×

NMB BANK
NIC ASIA

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दीको उकुसमुकुसबाट पार्टीले थोरै भए पनि ‘अक्सिजन’ पाएको थियो । विधान महाधिवेशनले लिएको नीति तथा कार्यक्रमको जगमा दशौं महाधिवेशन (चितवन)ले पार्टीलाई थप ऊर्जा प्रदान गरेको निष्कर्ष एमालेको छ ।

Muktinath Bank

सनराइज हलमै अर्को कार्यक्रम केही दिनअघि सम्पन्न भयो । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक (२०८१ वैैशाख ८ र ९ गते) सोही हलमा सम्पन्न भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो साढे दुई वर्ष पार्टी जीवनकै प्रतिकूल समय भएको बताएका छन् । परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘हामी यतिबेला तुलनात्मक रूपमा सहज अवस्थामा आइपुगेका छौं ।’ संयोग नै मान्नुपर्छ एउटै हलमा भएका यी दुई कार्यक्रमपछि ओलीले नेपाली राजनीति आफ्नो वरिपरि घुमाएका छन् । अहिले पनि नेपाली राजनीतिको केन्द्रमा ओली नै छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रथम बैठकमा प्रतिवेदन पेश गर्दै ओलीले भनेका छन्, ‘दशौं राष्ट्रिय महाधिवेशनपछिको साढे दुई वर्षको हाम्रो यात्रा सफल र प्रभावकारी रहेको छ । इतिहासकै प्रतिकूल परिस्थितिलाई हामीले सम्हालिएर सामना गरेका छौं । यसले हाम्रो प्रतिरोधी क्षमता (रिजिल्यान्स)लाई थप सुदृढ बनाएको छ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहेका अध्यक्ष ओलीका यी विश्लेषणले कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण अर्थ राखेको एमाले नेताहरूको टिप्पणी छ । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष (हीरक जयन्ती) पार गर्दै गर्दा ओलीले थप २५ वर्ष अर्थात् १०० वर्षभित्र धेरै सपना पूरा हुने जिकिर गरेका छन् । स्थापनाको २५, ५०, ७५ र १०० वर्षहरू महत्वपूर्ण ‘माइलस्टोन’ हुने औंल्याउँदै उनले ‘नेपाल कम्युनिस्ट पार्टी १०० वर्ष पुग्दा अर्थात् आगामी २५ वर्षमा धेरै सपनाहरू पूरा हुने’ बताएका हुन् । 

Vianet communication

null

सनराइज हल साँच्चिकै एमालेका लागि एउटा राजनीतिक रणनीति बनाउने थलो बनेको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६औं वर्ष प्रवेश गर्दै गर्दा (वैशाख १० गते सोमबार) पूर्वप्रधानमन्त्री, अन्य दलका शीर्ष नेताहरूलाई एकै मञ्चमा उभ्याएर एमालेले पुनः राष्ट्रिय सहमति र सहकार्यको साझा तस्वीर देखाउन खोजेको छ । अरू पार्टी पुराना भए भन्ने भाष्य निर्माण गर्ने (स्थापनाको ७५ महिना पनि नपुगेको) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेदेखि कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसम्म सनराइज हलमा उपस्थित भए, जहाँ प्रमुख अतिथि थिइन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । भलै पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ गर्ने आयोजक एमाले थियो । भण्डारी एमालेकै तर्फबाट दुईपटक राष्ट्रपति बनिन् । तर, अधिकांश पूर्वप्रधानमन्त्री तथा मुख्य दलका प्रमुखहरूबाट भण्डारीले ‘गणतन्त्र गौरव सम्मान’ ग्रहण गरिन् । 

सम्मानित भएपछि मन्तव्यमा उनको गला अवरुद्ध भयो ।  ‘मदनका अधुरा काम साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय हुने परिवेश निर्माण भएको थियो,’ भण्डारीले भनिन्, ‘नेकपा (एमाले)को तत्कालीन महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटना भई निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो ।’

