी भेटवार्ता हुँदै होटल तथा सवारी रुटसम्म सेनाले सुरक्षाको व्यवस्थापन गर्नेछ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार विभिन्न सेक्टरमा सुरक्षा प्रबन्ध मिलाउन उपसमितिहरू गठन भएका छन् ।

कतारी राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने बुधवार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको स्रोतले जानकारी दियो । उनी बुधवारै साँझ स्वदेश फर्कने छन् ।

हाइप्वाइन्ट ड्युटीसँगै हेलिकप्टरबाट समेत गस्ती गर्ने सेनाको तयारी छ । सेनाले सुरक्षाको नेतृत्व लिए पनि ‘ब्याकअप’मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू रहने छन् । सवारी रुटमा व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

राजकीय भ्रमण भएकाले सवारी अवधिभर सडक खाली गराइने एआईजी दीपक थापाले जानकारी दिए । राजकीय भ्रमण हुँदा सेनाले नै सुरक्षाको नेतृत्व लिने चलन छ ।

सरकारले उनको नेपालका अवसरमा आज नेपालभर सार्वजनिक बिदासमेत दिएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x