बोल्दाबोल्दै गला अवरुद्ध भएपछि भण्डारीले पानी पिएकी थिइन्, जसले दर्शकदीर्घामा रहेकाहरूलाई पनि भावुक बनाएको थियो । भण्डारीले सम्हालिँदै फेरि भनिन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनले हीरक महोत्सव मनाउँदै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखा परेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा कठिनता हुन्छ ।’

null

भण्डारीको उक्त भनाइ आउँदा तालीले हल गुञ्जयमान भएको थियो । तत्कालीन नेकपा विभाजन किन भयो ? भन्ने विषय भण्डारीले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’प्रति लक्षित रहेको सोझै बुझिन्थ्यो । तत्कालीन नेकपा हुँदा भण्डारी राष्ट्रपति थिइन् । कुनै एकजनाले पद त्याग गरेरै भए पनि पार्टी जोगाउनु पर्छ भन्ने भण्डारीको अडान थियो । भण्डारी र प्रचण्डपत्नी सीताको राम्रो सम्बन्ध थियो । पार्टी एकताबारे कतिपय सन्देश उनले सीतामार्फत् पुर्‍याउँथिन् ।

‘माधव नेपाल, झलनाथ खनाल वा जसलाई भए पनि राष्ट्रपति पद बरु मै छोडिदिन्छु, पार्टी विभाजन नगर्नुस् । प्रचण्डजीलाई कहिले प्रधानमन्त्री बन्न चाहनुहुन्छ, म जिम्मा लिन्छु पार्टी विभाजन रोक्नुस् । हामी सबै कमजोर हुन्छौं भनेर पूर्वराष्ट्रपतिज्यूले चारै जना (ओली, प्रचण्ड, नेपाल, खनाल) नेताहरूलाई पटक–पटक भन्नुभएको हो,’ पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका एक सदस्यले मन्तव्यपछि भने, ‘अहिले त्यसैको अभिव्यक्तिका रूपमा उहाँले आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।’

त्यसको श्रेय लिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘दुईपटक नै राष्ट्रपति बनाउँदाको एक सदस्य म पनि हुँ ।’ पछिल्लो राजनीतिक समीकरणपछि पुनः वामएकता हुन्छ भन्ने अड्कल छ । त्यसैको संकेत स्वरूप प्रचण्डले दोहोर्‍याएर भनेका थिए, ‘म ओलीजीलाई विश्वास गर्छु ।’ ओली र प्रचण्डको भाषामा धेरै समान अर्थ पाइन्छन् । हतारमा तत्कालीन नेकपा एकता गरिएछ भन्ने निष्कर्षमा ओली–प्रचण्ड पुगेको सत्य हो । पार्टीभित्रका केही नेता, बौद्धिक समूह लगायतको सुझाव पनि त्यही थियो । त्यसैले ‘हतारिएर कम्युनिस्ट एकता गर्दैनौं’ भनिरहेका छन् दुवैले । प्रचण्डले पटक–पटक ‘ओलीजीलाई विश्वास गर्छु’ भनिरहनुको अन्तर्य बुझ्न गाह्रो छैन ।

आगामी निर्वाचन (मिसन २०८४)मा राष्ट्रिय निर्णायक शक्ति निर्माण गर्ने हुटहुटीमा रहेका ओली र पछिल्लोपटकको कमजोर सत्ता समीकरणबाट छटपटिएका प्रचण्डले २०८४ अगावै पार्टी एकता गरे अन्यथा मानिने छैन । राष्ट्रिय राजनीतिको मियोमा रहेका ओलीको उत्तराधिकारी को ? भन्ने एउटा प्रश्न त छ नै । २०८४ अघि पार्टी एकता भए त्यसको अर्थ हुने सोचमा पुगेका प्रचण्डको लय मिलेको छ । तथापि, पूर्वराष्ट्रपति भण्डारीप्रति पार्टी पंक्तिमा देखिएको उच्च सम्मानको माहोलले राजनीतिमा सम्भवनाको खेल सधैं रहन्छ भन्ने भाष्य स्थापित हुन कुनै समय लाग्ने छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x